बाँके । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सत्ता समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसमा छटपटाहट देखिएको आरोप लगाएका छन् ।
नेकपा (एमाले) बाँकेको नवौँ जिल्ला अधिवेशनलाई शुक्रबार नेपालगञ्जमा सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारलाई तीन महिना पनि काम गर्न नदिएर सत्ताका लागि छटपटाहट देखाएको बताए ।
उनले भने, “एमाले सरकार र सत्ता नभएपछि छटपटाउने पार्टी होइन तर कांग्रेस सत्ताबिना बस्न सक्दैन । कम्तीमा तीन महिनाको समय काम गर्न दिनुपथ्र्यो तर संसद्अवरुद्ध गरेर कांग्रेसले सत्ताका लागि छटपटाहट देखायो ।”
उनले एमाले आलोपालो सरकारभन्दा पनि राजनीतिक स्थायित्वको पक्षमा रहेको बताए । अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको र जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टि भएको पनि महासचिव पोखरेलको भनाइ थियो ।
“विसं २०७९ को चुनावमा हामीले चाहेजस्तो जनादेश पाएनौँ तर दुईतिहाइ ल्याउने भन्दै गठबन्धन गरेका दलले पनि बहुमत ल्याउन सकेनन्”, महासचिव पोखरेलले भने, “जनताले रोजेको पहिलो पार्टी एमाले भए पनि सरकार चलाउने जनादेश हामीलाई प्राप्त हुन सकेन ।” अब एमालेले सरकारको कुर्सी र भागबण्डामा भन्दा २०८४ को चुनावमा ध्यान केन्द्रित गरेकाले एक्लै बहुमत आउने गरी तयारीमा लाग्न नजेता कार्यकर्तालाई उनले आग्रह गरे ।
जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा एमाले सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्यूरो सदस्य सुजिता शाक्य, बाँके इन्चार्ज खेममान खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: