काठमाडौं । सगरमाथाको चौथो शिविर नजिकबाट ६ दिनदेखि हराइरहेका दुई मंगोलियन अल्पाइनिस्टमध्ये एक जनाको शव फेला परेको छ । ५३ वर्षीय युखजर्गल सिडेनडम्बाको शव शुक्रबार फेला परेको हो ।
खोज तथा उद्धारमा संलग्न शेर्पा टोलीले ७ हजार ७ सय २ मिटरको उचाइमा शव भेट्टाएको हो । खोज तथा उद्धारमा संलग्न काठमाडौंस्थित एटके एक्सपिडसनका निर्देशक लाक्पा थेन्डु शेर्पाका अनुसार गत आइतबार साँझ सगरमाथा चुचुरो नजिकै ७ हजार ९ सय ५० मिटर उचाइमा रहेको चौथो शिविरभन्दा माथिबाट उनी हराएका थिए । ‘चौथो शिविरभन्दा माथिबाट हराइरहेका दुई मंगोलियन आरोहीमध्ये एक जनाको शव फेला पर्यो,’ एटके एक्सपिडसनका निर्देशक शेर्पाले भने, ‘अर्का ३१ वर्षीय प्योरभ्रिसन खाम्बाजाभ अझै भेटिएका छैनन् ।’
अहिले आरोहणको सिजन भएकाले हिमाल चढ्न जाने आरोहीलाई बाधा पुग्ने भएकाले मृत अवस्थामा भेटिएका मंगोलियन आरोहीको शव भने आधार शिविरमा झार्न कठिनाइ हुने निर्देशक शेर्पाले बताए । यसपटकको आरोहण सिजन सकिएपछि अर्का मंगोलियनको पनि खोजी गरेर सिडेनडम्बाको शव व्यवस्थापन गरिने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८१ - ११:०१
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासि...
आश्विन ७ गते, २०८१ - १०:५९
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्म...
आश्विन ७ गते, २०८१ - १०:३१
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गए ...
आश्विन ७ गते, २०८१ - १०:२४
काठमाडौं। प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा तीन देशका नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध तीनचुली फुलबारी मार्गक...
आश्विन ७ गते, २०८१ - १०:२१
मोरङ । सातौं बेलबारी-आरजू अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि सुरू हुने भएको छ। बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गस्थित प्रस्तावित लक्ष्मी...
आश्विन ७ गते, २०८१ - १०:१८
काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम...
आश्विन ७ गते, २०८१ - १०:१६
काठमाडौं । धनुषा प्रहरीको हिरासतबाट भाग्नेमा लागु औषध खैरो हेरोइन मुद्दामा पक्राउ परेका ३ जना छन् । लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय धनुषाले ...
आश्विन ६ गते, २०८१ - १६:२१
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ। आइतबार बसेको बैठकमा पार्टीक...
आश्विन ६ गते, २०८१ - १६:१६
काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...
आश्विन ६ गते, २०८१ - ०९:४६
डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...
प्रतिकृया लेख्नुहोस्: