बारा । बाराको कोल्हवी सव डिभिजन वन कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिइएका ९ जना वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटेका छन् ।
कोहल्वी नगरपालिका वडा नं २, झुरझुरेबाट वन कर्मचारी, सशस्त्र प्रहरी बल र झुरझुरे प्रहरी चौकीका प्रहरीको सहयोगमा नियन्त्रणमा लिएका ९ जना सिकारीलाई डिभिजन वन कार्यालयले बिहीबार छाडिएको खुलेको हो ।
वन कार्यालयले कोल्हवी नगरपालिका वडा नं २ बस्ने दिनेश ठकुरी, ध्रुव कुशुवार माझी, विशाल शाही ठकुरी, कृष्ण बहादुर कुशुवार माझी, चन्द्र लामा, केशव कुशुवार माझी, निमेश कुशुवार माझी, सिताराम कुशुवार माझी, रामविनोद दासलाई नियन्त्रणमा लिएको थियो ।
वन कार्यालयले उनीहरूको साथबाट ५ वटा मोटरसाइकल, २ वटा साइकल, वन्यजन्तु सिकार गर्ने फलामको भाला, करिब ४० वटा लौरी, वन्यजन्तुलाई नियन्त्रणमा लिने १५ थान जालोसमेत बरामद गरेको थियो । नियन्त्रणमा लिएका सबै पेसेवर सिकारी भएको वन कार्यालयले जनाएको छ ।
उनीहरूको साथबाट बरामद भएको फलामको भालामा जङ्गली जनावरको भुत्ला र रगतसमेत भेटिएको छ । तर सो रगत र भुत्ला कुन वन्यजन्तु हो भन्ने पत्ता लगाउन काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइने डिभिजन वन प्रमुख विनोद सिंहले जनाएका छन् ।
कोल्हवी सवडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिम मियाँले मध्यरातमा वन क्षेत्रमा ५ वटा मोटरसाइकल, ४ वटा साइकल, वन्यजन्तु सिकार गर्ने जालो, फलामको भाला र लौरासहित ९ जना सिकारीलाई नियन्त्रणमा लिने क्रममा केही स्थानीय महिला आएर घेराबन्दी गरेको बताए ।
डिभिजन वन प्रमुख विनोद सिंहले वन्यजन्तु सिकारीहरूलाई सामानसहित रङ्गेहात नियन्त्रणमा लिएकाले सबैलाई अनुसन्धानको प्रक्रिया पूरा गरेर कानुन बमोजिम कारबाही गर्ने बताए ।
नियन्त्रणमा लिएका सबैलाई कोल्हवी नगरपालिका वडा नं २ का वडा सदस्य दुर्गाबहादुर श्रेष्ठको रोहवरमा छाडिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १७ गते, २०८१ - ११:४७
रौतहट। सर्लाही जिल्लाको बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट करिब तीन करोड बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ । स्थानीय किसुन दासको घरमा...
कार्तिक १७ गते, २०८१ - ११:२०
काठमाडौँ । नेपालीहरूको महान् चाड तिहारको चौथो दिन शनिबार गाई पूजा गरेर मनाइएको छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले पशुपतिको गौशालामा गई गाईको प...
कार्तिक १७ गते, २०८१ - १०:५०
दमक। झापामा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ र बिर्तामोड नगरपालिकाअन्तर्गत बिर्तामोड–शनिश्चरे रोडमा पर्ने डाँस पुल नजिक मोटरसाइकल अनियन्त्रित भई...
कार्तिक १६ गते, २०८१ - १०:५३
बागलुङ। दुई वर्षमा कालोपत्रे सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् । निर...
कार्तिक १६ गते, २०८१ - १०:४६
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्...
कार्तिक १६ गते, २०८१ - १०:३६
काठमाडौं । टाउको दुख्दा एस्पिरिन लिन्छौं । यदि मांसपेशीमा दुखाइ छ भने, हामी प्यारासिटामोल खान्छौं । त्यसैगरी पेट वा दाँत दुखेमा मेडिकल स्टोरबाट पेनकिल...
कार्तिक १६ गते, २०८१ - १०:१६
काठमाडौँ । बलिवुडका चर्चित निर्देशक रोहित शेट्टीद्वारा निर्देशित र अजय देवगन अभिनित ‘सिंघम अगेन’ साउदी अरबमा रिलिज रोकिएपछि अब सिंगापुरआमा पनि आजको रि...
कार्तिक १६ गते, २०८१ - १०:१३
काठमाडौँ । भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या १५८ पुगेको छ । जस मध्ये...
कार्तिक १५ गते, २०८१ - १६:०२
काठमाडौँ । अभिनेत्री पुजा शर्माको एक्शन अवतार रहेको फिल्म दान्भी युट्युबमा रिलिज भएको छ । विहिबार फिल्म युट्युबको बुढा सुब्बा डिजिटल च्यानलमा रिलि...
कार्तिक १५ गते, २०८१ - १६:००
काठमाडौँ । नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा ...
प्रतिकृया लेख्नुहोस्: