Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने

खबरडबली संवाददाता

काठमाडौं । सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता  रेखा शर्माले जानकारी दिइन । 

त्यसैगरी, सरकारले फौजदारी कसुर (कैद कट्टा) (तेस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, सङ्घीय संसद्को प्रतिनिधिसभामा विचाराधीन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिनेसमेत निर्णय गरेको छ । 

मन्त्री शर्माले सिङ्गापुरमा कार्यक्षेत्र रहने गरी हेलेन क्याम्पोस, इजरायलको रेहबोट सहरमा कार्यक्षेत्र रहने गरी नडभ बेन यहुदा, संयुक्त राज्य अमेरिकाको मासाचुसेट्स राज्यमा कार्यक्षेत्र रहने गरी प्रह्लादबहादुर केसी र रुसी महासङ्घको सेन्ट पिटर्सवर्ग सहरमा कार्यक्षेत्र रहने गरी वाई.भी गोसेभलाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिइन । उनले काबेली–३ जलविद्युत् आयोजना निर्माणका लागि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा रहेको राष्ट्रिय वनको एक दशमलव ६५ हेक्टर,  चिनो खोला जलविद्युत् आयोजना निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत मनाङको नासोँ गाउँपालिकामा रहेको राष्ट्रिय वनको पाँच दशमलव ९४१ हेक्टर र ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई धादिङ जिल्लाको बेनीघाट, रोराङ्ग गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ११ दशमलव आठ हेक्टर जग्गा चुनढुङ्गा उत्खनन्का साथै खानी सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरिएको जानकारी दिइन । 

सोही बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा लेखनाथ शर्मा र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा सङ्गीता खड्का (काठमाडौं) लाई नियुक्त गर्ने र नेपाल प्रशासन सेवा सामूहिकीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेल तथा नेपाल कृषि वन सेवा सामूहिकीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संयन्त्रमा नेपालको सहभागिताका लागि स्वीकृति प्रदान गर्ने, स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा यही जेठ २७ देखि आगामी असार १ गतेसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र यही जेठ १३ देखि १९ गतसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठनको सभामा भाग लिन स्वास्थ्य तथा जनङ्ख्यामन्त्रीसहित तीन जनालाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको जानकारी दिइन । 

बिहीबार बसेको मन्त्रिपरिषद्ले स्ट्यान्डर्ड नाप र तौल (छैटौँ संशोधन) नियमहरू, २०८० स्वीकृति गर्ने र वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने पनि निर्णय गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भ...

संसद् पुनर्स्थापनाको राजनीतिक चाल: स्थायित्वको आवरणमा अस्थिरताको निरन्तरतामा कांग्रेस-एमाले

काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले खुला रूपमा अदालतसम्म जाने तयारीमा उत्रिनु वर्तमान नेपाली राजनीतिमा द...

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

हाइनान । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्ष...

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्डः ९ जनाको मृत्यु, १० जना घाइते

जोहान्सबर्ग । दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १...

पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

अमेरिका । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, क...

अमेरिकाद्वारा भेनेजुएलाको तटमा फेरि तेल ट्याङ्कर जफत

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानक...

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौं विस्थापित

फोनोम पेन । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो । कम्बोडियाको रक्षा मन्...

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ। देशका दुई ...

साउदी अरबमा गैर–मुस्लिम विदेशीका लागि मदिरा पसलको पहुँच विस्तार

रियाद । साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा पहुँच विस्तार गरेको छ । यस निर्णयसँगै अब धनी गैर–मुस्लिम विदेशी बासिन्दाहरूले पनि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending