Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

बागमती प्रदेशसभामा विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ

खबरडबली संवाददाता

मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । आज कर प्रस्तावबाहेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको हो । 

बैठकमा सत्तापक्ष तथा प्रतिपक्षका प्रदेशसभा सदस्यहरुले विनियोजित बजेटका सिद्धान्त प्राथमिकतामा माग लिँदै भूगोलअनुसार बजेट र योजना कार्यान्वयन गर्न सुझाव दिए । 

उनिहरूले प्रदेशका १३ जिल्लामा भौतिक पूर्वाधारको विकास र कृषिमा यान्त्रिकरण गरी उत्पादन आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई माग गरे । उनिहरुले दीर्घकालीन रूपमा वन डढेलोबाट नियन्त्रण, सीमान्तकृत समुदाय चेपाङ, दलित, आदिवासी जनजातीको स्वास्थ्य उपचार, शिक्षा र रोजगारीको लागि प्रत्यक्ष अवसर जुटाउने योजना तर्जूमा गरी कार्यान्वयनमा ल्याउन सुझाव दिए । 

यसैगरी सवारीचालक अनुमतिपत्र लिने प्रक्रिया सहज बनाउन,  प्रविधिको प्रयो गरी राजस्व सङ्कलन गर्न, पर्यटन, वनस्पति र मौसमी जडीबुटीको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने खालका कार्यक्रम ल्याउन पनि उनिहरूले आग्रह गरे । 

यस्तै काठमाडौं उपत्यकाको फोहरलाई नुवाकोटको बञ्चरे डाँडामा डम्पिङ गरी राख्दा वातावरण प्रदूषण हुन गई नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको प्रति पनि उनिहरूले चिन्ता व्यक्त गरे । 

बैठकमा प्रदेश सभाका सदस्य डा दिनेशचन्द्र देवकोटा, लक्ष्मी घिमिरे, बसन्तमान मानन्धर, रामप्रसाद ढुङ्गाना, इन्द्र सापकोटा, राजु विष्ट, प्रभात तामाङ, इन्द्रप्रसाद गोतामे, मधुकुमार श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ, डम्बर तामाङ, रमेशकुमार महत, देवेन्द्र श्रेष्ठ, रामकुमार पहाडी, हरिशप्रसाद सापकोटा, आशा लामा, भुवन केशरी श्रेष्ठ, सूर्यचन्द्र लामिछाने, इन्द्र चौलागाईँ, कन्चनबादे श्रेष्ठ, तीर्थ लामा, मायादेवी शर्मा, राजेन्द्र प्रजापति र सुष्मा भुजेल न्यौपानेलगायतले सुझाव प्रस्तुत गरेका थिए । 

प्रदेशसभाको अर्को बैठक भोलि जेठ ७ गते बिहान ११ बजे बस्ने जानकारी दिइएकाे छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चक्रवात ‘यागी’ का कारण दक्षिण पूर्वि एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ

बैङ्कक । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ । यागीले दु...

जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने

टोकियो । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारी...

हिजबुल्लाहका सदस्यले प्रयोग गर्ने ‘पेजर’ विस्फोट हुँदा नौ जनाको मृत्यु, दुई हजारबढी घाइते

लेबनान । लेबनानमा इरान समर्थित लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ ...

गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउन अमेरिकी विदेशमन्त्री इजिप्ट भ्रमणमा

कायरो । लेबनानमा भएको ‘पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुगे...

रास्वपाले स्थानीय तहको संख्या पाँचसयमा झार्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछाने...

अधिकृतलाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोप

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा कार्यरत दिपेन्द्र यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप ला...

आगामी वैशाखमा रास्वपाले महाधिवेशन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन मिति घोषणा गरेको छ । बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २...

दाङमा बालिकामाथि जबरजस्ती करणी गरेकाे आराेपमा एक पक्राउ

दाङ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । बबई गाउँपालिका-१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनल...

भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुबाट भन्सार छली ल्याएको मोटरसाईकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  शंकास्पद...

पर्सामा खरिद बिल नदेखाउने पसलेलाई ४५ हजार जरिवाना

वीरगञ्ज । खरिद बिल नदेखाउने वीरगञ्जका ६ पसलेलाई ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy