Ntc summer Offer
Khabar Dabali १३ असार २०८१ बुधबार | 26th June, 2024 Wed
NIMB

टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

खबरडबली संवाददाता
गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । 
 
गाउँपालिकाभित्रका सबै वडामा गएर सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए।
 
“चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षाभत्ता वितरणका लागि बैंकसँग समन्वय गरी प्रत्येक वडाका टोलमा केन्द्र बनाएर बैंकका कर्मचारी, पालिका तथा वडाका कर्मचारी पुगेर भत्ता वितरण गरिरहेका छौँ”, उनले भने, “यसबाट ज्येष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीलाई सजिलो भएको छ ।”
 
गाउँपालिकाले तेस्रो त्रैमासिकअन्तर्गतको भत्ता यही जेठ १ गतेदेखि वितरण सुरु गरेको हो । पालिकाले घर नजिकै ल्याएर भत्ता वितरण सुरु गरेपछि बैंकसम्म धाउनुपर्ने झन्झट अन्त्य भएको वडा नं ७ का ज्येष्ठ नागरिक लक्ष्मण श्रेष्ठले बताए। 
 
गाउँपालिकाले टोलटोलबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि भत्ता बुझ्न गाडी रिजर्भ गरेर पालिकाको केन्द्र तथा सदरमुकामस्थित बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । भीमसेन थापा गाउँपालिका-१, २, ३, ५, ७ र ८ मा  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ । वडा नं ४ र ६ मा साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वितरण गर्दै आएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिआरआई सम्झौतामा अनुदान मात्र लिने गरि छलफल भइरहेको छ- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँगको बिआरआई सम्झौता अनुसार अनुदान नै लिने गरि छलफल भैरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद...

रौतहटको १८ मध्ये १५ स्थानीय तहले ल्याए बजेट

रौतहट । रौतहट स्थित १६ नगरपालिका २ गाउँपालिका गरी १८ स्थानियतह मध्ये १६ ले असार १० अर्थात नेपाल सरकार द्वारा निर्धारण गरिएको तिथि भित्रै बजेट ल्याउन स...

नेपालका नदीनाला नेपालकै हुन्- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पारेका छन् । उनले भने, “नेपा...

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८/०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले  बहुमत पुगेकाले  प्रतिनिधिसभाबाट बजेट  पारित भएको घोषण...

वैदेशिक रोजगारीको बहानामा दुवई पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको बहानामा दुवई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा ललितपुर महानगरपालिका-८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले...

राजदूत सिफारिसमा कमजोरी भए सच्याइन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजदूत सिफारिस सच्याउन सकिने बताएका छन्। प्रतिनिधि सभा बैठकमा मंगलबार परराष्ट्र मन्त्रा...

२ करोड रुपैयाँ लुटपाटमा प्रहरीको संलग्न, हवल्दारसहित ४ जना पक्राउ

काठमाडौँ । भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर छ ।  पक्राउ पर्ने प्रहरी हवल...

बजेट तुलनात्मकरूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताएका छन् । आर्थि...

मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा...

रंगेली नगरपालिकाको बजेट ७२ करोड

मोरङ । मोरङको रंगेली नगरपालिकाले आफ्नो दशौँ नगरसभा सोमबार सम्पन्न गरेको छ । नगरले आर्थिक वर्ष २०८१/०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy