काठमाडौं । भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टीका स्थानीय नेतालाई गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी गराएका छन्
सत्तारुढ भारतीय जनता पार्टीका भारतको शोपियान जिल्लामा शनिबार साँझ गोली स्थानीय नेता एजाज अहमदमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
काश्मिरस्थित भाजपाको स्थानीय कार्यालयले अहमदको मृत्यु भएको पुष्टि गर्दै आक्रमणको विरोधमा प्रदर्शन गर्ने घोषणा गरेको छ । सोही दिन नजिकैको अनन्तनागमा सन्दिग्ध विद्रोहीको आक्रमणमा परी हिमालय क्षेत्रमा आएका दुई भारतीय पर्यटक पनि घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षा फौजले आसपासका क्षेत्रलाई घेराहाली छुट्टाछुट्टै घटनामा संलग्न आक्रमणकारीको खोजी गरिरहेको छ ।
सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मिर भारत र पाकिस्तानबीच विभाजित हुँदै आएको छ र दुवैले हिमालयक्षेत्रको पूर्ण दाबी गर्दै आएका छन् । भारतीय शासनको विरोध गर्ने विद्रोही समूहहरूले दशकौंदेखि भारत प्रशासित काश्मिरमा विद्रोह गर्दै आएका छन् । कतिपय समूहले आफ्नो क्षेत्रलाई पाकिस्तानमा विलयको मागसमेत गर्दै आएका छन् ।
भारतले विद्रोही लडाकुलाई पाकिस्तानले समर्थन गरेको आरोप लगाएको छ तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ । यस द्वन्द्वमा दशौं हजार सर्वसाधारण, सैनिक र लडाकूको मृत्यु भएको छ । सन् २०१९ मा मोदी सरकारले मुस्लिम बाहुल्य क्षेत्रको सीमित स्वायत्तता खारेज गरी नयाँ दिल्लीबाट प्रत्यक्ष शासनमा ल्याएपछि हिंसामा निकै कमी आएको छ ।
काश्मिरमा गत महिना भएको आम निर्वाचनमा मतदान सुरु भएयतो झडपका घटनाहरु भएको सुरक्षा बलल जनाएको छ । यसै महिनाको सुरुमा संदिग्ध विद्रोहीहरूले भारतीय वायु सेनाका एक सदस्यको हत्या गर्नुका साथै अन्य चार जना घाइते हुनेगरी आक्रमण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८१ - १९:३९
काठमाडौं । ठमेलमा प्रहरीमाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन् । प्रहरी कुटपिट घटनामा संलग्न रहे...
फाल्गुन १ गते, २०८१ - १६:४७
काठमाडौं । नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी प्रदिप भट्टराईले आफ्नो नयाँ गीत“उमेर ढल्केको“को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नेपाली ...
फाल्गुन १ गते, २०८१ - १६:३१
दाङ । बर्दियाको ठाकुर बाबा नगरपालिकाको अम्रेनी क्षेत्रबाट बिहीबार बिहान एउटा बाघको बच्चालाई उद्धार गरिएको छ। मानव बस्तीमा पसेर स्थानीयका बाख्रा ख...
फाल्गुन १ गते, २०८१ - १६:०७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले जितेका पालिका प्रमुखहरूलाई विज्ञसहित राखेर प्रशिक्षण दिन लागेको बताएक...
फाल्गुन १ गते, २०८१ - १६:०३
पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक वनमा आगो लगाउने दुई जनालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थर डाँडाखर्कमा रहेको ठूल...
फाल्गुन १ गते, २०८१ - १६:०१
काठमाडौं । फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पन...
फाल्गुन १ गते, २०८१ - १५:३०
काठमाडौं । भायानेटले सबै बक्यौतासहित पछिल्लो आवको रोयल्टी र आरटीडीएफ गरी एकै पटक ५५ करोड रुपैयाँ बुझाएको छ। इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिके...
फाल्गुन १ गते, २०८१ - १३:५७
सत्ता स्वार्थमा रहँदा जनयुद्ध ‘ठीक’ देख्ने र सत्ताबाहिर रहँदा ‘जघन्य हत्या’ ?
फाल्गुन १ गते, २०८१ - १३:२८
कैलाली । मानवसेवा आश्रमले धनगढीमा सञ्चालन गरेको महायज्ञमा रु चार करोड ८४ लाख रकम सङ्कलन गरेको छ । धनगढीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्य...
फाल्गुन १ गते, २०८१ - १३:०४
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेका छ । छन्त्याल समुदायको पुख्र्यौली पेसा मानिने खानी खन्ने का...
प्रतिकृया लेख्नुहोस्: