ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन् । श्रेष्ठले फुङलिङ–पाथीभरा ४८ किलोमिटरको निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेन्डमा पूरा गरेका थिए ।
प्रथम भएका श्रेष्ठले रु एक लाख ५१ हजार एक सय ११ सहित प्रमाणपत्र पाए । यस्तै, त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार द्वितीय भए । उनले निर्धारित दूरी चार घण्टा १२ मिनेट ४८ सेकेन्डमा पूरा गरेका थिए ।
उनले रु एक लाख ११ हजार एक सय ११ सहित प्रमाणपत्र प्राप्त गरे । तृतीय भएका आर्मीकै प्रताप थाम्सुहाङले चार घण्टा १३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । उनलाई रु ५१ हजार एक सय ११ सहित प्रमाणपत्र प्रदान गरिएको छ । पाथीभरा खुला म्याराथनमा एक सय १४ जना सहभागी भएका थिए । महिला हाफ म्याराथनतर्फको उपाधि पनि आर्मी क्लबकै सुनसरी रोकाया प्रथम भइन । रोकायाले सदरमुकाम–काफ्लेपाटी ३९ किलोमिटरको निर्धारित दूरी तीन घण्टा ४४ मिनेट ५२ सेकेन्डमा पूरा गरेकी थिइन् ।
यस्तै, फुङलिङ–६ की कुमारी गुरुङ चार घण्टा २२ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो भइन । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी विनिता तामाङले चार घण्टा २७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गरी तेस्रो भइन । महिलातर्फका प्रथम, द्वितीय र तृतीयले क्रमशः रु ८१ हजार एक सय ११, रु ५१ हजार एक सय ११ र रु ३१ हजार एक सय ११ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
महिला हाफ म्याराथन दौडमा ४७ धावक सहभागी भएकाे पाथीभरा म्याराथन दौड व्यवस्थापन उपसमितिका संयोजक विनोद भारतीले जानकारी दिए । यही जेठ ३ गतेदेखि सुरु भएको ताप्लेजुङ महोत्सव आज सम्पन्न भएको छ । महोत्सवअन्तर्गत डोको क्यारी रन, अन्तरपालिकास्तरीय मेयरकप रनिङ भलिबल प्रतियोगितासहितका खेलकुद भएका छन्भने पाथीभरा साइकल यात्रासमेत सम्पन्न भएको छ ।
जिल्लाको पर्यटन प्रवद्र्धन र विकासका लागि आयोजित महोत्सवमा घरेलु औद्योगिक कृषि प्रदर्शनी, विभिन्न जातीय समुदायका खाद्य परिकारका कक्ष राखिएका थिए । महोत्सवमा हरेक दिन सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम गरिएका थिए । आइतबार गायक प्रताप दाससहितका कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए भने आज समापनको दिन गायिका रचना रिमाल प्रस्तुति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २७ गते, २०८२ - २०:३०
चितवन । वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कामले तीव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम स...
कार्तिक २७ गते, २०८२ - २०:२६
धनकुटा । धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको टुंगो लागेको छ। गत सोमबारको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका–७ मा रेशम खेत...
कार्तिक २७ गते, २०८२ - २०:२१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणप...
कार्तिक २७ गते, २०८२ - २०:१७
ललितपुर । विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू समावेश भएका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष...
कार्तिक २७ गते, २०८२ - २०:१०
मकवानपुर । मकवानपुर प्रहरीले जेनजीको प्रदर्शनीको क्रममा हेटौँडाको विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटनामा संलग्न पाँ...
कार्तिक २७ गते, २०८२ - २०:०६
काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’बीच बुधबार सिंहदरबारमा वार्ता भएको छ । गृह ...
कार्तिक २७ गते, २०८२ - १९:१४
पेरिस । हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज ग...
कार्तिक २७ गते, २०८२ - १९:१०
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीमध्ये करिब ६० प्रतिशत काम सकिएको निर्वाचन आयोगले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्की र आयोगका पदाध...
कार्तिक २७ गते, २०८२ - १९:०५
काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबा...
कार्तिक २७ गते, २०८२ - १८:५९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) ले सञ्चालन गरेको ‘घर फर्क अभियान’ लाई लक्षित गर्दै तीक्ष्ण व्यङ्...




प्रतिकृया लेख्नुहोस्: