काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने जानकारी दिएका छन्।
प्रतिनिधिसभाको बैठकपछि पत्रकार सम्मेलनमा उनले सोमबार तय भएको बैठकअगाडि नै छानबिन समिति गठन गरिनुपनेृ बताए।
“संसद् ठीक ढङ्गले चल्नका निम्ति हामी चाहन्छौँ,भोलि बिहान ११ बजे सदनको बैठक अगाडि हामीले संसदीय छानबिन समिति जुन उद्देश्यका लागि माग गरिएको हो, त्यो उद्देश्यका लागि समिति बनाउने गरी प्रधानमन्त्री, उपप्रधानमन्त्री आउनुहुन्छ भन्ने विश्वास राख्छु”, उनले भने, “त्यसो हैन भने संसद्को कामकारबाही अघि बढ्दैन ।”
सरकारमाथि शङ्का भएपछि छानबिन समितिको माग गरेको स्पष्ट पारे।उपप्रधान एवं गृहमन्त्री लामिछाने छानबिन समितिलाई प्रभावित पार्न खोजेको आशङ्का व्यक्त गरे।
उनले थपे, “संसद्ले छानबिन समिति बनाउँदै गर्दा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ‘अबरोध’ गर्नुभएको छ, रोक्नुभएको छ, प्रभावित गर्न खोज्नुभएको छ आज पनि संसद्बाट उहाँले यो विषयवस्तुलाई आफैं गृहमन्त्री हुँदै गर्दा त्यसको ओझलाई बुझेर बहकाउने प्रयास गर्नुभएको छ । यसबाट के प्रमाणित हुन्छ भने उहाँ संसदीय छानबिन समितिबाट डराउनुभएको छ ।”
गृहमन्त्री लामिछानेले अनुसन्धान प्रभावित पार्न खोजेको आशङ्का व्यक्त गरे। पार्टी लक्षित भएर प्रतिशोध नराखेको समेत दाबी गरे।
उनले भने, “यहाँ कसरी प्रस्तुत गर्न खोजिएको छभने हामी त नयाँ पार्टी, नयाँलाई प्रश्न गर्ने? हामी त आफ्नै पार्टीका नेतालाई प्रश्न गरेर आएको, आफ्नै नेतासँग लडेर आएको हो। यी तमाम विषयहरु हुँदै गर्दाखेरि यो विषय आज कुनै पनि अर्को व्यक्तिको हकमा भएको भए छानबिन र अनुसन्धान हुन्थ्यो । मैले अहिले जे आशङ्का गरेको छु छानबिनपछि यही आउन भन्ने पनि छैन । कांग्रेसको कुरा यो पनि हैन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...



प्रतिकृया लेख्नुहोस्: