Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

काठमाडौँ महानगरको सार्बजनिक सुनुवाई: डुबानबाट जोगाउन, पार्किङ् मिलाइदिन माग

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल निकास र व्यापारीले पार्किङ् व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना माग गरेका छन् ।

वडाले आयोजना गरेको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई र आर्थिक वर्ष २०८१/८२ को योजना माग कार्यक्रममा स्थानीयहरुले सामुदायिक विद्यालय जोडेर सुविधा बढाउन, साहित्यकार, संगीतकार र कलाकारहरुको क्रियाकलाप हुने ठाउँ बनाउन, विज्ञ समूह बनाएर आवश्यकता पहिचान गरेर योजना शिफारिस संयन्त्र बनाउन माग गरेका छन् ।

पढ्ने संस्कृति बढाउन पुस्तकसहितको पुस्तकालयलाई निरन्तरता दिन, ठूलो ध्वनी उत्पन्न हुने व्यवसायिक क्रियाकलापबाट बस्ती जोगाउने क्रियाकलापको माग गरेका छन् । 

पिचमाथि पिच भएपछि पुराना घरहरु सडक सतहभन्दा तल भए । बर्खाको पानीले घर डुबान हुने भयो । यसकारण सडकमा पिचको सतह घटाउनु पर्‍यो । ढलको आकार बढाउनु पर्‍यो । नन्दी केशर बगैँचा र नारायण चौर फरक हो । यी चौरहरुलाई नामअनुसारको स्वरुप र प्रयोगमा ल्याउनु पर्‍यो । स्थानीयले आफ्ना विकास माग सहित वडा नं. १ ले बनाउन लागेको सम्पदा मार्ग कस्तो हो, योजनाको विवरण माग गरेका थिए ।  यसमा सवारी साधन प्रवेश हुन्छ कि हुँदैन, व्यवसायिक क्रियाकलाप कसरी व्यवस्थापन हुन्छन्रु स्थानीयवासीका सवारी साधन कसरी व्यवस्थापन हुन्छन्रु उनीहरुको प्रश्न थियो । 

मूर्त अमूर्त सम्पदा संरक्षण, सम्बर्धन, अभिलेखीकरण र प्रवर्धनमा वडाले काम गर्नु पर्ने स्थानीयको माग थियो । 

यस्तै व्यवसायीहरुले पार्किङ् व्यवस्थापनको अपेक्षा गरेका थिए । हामीले सडकमा पार्किङ्ग गर्न पाउनुपर्छ भनेका होइनौँ । हाम्रो भनाइ यति मात्र हो कि, वैकल्पिक स्थानका विषयमा जानकारी हुनुपर्यो । 

व्यापारीहरुले समस्या समाधानका लागि नारायण हिटी संग्रहालयको क्षेत्र, वाणिज्य वैङ्क अगाडिको ठाउँमा पार्किङ् गर्ने व्यवस्था मिलाउन सकियो भने दरबारमार्गको समस्या समाधान हुने विकल्प दिए । 

दरवार मार्गको हरियालीका विषयमा कुरा गर्दै उनीहरुले, ठूला रुख भएका ठाउँमा साना विरुवा रोपिएको बताउँदै ठूला रुख र साना विरुवा कसरी व्यवस्थापन हुन्छन् । यसको योजना बनाउनु पर्छ । 

उनीहरुले वहाल कर नतिरी केन्द्रीय सरकारले व्यवसायीलाई भन्सार छुट नदिएको गुनासो गर्दै भने, ‘जहाँ भए पनि हामीले कर तिर्ने नै हो, तिर्छौँ । यसमा आफूलाई कर नतिरेको भनेर कुनै पनि तहका सरकारले अप्ठ्यारो बनाइदिनु भएन ।’

यसरी धारणा राख्नेमा दरबारमार्ग विकास वोर्डका पदाधिकारीसहित थिए ।  सबैको कुरा सुनिसकेपछि वडाध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘कानुन, नीति, योजना र बजेटको सीमाभित्र गर्न सकिने नागरिकको अपेक्षा पूरा गराउने बताए ।’

सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी र जनसहभागितामूलक बनाएर यसबाट प्राप्त भएको लाभ सर्वसाधारणलाई उपलब्ध गराउने असल शासनका सूचकका आधारमा महानगरपालिकाले काम गरिरहेको छ । कार्यक्रममा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भने, ‘स्वच्छ, वस्तुनिष्ठ र पारदर्शी प्रशासन सञ्चालन भएको छ । कुनै गुनासो भए फोनबाट टिपाउने व्यवस्था समेत मिलाइएको छ ।’

कार्यक्रममा राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले, सानो भइकन पनि वडाबाट राजस्वमा ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले महानगरपालिकाको सहयोगमा नेपाल प्रहरीले सहरका ठाउँ ठाउँमा सीसीटिभीसहित शान्ति सुरक्षाका लािग प्रविधि जडान गरिरहेको बताए । यसबाट अपराध अनुसन्धान र नियन्त्रणमा सघाउ पुगेको उनको भनाइ थियो । 

वडा सचिव सर्वज्ञराज पौडेलका अनुसार वडा नं। १ क्षेत्रमा विकास निर्माण गर्न भन्दा विकास व्यवस्थापन गर्नमा ध्यान दिनु पर्नेछ । ‘वडाको प्रशासनिक भवन बनाउने कार्यलाई हामीले जोड दिएका छौँ । सबैको प्रयत्नबाट यो काम सम्भव हुने हाम्रो अपेक्षा छ ।’

सार्वजनिक स्थलमा सेवा प्रदायक र सेवाग्राही भेला हुने, नागरिकले सोधेका प्रश्नको सेवा प्रदायकले उत्तर दिने तथा माग गरेका कुरालाई टिपोट गरेर सम्बोधन गर्ने सार्वजनिक सुनुवाइको उद्देश्य हो । आर्थिक वर्ष २०८१/८२ का लागि योजना छनोट गर्ने समय पनि एकैपटक परेकोले सुनुवाई कार्यक्रमबाट योजना छनोट

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending