Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

गण्डकी प्रदेश सरकारको सहयोगमा सडक तथा पुल निर्माण

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेश सरकारको सहयोगमा पोखरा महानगरपालिका–१६ मा विभिन्न सडक तथा पुल निर्माण सम्पन्न भएका छन् । वडाभित्रका भूतेखोला मोटरेबल पुल, घुरकुना दाद्रे र्‍याले सडकका साथै भित्तेबजार सडक स्तरोन्नति सम्पन्न भएको हो । 

यी तीनवटै योजना आर्थिक वर्ष ०७९/८० मा सुरु भएर आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न भएको पूर्वाधार विकास कार्यालय कास्कीका सिडिई शोभियत खड्काले जानकारी दिए । उनका अनुसार सम्पन्न योजनामध्ये भित्तेबजार सडक स्तरोन्नतिको ठेक्का सम्झौता रकम रु तीन करोड ८१ लाख रुपैयाँ भएकामा तीन करोड ७१ लाखमा सम्पन्न भएको हो । अमित बिल्डर्स खासाङ गाउँपालिका मुस्ताङले निर्माण गरेको सडक सात सय मिटर लम्बाइ तथा आठ मिटर चौडाइ रहेको छ । 

त्यस्तै भूतेखोला मोटरेबल पुल तीन  करोड २८ लाखमा सम्पन्न भएको छ । भदौरे निर्माण सेवा पोखराले निर्माण गरेको १४ मिटरको लम्बाइको पुल योजनाको निर्धारित समयभन्दा चार महिना अगाडि सम्पन्न भएको हो । त्यस्तै वडाको घुरकुना दाद्रे र्‍याले सडक तीन करोड ५८ लामा सम्झौता भए पनि तीन करोड ७६ लाख लागत लागेको जनाइएको छ । 

बस्ती बग्न सक्ने जोखिम देखिएर ग्याबिनको काम थप गर्नु पर्दा लागत केही बढेको जनाइएको छ । कूल तीन किमी सडकमध्ये आठ सय ४० मिटरमा कालोपत्र तथा बाँकीमा ग्राभेल र नाला निर्माण गरिएको छ । यो सडक अर्मलाकोट हुँदै आटीघर मौजा, दूधपोखरी, सिक्लेस, हुँदै मनाङसम्म जाने सडक हो । 

सम्पन्न सडक तथा पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विकास गाउँमा जाने तर गाउँका बासिन्दा सहर झर्ने क्रम बढ्नु चुनौतीपूर्ण भएको बताए । विकास गाउँमा पुगेपछि त्यसबाट अधिकतम फाइदा लिँदै अग्र्यानिक खेती, घरबासलगायत काममार्फत पर्यटन मैत्री वातावरण सिर्जना गरी गाउँमा घुम्नका लागि पाहुना पुग्ने वातावरण तयार गर्नुपर्ने बताए । 

अर्मलामा बेलाबेलामा प्राकृतिक विपत्ति आएकोतर्फ सङ्केत गर्दै उहाँले प्रकृतिलाई बचाउने गरी पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । जनसङ्ख्या वृद्धि भए पनि खोलाघरलाई कायमै राख्नुपर्नेमा जोड दिँदै उनले निकास मिचेर नभई निकास दिएर विकास गर्नुपर्ने आवश्यकता औँल्याए । 

कार्यक्रममा पोखरा –१६ का वडा सदस्य रामचन्द्र आचार्य, पूर्ववडाध्यक्ष जीवन आचार्य, स्थानीय लीलाधर आचार्य, श्यामलाल लामिछानेलगायतले वडाभित्रका विकास निर्माणका कार्य एवम् भोग्नुपरेका समस्यालगायतले प्रकाश पारेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना पक्राउ

काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौँको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ब...

गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु

विराटनगर । विराटनगरमा गत साउन २ गते भएको गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७...

डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुली गर्छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम असुली गर्ने अडान राखेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक क...

काठमाडौं उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।  गएराती मृत्यु भएका कीर्तिप...

माओवादी केन्द्रको बैठक: राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनुपरेको प्रचण्डको ब्रिफिङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा बर्गीय सम्बन्ध कमजोर बनेको बताएका छन् ।  ...

ताप्लेजुङमा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । गाउँपालिकाले पालिकाभ...

गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्...

देशभर विपदमा परी एक सय ३९ जनाको मृत्यु

काठमाडौं । मौसमजन्य विपदमा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशीमा २२, म...

खोलाले बगाएर दुई किशोरीको ज्यान गयो

दुल्लु । पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई   छामघाट खोलाले बगाएर ज्यान गएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षी...

कास्कीमा विपदका घटनामा परेर १४ जनाको मृत्यु

कास्की । यस वर्षको मनसुन सुरु भएपछि पहिरामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएका छन् ।  यसबिचमा जिल्लामा बाढीपहिर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy