काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने जानकारी दिएका छन्।
प्रतिनिधिसभाको बैठकपछि पत्रकार सम्मेलनमा उनले सोमबार तय भएको बैठकअगाडि नै छानबिन समिति गठन गरिनुपनेृ बताए।
“संसद् ठीक ढङ्गले चल्नका निम्ति हामी चाहन्छौँ,भोलि बिहान ११ बजे सदनको बैठक अगाडि हामीले संसदीय छानबिन समिति जुन उद्देश्यका लागि माग गरिएको हो, त्यो उद्देश्यका लागि समिति बनाउने गरी प्रधानमन्त्री, उपप्रधानमन्त्री आउनुहुन्छ भन्ने विश्वास राख्छु”, उनले भने, “त्यसो हैन भने संसद्को कामकारबाही अघि बढ्दैन ।”
सरकारमाथि शङ्का भएपछि छानबिन समितिको माग गरेको स्पष्ट पारे।उपप्रधान एवं गृहमन्त्री लामिछाने छानबिन समितिलाई प्रभावित पार्न खोजेको आशङ्का व्यक्त गरे।
उनले थपे, “संसद्ले छानबिन समिति बनाउँदै गर्दा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ‘अबरोध’ गर्नुभएको छ, रोक्नुभएको छ, प्रभावित गर्न खोज्नुभएको छ आज पनि संसद्बाट उहाँले यो विषयवस्तुलाई आफैं गृहमन्त्री हुँदै गर्दा त्यसको ओझलाई बुझेर बहकाउने प्रयास गर्नुभएको छ । यसबाट के प्रमाणित हुन्छ भने उहाँ संसदीय छानबिन समितिबाट डराउनुभएको छ ।”
गृहमन्त्री लामिछानेले अनुसन्धान प्रभावित पार्न खोजेको आशङ्का व्यक्त गरे। पार्टी लक्षित भएर प्रतिशोध नराखेको समेत दाबी गरे।
उनले भने, “यहाँ कसरी प्रस्तुत गर्न खोजिएको छभने हामी त नयाँ पार्टी, नयाँलाई प्रश्न गर्ने? हामी त आफ्नै पार्टीका नेतालाई प्रश्न गरेर आएको, आफ्नै नेतासँग लडेर आएको हो। यी तमाम विषयहरु हुँदै गर्दाखेरि यो विषय आज कुनै पनि अर्को व्यक्तिको हकमा भएको भए छानबिन र अनुसन्धान हुन्थ्यो । मैले अहिले जे आशङ्का गरेको छु छानबिनपछि यही आउन भन्ने पनि छैन । कांग्रेसको कुरा यो पनि हैन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - ०९:३०
काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...
माघ २ गते, २०८२ - ०९:२४
भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...
माघ २ गते, २०८२ - ०९:१९
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...
माघ २ गते, २०८२ - ०८:२६
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...
माघ २ गते, २०८२ - ०८:१९
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...
माघ २ गते, २०८२ - ०८:०७
काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...
माघ २ गते, २०८२ - ०७:५०
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...
माघ २ गते, २०८२ - ०७:४०
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...
माघ २ गते, २०८२ - ०७:३५
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...
माघ २ गते, २०८२ - ०७:१९
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...




प्रतिकृया लेख्नुहोस्: