Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने

खबरडबली संवाददाता

साउदी अरेबिया । रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले सोमबार बताएका छन् ।

मङ्गलबारको बैठकको बारेमा सार्वजनिक रूपमा बोल्न अधिकृत नभएका कारण नाम नछाप्ने सर्तमा ती अधिकारीहरूले युक्रेनी प्रतिनिधिमण्डल युक्रेनको दुर्लभ खनिजहरूमा पहुँच सम्बन्धी संयुक्त राज्य अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्न वार्ताको क्रममा तयार रहेको बताए । उक्त सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरक्षित गर्न उत्सुक छन् ।

जेद्दामा अमेरिकी विदेशमन्त्री मार्को रूबियोसँग युक्रेनी वार्ता टोलीको बैठकअघि थप विवरण उपलब्ध नगराई अधिकारीहरूले विश्वास निर्माण गर्ने उपायहरूबारे छलफल गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको फेब्रुअरी २८ को वासिङ्टन भ्रमण ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग ओभल अफिसमा बहस हुँदा भएको क्षति सुधार गर्न किएभले प्रयास गरिरहेको छ ।

युद्धमा युक्रेनलाई सहयोग गरेको संयुक्त राज्य अमेरिकाले पहिले प्रस्ताव गरेको सैन्य सहायता र गुप्तचर जानकारी जोखिममा छ तर वासिङ्टनले शान्ति सम्झौताका लागि दबाब दिँदै गर्दा अहिले रोक लगाइएको छ ।

रूबियो र जेलेन्स्की सोमबार केही घण्टाको अन्तरमा साउदी अरेबियामा अवतरण गर्नुभयो तर भेटघाट गरेनन ।

जेलेन्स्कीले सोमबार साँझ राज्यको शक्तिशाली क्राउन प्रिन्ससँग भेट गरे। उहाँहरूबिच ‘युद्धको अन्त्य गर्न र भरपर्दो र स्थायी शान्ति सुरक्षित गर्न आवश्यक कदम र सर्तहरूमा विस्तृत छलफल भएको’ जेलेन्स्कीले बताए।

“साउदी अरेबियाले कूटनीतिका लागि महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ र हामी यसको कदर गर्छौं”, जेलेन्स्कीले अनलाइनमा भने।

रुबियोले पनि क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट गरे। उनले वार्ताको आयोजना गरेकामा धन्यवाद दिनुभयो र यमनका हुथी विद्रोहीहरूबारे पनि छलफल गरे । हुथी विद्रोहीहरूले लाल सागरमा आफ्नो आक्रमण पुनः सुरु गर्ने धम्की दिएका छन् ।

आइपुग्नुअघि आफ्नो विमानमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले आफू र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले साउदी अरबमा युक्रेनको प्रतिक्रियाको समीक्षा गर्ने बताए।

यदि युक्रेन र अमेरिका ट्रम्पलाई स्वीकार्य समझदारीमा पुगे भने त्यसले उहाँको प्रशासनको शान्ति वार्ताको प्रयासलाई तीव्र पार्न सक्छ ।

“उनीहरू युक्रेनीहरूका लागि यो महँगो र रक्तपातपूर्ण युद्ध भएको कुरा स्वीकार गर्दै उनीहरूले विचार गर्न सक्ने कुनै प्रकारको शान्ति वार्तालाप र सामान्य रूपरेखाहरूमा प्रवेश गर्न इच्छुक छन् कि छैनन् भन्नेबारे हामी जान्न चाहन्छौँ । उनीहरूले धेरै पीडा भोगेका छन् र उनीहरूका जनताले धेरै पीडा भोगेका छन्”, रुबियोले भने, “र यस्तो कुराको परिणाममा रियायतहरूको बारेमा कुरा गर्न पनि गाह्रो छ, तर यो अन्त्य गर्ने र थप कष्टहरू रोक्ने एक मात्र तरिका हो ।”

“म उनीहरूले के गर्नुपर्छ वा के गर्न आवश्यक छ भन्ने बारे कुनै शर्त राख्ने छैन । मलाई लाग्छ हामी उनीहरू कति टाढासम्म जान इच्छुक छन् भन्ने सुन्न चाहन्छौँ र त्यसलाई रुसीहरू के चाहन्छन् भन्नेसँग तुलना गर्न र हामी वास्तवमै कति टाढा छौँ भन्ने हेर्न चाहन्छौँ”, उनले भने।

जेलेन्स्कीले रुबियोलाई भेट्ने आफ्नो टोलीमा उनका चिफ अफ स्टाफ एन्ड्री यर्मक, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ समावेश हुने बताएको छन । रुबियोले अमेरिकी टोलीको नेतृत्व गर्नुहुनेछ ।

वासिङ्टनले किनारा लगाएको हुनाले बाँकी युरोप वार्ताबारे सशङ्कित रहेको छ ।

युरोपेली सङ्घ ९इयु० ले गत हप्ता महादेशको सुरक्षा बढाउन र ट्रम्प प्रशासनको युक्रेनमा अवस्था परिवर्तनको जवाफमा सुरक्षाका लागि सयौँ अर्ब युरो मुक्त गर्न सहमति जनाएको थियो ।

ह्वाइट हाउसका विशेष दूत स्टिभ विट्कफले सोमबार फक्स न्युजलाई युक्रेनसँग अमेरिकी जासुसी–साझेदारी रोक्दा रक्षा जासुसी–साझेदारी सीमित नभएको बताए।

“हामीले युक्रेनीहरूलाई आवश्यक पर्ने।।। कुनै पनि रक्षात्मक कुराका लागि जासुसी जानकारी बन्द गर्दैनौँ”, उनले भने।युक्रेनी सेनाद्वारा आक्रामक उद्देश्यका लागि प्रयोग गर्न सकिने अमेरिकी जासुसी साझेदारीमा रोक लगाइएको एक अमेरिकी अधिकारीले बताएका छन् । साउदी वार्ताको दौरान युक्रेनसँग जासुसी–साझेदारी पुनः स्थापित गर्नेतर्फ प्रगति हुन सक्ने ती अधिकारीले सङ्केत गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending