Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’

खबरडबली संवाददाता

ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका छन् । 

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारद्वारा आज यहाँ आयोजित ‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रियामा सहभागीहरूले दिगो र पर्यटनमैत्री वातावरण निर्माणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण जोगाउन सबै सरोकारवालाको बलियो प्रतिबद्धता आवश्यक भएको उल्लेख गर्दै उत्पादित विद्युत्को खपत बढाउनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिए । “सरकारले ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना बनाएर विद्युत् उत्पादन बढाउने, वितरण प्रणालीको आवश्यक पूर्वाधार निर्माण र खपत बढाउने गरी योजना बनाएका छ”, उनले भने । 

मन्त्री बस्नेतले सरकारको सहज नीतिका कारण पछिल्ला केही वर्षयता विद्युतीय सवारीसाधनको आयात र प्रयोग बढिरहेको बताए । विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै सरकारले चार्जिङ स्टेशन निर्माणमा पनि जोड दिएको उनको भनाइ छ । “नेपाल विद्युत् प्राधिकरणले हाल ५१ वटा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । आगामी दिनमा थप पाँच सयवटा चार्जिङ स्टेशन निर्माण आवश्यक छ, त्यसतर्फ सरकार अघि बढेको छ”, मन्त्री बस्नेतले भने । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुपर्ने भए पनि पूर्वाधारमा लगानी पर्याप्त नभएको बताए । “पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको छ  । पर्यटकीय क्षेत्रमा पनि विद्युतीय सवारी प्रयोगमा जोड दिनुपर्छ”, उनले भने, “लुम्बिनीमा पर्यटकका लागि ल्याइएका विद्युतीय बस थन्किएर बसेको अवस्थामा छ । त्यसैले तिनलाई छिट्टै प्रयोगमा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको छ”, उनले भने । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पर्यावरणका क्षेत्रमा सरकारी तवरबाट विभिन्न प्रतिबद्धता आएको र अब प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । राष्ट्र बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (इएसआरएम) मार्गदर्शन र हालै तयार भएको ग्रीन ट्यासोनोमीको मस्यौदामा पनि विद्युतीय सवारीसाधलाई प्राथमिकतामा राखेको जानकारी दिए । उनले ८० प्रतिशत कर्जामा विद्युतीय सवारीसाधन खरिद सुविधा दिइएको जानकारीसमेत बताए । “राष्ट्र बैंकले अन्य सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको खरिदमा बढी कर्जा पाउने व्यवस्था गरेको छ । अब त्यसका उपयोग गर्नुपर्छ”, उनले भने । 

वातावरणविद् भुषण तुलाधरले विश्वव्यापीरूपमा वातावरणीय प्रदूषण बढिरहेकाले त्यसको न्यूनीकरणका लागि पनि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिए । उनले विद्युतीय सवारी खरिदमा कर्जा लिँदाको जोखिम भार पनि कम गर्नुपर्ने धारणा राखे । हाल काठमाडौँमा साझा यातायातले ४० वटा विद्युतीय सवारीसाधन थपेको भन्दै यसबाट पनि प्रदूषण कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो । 

विद्युतीय सवारी बिवाइडीको आयातकर्ता कम्पनी सिनेम्याक्स इङ्क प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साहिल श्रेष्ठले हाल नेपालमा १५ हजारभन्दा बढी बिवाइडी गाडी गुडिरहेको जानकारी दिँदै पर्यावरण जोगाउनका लागि विद्युतीय सवारीसाधनको विकल्प नभएको बताए । उनले पछिल्लो समय चार्जिङ स्टेशनको उपलब्धता र कम खर्चिलो हुने हुँदा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको बताए । 

आयोजक स्पार्क कारका अध्यक्ष रोशन घिमिरेले सरकार व्यवसायमैत्री र व्यवसाय वातावरणमैत्री हुनुपर्नेमा जोड दिँदै विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने धारणा राखे । “नेपालमा गुणस्तरीय पर्यटक आउने क्रम बढेको छ, लक्जरी होटल पनि थपिँदै छन् तर पर्यटकमैत्री गुणस्तरीय सवारीसाधनको प्रयोग भने बढाउन सकिएको छैन । यसको प्रयोग बढाउनुपर्छ”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending