Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

दुई दशकदेखि बेपत्ता शमशेर रोगले ग्रस्त पारेपछि घर फर्किए

खबरडबली संवाददाता

मोरङ ।  दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन् । स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो ।

अहिले शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ ।  बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको हो । कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता भएका थिए । “श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइन, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो”, शमशेरबहादुरकी श्रीमती सीताले भनिन् ।

शमशेरबहादुर र सीताको विसं २०५० मा विवाह भएको थियो । दुवै जनाबाट छ सन्तान जन्मिए । “कान्छो छोरो १० महिनाको हुँदा श्रीमान् बेपत्ता हुनुभयो, म एक्लैले छ सन्तान हुर्काएँ”, सीताले भनिन् । यसबीचमा परिवारको साथ नपाएपछि उनी माइतीको सहारामा झापाको केचना हुँदै हाल बेलबारीमा बस्दै आएकी छन् ।

शमशेरबहादुर बोल्न सक्दैनन्  उनी  घाँटीको क्यान्सर रोगबाट पीडित भएका छन् । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार के कसरी गर्ने भन्नेबारे कटुवाल परिवार चिन्तित छ । कटुवालको उपचार गराउन सहयोग जुटाउन थालेको स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए ।

बिरामी भएपछि कटुवाल सम्पर्कमा आएका हुन् । धेरै मेहनतपछि उनलाई घर फिर्ता ल्याउन सकिएको वडाध्यक्ष विक्रम राईले बताए । “कटुवाललाई क्यान्सरबाट मुक्त गर्न सहयोग जुटाउने काम भइरहेको उनले बताए ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा

काठमाडौं । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ । चीन सरकारको आर्थिक तथा प्र...

आज पनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यतोलामा ४ सय रुपैयाँले बढेको हो ।...

कृषि विकास बैंकका कर्मचारीको लापरवाहीः ऋणको ब्याज बुझाउँदै आएका रामचन्द्रको घरजग्गा लिलाम

जनकपुरधाम । सिरहाको लहानस्थित कृषि विकास बैंकको चरम लापरबाही बाहिरिएको छ । ऋणको ब्याज मासिक रूपमा बुझाउँदै आएका एक सेवाग्राहीको घरजग्गा बैंकले लिलाम ग...

अपराह्नदेखि देशभर मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप...

मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति

काठमाडाैं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको गएराति निधन भएको छ । ९२ वर्षका उनले दिल्लीको एम्समा अन्तिम सास लिएका छन । उनी उमेरसँग सम्बन्धित रो...

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।  आजको बैठकमा समस...

आचारसंहिता मिच्ने २ सञ्चारमाध्यम कालोसूचीमा

काठमाडौं। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै थप २ सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ। पत्रकारिताको आवरणमा गलत काम ग...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy