Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’

खबरडबली संवाददाता

ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका छन् । 

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारद्वारा आज यहाँ आयोजित ‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रियामा सहभागीहरूले दिगो र पर्यटनमैत्री वातावरण निर्माणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण जोगाउन सबै सरोकारवालाको बलियो प्रतिबद्धता आवश्यक भएको उल्लेख गर्दै उत्पादित विद्युत्को खपत बढाउनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिए । “सरकारले ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना बनाएर विद्युत् उत्पादन बढाउने, वितरण प्रणालीको आवश्यक पूर्वाधार निर्माण र खपत बढाउने गरी योजना बनाएका छ”, उनले भने । 

मन्त्री बस्नेतले सरकारको सहज नीतिका कारण पछिल्ला केही वर्षयता विद्युतीय सवारीसाधनको आयात र प्रयोग बढिरहेको बताए । विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै सरकारले चार्जिङ स्टेशन निर्माणमा पनि जोड दिएको उनको भनाइ छ । “नेपाल विद्युत् प्राधिकरणले हाल ५१ वटा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । आगामी दिनमा थप पाँच सयवटा चार्जिङ स्टेशन निर्माण आवश्यक छ, त्यसतर्फ सरकार अघि बढेको छ”, मन्त्री बस्नेतले भने । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुपर्ने भए पनि पूर्वाधारमा लगानी पर्याप्त नभएको बताए । “पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको छ  । पर्यटकीय क्षेत्रमा पनि विद्युतीय सवारी प्रयोगमा जोड दिनुपर्छ”, उनले भने, “लुम्बिनीमा पर्यटकका लागि ल्याइएका विद्युतीय बस थन्किएर बसेको अवस्थामा छ । त्यसैले तिनलाई छिट्टै प्रयोगमा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको छ”, उनले भने । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पर्यावरणका क्षेत्रमा सरकारी तवरबाट विभिन्न प्रतिबद्धता आएको र अब प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । राष्ट्र बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (इएसआरएम) मार्गदर्शन र हालै तयार भएको ग्रीन ट्यासोनोमीको मस्यौदामा पनि विद्युतीय सवारीसाधलाई प्राथमिकतामा राखेको जानकारी दिए । उनले ८० प्रतिशत कर्जामा विद्युतीय सवारीसाधन खरिद सुविधा दिइएको जानकारीसमेत बताए । “राष्ट्र बैंकले अन्य सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको खरिदमा बढी कर्जा पाउने व्यवस्था गरेको छ । अब त्यसका उपयोग गर्नुपर्छ”, उनले भने । 

वातावरणविद् भुषण तुलाधरले विश्वव्यापीरूपमा वातावरणीय प्रदूषण बढिरहेकाले त्यसको न्यूनीकरणका लागि पनि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिए । उनले विद्युतीय सवारी खरिदमा कर्जा लिँदाको जोखिम भार पनि कम गर्नुपर्ने धारणा राखे । हाल काठमाडौँमा साझा यातायातले ४० वटा विद्युतीय सवारीसाधन थपेको भन्दै यसबाट पनि प्रदूषण कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो । 

विद्युतीय सवारी बिवाइडीको आयातकर्ता कम्पनी सिनेम्याक्स इङ्क प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साहिल श्रेष्ठले हाल नेपालमा १५ हजारभन्दा बढी बिवाइडी गाडी गुडिरहेको जानकारी दिँदै पर्यावरण जोगाउनका लागि विद्युतीय सवारीसाधनको विकल्प नभएको बताए । उनले पछिल्लो समय चार्जिङ स्टेशनको उपलब्धता र कम खर्चिलो हुने हुँदा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको बताए । 

आयोजक स्पार्क कारका अध्यक्ष रोशन घिमिरेले सरकार व्यवसायमैत्री र व्यवसाय वातावरणमैत्री हुनुपर्नेमा जोड दिँदै विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने धारणा राखे । “नेपालमा गुणस्तरीय पर्यटक आउने क्रम बढेको छ, लक्जरी होटल पनि थपिँदै छन् तर पर्यटकमैत्री गुणस्तरीय सवारीसाधनको प्रयोग भने बढाउन सकिएको छैन । यसको प्रयोग बढाउनुपर्छ”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: