Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

गण्डकी प्रदेश सरकारको सहयोगमा सडक तथा पुल निर्माण

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेश सरकारको सहयोगमा पोखरा महानगरपालिका–१६ मा विभिन्न सडक तथा पुल निर्माण सम्पन्न भएका छन् । वडाभित्रका भूतेखोला मोटरेबल पुल, घुरकुना दाद्रे र्‍याले सडकका साथै भित्तेबजार सडक स्तरोन्नति सम्पन्न भएको हो । 

यी तीनवटै योजना आर्थिक वर्ष ०७९/८० मा सुरु भएर आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न भएको पूर्वाधार विकास कार्यालय कास्कीका सिडिई शोभियत खड्काले जानकारी दिए । उनका अनुसार सम्पन्न योजनामध्ये भित्तेबजार सडक स्तरोन्नतिको ठेक्का सम्झौता रकम रु तीन करोड ८१ लाख रुपैयाँ भएकामा तीन करोड ७१ लाखमा सम्पन्न भएको हो । अमित बिल्डर्स खासाङ गाउँपालिका मुस्ताङले निर्माण गरेको सडक सात सय मिटर लम्बाइ तथा आठ मिटर चौडाइ रहेको छ । 

त्यस्तै भूतेखोला मोटरेबल पुल तीन  करोड २८ लाखमा सम्पन्न भएको छ । भदौरे निर्माण सेवा पोखराले निर्माण गरेको १४ मिटरको लम्बाइको पुल योजनाको निर्धारित समयभन्दा चार महिना अगाडि सम्पन्न भएको हो । त्यस्तै वडाको घुरकुना दाद्रे र्‍याले सडक तीन करोड ५८ लामा सम्झौता भए पनि तीन करोड ७६ लाख लागत लागेको जनाइएको छ । 

बस्ती बग्न सक्ने जोखिम देखिएर ग्याबिनको काम थप गर्नु पर्दा लागत केही बढेको जनाइएको छ । कूल तीन किमी सडकमध्ये आठ सय ४० मिटरमा कालोपत्र तथा बाँकीमा ग्राभेल र नाला निर्माण गरिएको छ । यो सडक अर्मलाकोट हुँदै आटीघर मौजा, दूधपोखरी, सिक्लेस, हुँदै मनाङसम्म जाने सडक हो । 

सम्पन्न सडक तथा पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विकास गाउँमा जाने तर गाउँका बासिन्दा सहर झर्ने क्रम बढ्नु चुनौतीपूर्ण भएको बताए । विकास गाउँमा पुगेपछि त्यसबाट अधिकतम फाइदा लिँदै अग्र्यानिक खेती, घरबासलगायत काममार्फत पर्यटन मैत्री वातावरण सिर्जना गरी गाउँमा घुम्नका लागि पाहुना पुग्ने वातावरण तयार गर्नुपर्ने बताए । 

अर्मलामा बेलाबेलामा प्राकृतिक विपत्ति आएकोतर्फ सङ्केत गर्दै उहाँले प्रकृतिलाई बचाउने गरी पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । जनसङ्ख्या वृद्धि भए पनि खोलाघरलाई कायमै राख्नुपर्नेमा जोड दिँदै उनले निकास मिचेर नभई निकास दिएर विकास गर्नुपर्ने आवश्यकता औँल्याए । 

कार्यक्रममा पोखरा –१६ का वडा सदस्य रामचन्द्र आचार्य, पूर्ववडाध्यक्ष जीवन आचार्य, स्थानीय लीलाधर आचार्य, श्यामलाल लामिछानेलगायतले वडाभित्रका विकास निर्माणका कार्य एवम् भोग्नुपरेका समस्यालगायतले प्रकाश पारेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: