तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिर परिसरमा रहेका पोखरीका माछा मर्नेक्रम नरोकिएपछि क्षमापूजा गरिने भएको छ । गत सोमबारदेखि मन्दिर परिसरमा रहेका माछा धमाधम मर्न थालेपछि यहाँ क्षमापूजाको तयारी गरिएको हो ।
आँधीमूल क्षेत्र संरक्षण समितिका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा बसेको जनप्रतिनिधि र स्थानीयवासीको भेलाले सोमबार मन्दिर परिसरमा क्षमापूजा गर्ने निर्णय गरेको हो । मन्दिरमा परम्परागतरुपमा चली आएको रीतिरिवाज अनुसार बोका बलि दिइ क्षमापूजा गरिने उनले जानकारी दिए।
यस ठाउँका सबै स्थानीयवासीको सहभागितामा क्षमापूजा गर्ने निर्णय भएको थापाले बताए । उनले भने, “मन्दिर परिसरमा रहेका थुप्रै माछा धमाधम मर्न थालेका छन् । माछा मरेपछि स्थानीय चिन्तित छन् । सोमबार सबैको सहभागितामा क्षमापूजा गर्दैछौँ ।”
क्षमापूजाका लागि सबै वडावासीलाई न्यूनतम रु तीन सय सहयोग गरी पूजा सम्पन्न गर्नका लागि आह्वान गरिएको वडाध्यक्ष प्रेम गुरुङले बताए। शुक्रबार बसेको सरोकारवालाको भेलाले तत्कालिन समस्याको समाधान गरी आगामी कार्ययोजना बनाउन संयोजन तथा सुझावका लागि पूर्ववडाध्यक्ष किसान थापाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।
माछा मर्नुको कारण ‘एसिड डेथ’
यहाँ रहेको पोखरीका माछा मर्नुको कारण ‘एसिड डेथ’ रहेको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले जनाएको छ । गत सोमबारदेखि पोखरीमा रहेका हजारौँ माछा धमाधम मर्न थालेपछि गरिएको परीक्षणअनुसार पानीमा धेरैमात्रामा ‘इकोली’ नामक जीवाणु फेला परेको प्रयोगशालाले पुष्टि गरेको छ ।
पोखराबाट शुक्रबार प्राप्त पोष्टमार्टम रिपोर्ट अनुसार पानीमा धेरैमात्रामा ‘इकोली’ नामक जीवाणु रहेको र प्रारम्भिक ‘एसिड डेथ’ भएको उल्लेख गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा सन्तोष देवकोटाले जानकारी दिए।
उनले भने, “प्राविधिक टोली पुगी उक्त पोखरीको पानी, माछा र माछाका लागि खुवाइएको दानाको नमुना सङ्कलन गरेर पोखरा पठाइएको थियो । थप परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर र विषादी परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाइएको छ ।”
माछा मरेपछि दुई वटा पोखरी खाली भएका छन् भने केही बचेका माछालाई मुख्य मूलमा सारिएको थियो । दुई वटा पोखरीमा रहेका माछालाई संरक्षणका लागि मुख्य पोखरीमा सारिएको भन्दै मुख्य पोखरीका माछा पनि मर्न थालेका आँधीमूल मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: