Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’

खबरडबली संवाददाता

रुपन्देही । प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुआतमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट आज सगरमाथा आधार शिविरतर्फ पठाइएको छ ।

एभरेष्ट म्याराथनको आयोजक संस्था हिमालय एक्सपिडिसनले एक कार्यक्रम गरी लुम्बिनीमा रहेको शान्ति दीपको ज्योति लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रीयमार्फत दक्षिण एसियामा म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बौद्ध भिक्षुहरूबाट बौद्ध परित्राण पाठ गरी ‘लुम्बिनी पिस फ्लेम’ नाम दिइएको उक्त शान्ति दीपको ज्योति टर्चलाइटमा प्रज्ज्वलन गरी हस्तान्तरण गरिएको हिमालय एक्सपिडिसनका संस्थापक एवं अध्यक्ष विक्रम पाँडेले जानकारी दिए। उनले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट सगरमाथासम्म पुर्याइने यो यात्राले यस क्षेत्रलाई नयाँ पहिचान दिलाएको बताए ।

“ओलम्पिक टर्च र ओलम्पिक फ्लेम लिएर दौडिने पहिचान ग्रिससँग गाँसिएको छ । अब विश्वमा दोस्रो स्थानको पनि जन्म भएको छ”, पाँडेले भने, “यो सातौँ संस्करण हो । यसको जन्म भगवान् गौतमबुद्धको जन्मस्थलबाट सगरमाथासम्म भएको छ ।” उनले यो प्रतियोगिताले संसारको ध्यान तानेको र यसले पर्यटकहरूको आगमनमा सहयोग पुर्याएको बताए ।

विश्व शान्ति दीप अर्थात् लुम्बिनी पिस फ्लेमबाट बुद्ध जन्मस्थल मायादेवी मन्दिर र पवित्र पुष्करणी कुण्डलाई फन्को लगाई तिलौराकोटतर्फ प्रस्थान गरिसकेको छ । कीर्तिमानी धावक मानन्धरसहित खेलाडीहरू बाबुराजा श्रेष्ठ, अर्जुन घिमिरे, राधा श्रेष्ठ, दीपक लामा, सुरेन्द्र महर्जनको टोलीले उक्त ज्योति लुम्बिनीबाट तिलौराकोटा कपिलवस्तु, सिद्धार्थनगर ९भैरहवा०, रामग्राम ९नवलपरासी०, चितवन धादिङ, काठमाडौँ हुँदै मे २९ सगरमाथा दिवसका दिन बिहान एभरेष्ट म्याराथन हुने स्थल सगरमाथाको आधार शिविरमा पुर्याउने छन् ।

म्याराथन सुरु हुनुअघि लुम्बिनीबाट पुर्याइएको दीपको पूजा गरिन्छ । आधार शिविरमा स्वदेशीसहित दुई सय ५० बढी विदेशी धावक र विभिन्न देशका राजदूतहरूले प्रत्यक्षरूपमा उक्त पिस फ्लेमको दर्शन गर्ने अध्यक्ष पाँडेले बताए । यो कार्यले लुम्बिनी र सगरमाथा एकापसमा नजिकबाटै जोडिने उनको भनाइ छ ।

विसं २०७२ को भूकम्पपछि शान्ति दीपको ज्योति सगरमाथाको आधार शिविरमा मे २९ गतेका दिन पुर्याइने गरिएको थियो । कोरोना सङ्क्रमणका कारणले एभरेष्ट म्याराथन हुनसकेको थिएन । म्याराथन सगरमाथाको आधार शिविरबाट सुरु भई नाम्चे बजारमा आएर समापन हुने धावक मानान्धरले जानकारी दिए ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending