Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पर्यटकीय क्षेत्र रिठेडाँडामा थपिँदै पर्यटन पूर्वधार

खबरडबली संवाददाता

बागलुङ । बागलुङको जैमिनी नगरपालिका-५ बिनामारेस्थित पर्यटकीय क्षेत्र रिठेडाँडामा पर्यटन पूर्वाधार निर्माण भइरहेका छन् । अनकन्टार भिरको शिरमा रहेको रिठेडाँडामा नगरपालिका र गण्डकी प्रदेश सरकारले विसं २०७४ देखि पूर्वाधार निर्माण गर्दै आएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पर्यटन पूर्वाधार निर्माण गरिरहेको जैमिनी नगरपालिका-५ का अध्यक्ष ठगबहादुर थापाले बताए। 

अग्लो डाँडाको शिरमा समथर भूभाग छ । यहाँ आन्तरिक पर्यटक घुम्न आउने हुँदा यसलाई उत्कृष्ट गन्तव्य बनाउन संरचना थप्दै गएको उनको भनाइ छ । हालसम्म रु ४५ लाख बढी लगानी गरिसकेको अध्यक्ष थापाले जानकारी दिए।

रिठेडाँडामा शौचालय, खानेपानी, चौतारा, मन्दिर घेराबारलगायतका संरचना बनिसकेका छन् । यहाँ आउने पर्यटकलाई समथर मैदानको बीचमा रहेको पोखरी र चिसो बतास चल्ने रिठेडाँडादेखि देखिने दृश्यले लोभ्याउने गरेको छ । गर्मी याममा शीतल खोज्दै पर्यटक आउने गर्छन् । नगरपालिकाले आगन्तुकका लागि रुखमुनि बसेर शीतल ताप्न चौतारी बनाइदिएको छ । पछिल्लो समय पर्यटक बढ्दै गएपछि घाम पानी छेक्न विश्रामस्थल बनाइएको छ । 

“रिठेडाँडा जैमिनीको मात्रै नभई सिङ्गो बागलुङको पर्यटकीय क्षेत्र हो, यो ठाउँ वर्षौंदेखि ओझेलमा परेको थियो, नगरपालिका स्थापना भएपछि हामीले यहाँ लगानी गर्दै आएका छौँ”, उनले भने, “यस वर्ष पनि प्रदेश र नगरपालिकाको रु १० लाख बजेटले सार्वजनिक शौचालय र खानेपानी व्यवस्थापनको काम हुँदैछ, पहिलेको तुलनामा अहिले निकै परिवर्तन भएको छ, पर्यटकले पनि रुचाउँदै गएका छन् ।”

यहाँ पर्यटन पूर्वाधार निर्माणसँगै प्रचारप्रसार हुन थालेपछि पर्यटक बढेको जैमिनी नगरपालिका(५ का स्थानीय हर्कबहादुर थापामगरले जानकारी दिए। पहिले गाउँलेले गाईभैँसी चरन क्षेत्रका रुपमा प्रयोग गर्ने रिठेडाँडा अहिले पर्यटक रमाउने स्थलकारुपमा विकास भएको उनको भनाइ छ ।अझ सबैभन्दा बढी त माघ, फागुनको समयमा आन्तरिक पर्यटक आउने गर्छन् । चाडपर्वमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ । 

रिठेडाँडादेखि बागलुङको विभिन्न स्थानसहित पर्वत, स्याङ्जा र उच्च पहाड नजिकबाट अवलोकन गर्न सकिन्छ । ग्रामीण जनजीवन बुझ्न र अर्गानिक खानाका स्वाद लिन पर्यटक रिठेडाँडा आउने गर्छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending