भरतपुर । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो । शुक्रबार बिहान डा भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।
वृद्धावस्थाको यो उमेर समूहमा स्तन क्यान्सरको शल्यक्रिया पहिलोपटक गरिएको डा श्रेष्ठले बताए। उनले भने, “९७ वर्षका वृद्धालाई शल्यक्रिया गरिएको चितवनमा पहिलोपटक हो, मेरो जानकारीमा भएसम्म नेपालमै पहिलो हुनुपर्दछ ।” सामान्यतया ७० वर्ष उमेर नाघेपछि शल्यक्रिया गर्न उच्च जोखिम मानिन्छ । ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई शल्यक्रिया गर्नु चरम जोखिम मानिन्छ ।
डा श्रेष्ठ वरिष्ठ क्यान्सर सर्जन छन् । उनले २०५० सालदेखि शल्यक्रिया गर्दै आएको छन् । यसअघि ८३ वर्ष उमेर समूहको मानिसको शल्यक्रिया गरेको उनको अनुभव छ । डा श्रेष्ठको नेतृत्वको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले करिब एक घण्टा पाँच मिनेट लगाएर शल्यक्रिया गरेको थियो । उपचारमा डा सुरेश गौतम, डा इन्द्रनारायण श्रेष्ठ, डा रवीन्द्र केसी, डा सागर भुसाल, डा सुधीर रेग्मी, डा मणिप्रसाद गौतम, डा किशोर गौतम र नर्सहरु निरु आलेमगर, मुना श्रेष्ठ, शिल्पा पोखरेललगायतको संलग्नता रहेको थियो । अहिले वृद्धाको अवस्था सुधारोन्मुख रहेको श्रेष्ठले बताए । “जोखिम लिएर शल्यक्रिया गरेका थियौँ, बेहोस बनाउने चिकित्सकहरु पनि डर मानिरहेको थिए, हामीलाई उनीहरुले शल्यक्रिया गर्न डेढ घण्टाको समय दिनुभएको थियो, त्यसमा हामी सफल भयौँ,” उनले भने, “शल्यक्रिया गरेको पाँच मिनेटमै होसमा आए ।”
तमिसराको स्तनमा गिर्खा देखिएपछि उपचारका लागि अस्पताल आएको थिए । परीक्षणका क्रममा क्यान्सर पुष्टि भएपछि परिवारको सल्लाहमा शल्यक्रिया गरिएको डा श्रेष्ठले बताए । वृद्धाको स्तनमा दुई दशमलब पाँच सेन्टिमिटरको गिर्खा थियो ।
“अहिले सिटिस्क्यानको रिपोर्टअनुसार उहाँ क्यान्सरमुक्त हुनुहुन्छ, इमियुनो हिस्टो केमेष्ट्री ९आइएचसी० परीक्षणका लागि नमूना भारत पठाएका छौँ”, उनले भने, “उनले ९७ वर्षको उमेर समूहमा भएको सफल शल्यक्रियाले आफूलाई खुसी र उत्साहित बनाएको अनुभव सुनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १३:३३
काठमाडौं । सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय अनुगमन गरेको छ।...
पौष ८ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...
पौष ८ गते, २०८२ - ११:३८
काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...
पौष ८ गते, २०८२ - ११:३०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...
पौष ८ गते, २०८२ - ११:२०
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...
पौष ८ गते, २०८२ - ११:०२
काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...
पौष ८ गते, २०८२ - १०:५४
काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...
पौष ८ गते, २०८२ - १०:४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...
पौष ८ गते, २०८२ - १०:१९
भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...




प्रतिकृया लेख्नुहोस्: