पोखरा । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् ।
जिल्ला अदालत, कास्कीमा बिहीबारदेखि सुरु थुनछेक बयानमा उनले सहकारी ठगीमा संलग्नता नरहेको भन्दै बयान दिएका हुन् । उनको बयान नसकिएकाले शुक्रबार पनि निरन्तर प्रश्नहरु सोधिनेछ । बयानका विस्तृत विवरणहरू आइसकेका छैन ।
प्रहरीले ९० दिनसम्म गरेको अनुसन्धानका आधारमा लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो । यसपछि अहिले अदालतमा थुनछेक बयान चलिरहेको छ ।
यसअघि सहकारी प्रकरणमा मुछिएकी लिला पछाईंको बयान लिइएको थियो । सोमबार र मंगलबार पूर्वडीआईजी समेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको बयान भएको थियो ।
पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ । उनीविरुद्ध २७ करोड ८९ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा पनि चलाइएको छ । तर उनले सहकारी ठगीसहितका प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन् ।
थुनथेक बहसपछि लामिछानेसहितका प्रतिवादीबारे अदालतले आदेश दिनेछ । थुनामा पठाउने या बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश अदालतबाट आउनेछ । यस प्रकरणमा लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा चलाइएको छ ।
उता सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको छ । उनका साझेदार जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेशसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो दाबी गरिएको छ ।
छविलालविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार रुपैयाँ बढी बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाइएको छ । रामबहादुर खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाईंसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - २०:५६
काठमाडाैं । नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयवाधि थप गरेको छ । १६ पुससम्मका लागि निर्धारण गरिएको अभियान १६ माघमा समापन गर्ने गरी समयाव...
पौष ११ गते, २०८१ - २०:४६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादीसँग एकता गर्न नचाहेको हल्ला सत्य नभएको बताएका छन् । माओ दिवसको अ...
पौष ११ गते, २०८१ - २०:४०
गुल्मी । गुल्मी तम्घासमा दुई बालिकालाई होटलमा लगेर बलात्कार गर्ने युवा पुर्पक्षका लागि जेल चलान भएका छन् । बलात्कारको आरोपमा प्रहरीले मालिका गाउँपालि...
पौष ११ गते, २०८१ - २०:३६
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा एक बालिका बलात्कृत भएकी छिन् । १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्रा...
पौष ११ गते, २०८१ - २०:३४
काठमाडौं । दक्षिण कोरियाले आगामी वर्ष २ लाख ७ हजार विदेशी कामदार रोजगारीमा भित्र्याउने भएको छ । यस वर्षका लागि कोरियाले दुई लाख २० हजार कोटा छुट्याएको...
पौष ११ गते, २०८१ - २०:२५
मकवानपुर । बागमती प्रदेश सरकारले चितवनमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेक...
पौष ११ गते, २०८१ - २०:१३
माेरङ । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला जनताको घरदैलोमै पुगेर समस्या र सुझाव संकलनको कामलाई तीव्रता दिएका छन् । निर्वाचित भएर गएपछि जनतालाई बेवा...
पौष ११ गते, २०८१ - २०:०७
किमाथाङ्का । जिल्लामा यो वर्ष ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु ३४ कर...
पौष ११ गते, २०८१ - १९:५४
काठमाडौं । निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल काँग्रेस र नेकपा (एमाले) सहमत भएका छन् । बिहीवार राज्य व्यवस्था समितिको बैठक...
पौष ११ गते, २०८१ - १९:४८
राेल्पा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बिचौलियाको डिजाइनअनुसार सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने अनुमति दि...
प्रतिकृया लेख्नुहोस्: