Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

कामपाका सहकारीमा सूचना अधिकारी

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् ।

कामपाको सञ्चार तथा सूचना ऐनबमोजिम आफ्नो क्षेत्राधिकारभित्र रहेका सहकारीमा सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधानबमोजिम कामपाले गत वैशाखभित्र अधिकारी तोकेर विभागमा जानकारी गराउन दिएको निर्देशनलाई आत्मसात् गर्दै सहकारीले सूचना अधिकारी राख्न थालेका हुन् ।  

कामपाको सहकारी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार सहकारीहरुले सूचना अधिकारी तोकेर जानकारी गराउन थालेका छन् ।अहिले करिब १५ सहकारीले सूचना अधिकारी तोकेर जानकारी गराइसकेका उनले जानकारी दिए।

“अन्यले पनि राख्नेबारे जानकारी गराइसकेका छन्”, प्रमुख त्रिपाठीले भने, “यसरी सूचना अधिकारी राख्दा सहकारीकै कर्मचारी वा सहकारीको सदस्य हुनुपर्ने कानुनी व्यवस्था छ ।” उनका अनुसार हाल कामपामा एक हजार नौँ सय सहकारी सञ्चालनमा छन् । 

एक हजार छ सय २८ बचत तथा ऋण, दुई सय ६४ बहुउद्देश्यीय, तीन श्रमिक, १५ कृषि सहकारी, १३ उपभोक्ता सहकारी, तीन सीपमूलक सहकारी, दुई वटा शिक्षा सहकारी छन् । सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका एक/एक वटा सहकारी रहेका छन् । 

संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ । सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो। कामपामा सोही ऐनअनुरुप सहकारी सञ्चालन भइरहेका छन् ।  

साझा सोंच र आवश्यकता भएका व्यक्तिहरुले सामूहिक आर्थिक, सामाजिक, सांस्कृतिक विकास र गतिशीलताका लागि सञ्चालित आर्थिक कारोबार गर्ने उद्देश्यले स्थापित संस्था सहकारी हो । 

पछिल्लो समय सहकारीहरु ताला लगाएर बेपत्ता भएपछि घरधनीले तालाबन्दी खोलिदिनुप¥यो भन्ने निवेदन आउने गरेको कामपाको भनाइ छ ।

बचत फिर्ता भएन भनेर बचतकर्ताले रकम गराइ पाउन भनेर निवेदन दिने गरेका कामपाको सहकारी विभागका प्रमुख त्रिपाठीले बताए ।

सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका बीचको दृष्टि एउटै हुनुपर्ने र सहकारीले आफूलाई इमान्दार तथा स्वनियममा राख्नुपर्ने उनको भनाइ छ ।

सहकारीहरु सङ्कटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने, धितो नलिइ वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्नेलगायत कारण रहेका सहकारी विभागले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड

सिंगापुर । अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको...

मेरो नियुक्तिलाई रोक्ने प्रावधान कहीँ कतै छैन, भए देखाउनुस् : कपिल श्रेष्ठ

काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठले नेपालको संविधान २०१९ र २०४७ मा समेत रहेको उल्लेख गर्दै राजदूत राजनीतिक नियुक्ति भ...

केरा बगानमा कलिला दुई छोरीलाई विष खुवाएर हत्या गरी फरार भएकी आमा पक्राउ

काठमाडौं । मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-७ मालती टोलकी २१...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । ...

सेयर बजारमा पहिरो, नेप्से २७३९ अंकमा झर्‍यो

काठमाडौं । बुधबार सेयर बजार २७३९ अंकमा कायम भएको छ ।  अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्...

युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा

काठमाडौँ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् । रसियाले युक्रेनमा भिषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जे...

चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी

इलाम । चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा वर्सेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खोज...

सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक

धनगढी। गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएको छन् ।  ...

पलेशालाई महानगरले गर्यो नगद पाँच लाख पुरस्कारसहित सम्मान

काठमाडौँ । काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । बु...

देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छः प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy