Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्

खबरडबली संवाददाता

काठमाडौं । मुलुकका सङ्घीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ ।

स्वास्थ्य सेवा विभागले लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्यमा गरेको ‘नेपालका सार्वजनिक स्वास्थ्य संस्थामा बायोमेडिकल उपकरणको सर्वेक्षण’ सार्वजनिक कार्यक्रममा इन्टरप्राइजेजका अध्यक्ष अञ्जली टिवरिवालले दुई हजार छ सय ४५ स्वास्थ्य उपकरण अझै जडान नगरिएको जानकारी दिइन । 

उनका अनुसार वाग्मती, कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका ११ अस्पतालमा गरिएको सर्वेक्षणमा एक हजार आठ सय २३ उपकरण बिग्रेका छन् । गत कात्तिकदेखि चैतसम्ममा ती अस्पतालमा १९ हजार एक सय ७४ उपकरणको अवस्थाका बारेमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा एक हजार ७४ उपकरण राम्रा रहे पनि प्रयोगमा नआएको देखिएको पाइएको सर्वेक्षणका बायोमेडिकल इन्जिनियर भाष्कर रिजालले जानकारी दिए । 

“कोरोना भाइरसको बेला आएका उपकरण अहिले त्यत्तिकै थन्किएर रहेका छन्”, उनले भने, “पहिला कोरोनाकालमा प्रयोग भएका ती उपकरण अहिले बिरामी नभएपछि त्यत्तिकै प्रयोगमा आएका छैनन् ।” यस्तै, सर्वेक्षणमा ती अस्पतालमा रहेका तीन सिटी स्क्यान मेसिन बिग्रेर थन्किएका छन् । 

बायोमेडिकल इन्जिनियर रिजालका अनुसार वीर अस्पताल, नेपाल सशस्त्र प्रहरी वल अस्पताल र कोशी अस्पतालमा रहेका सिटी स्क्यान मेसिन बिग्रेका छन् । ती सिटी स्क्यानका अधिकांशको चार्जर बोर्ड, ब्याट्री, टेबल बिग्रेको उनले बताए । उनले कोशी अस्पतालको सिटी स्क्यान बनाउन धेरै नै खर्च लाग्ने भएकाले नबनाउन आग्रहसमेत गरिएको बताए । 

“कोशी अस्पतालको सिटी स्क्यान पुरानो र मर्मत गरेर सञ्चालन गर्न धेरै खर्च लाग्ने भएकाले नबनाउन सुझाव दिएका छौँ”, उनले भने, “वीर र नेपाल सशस्त्र प्रहरी बल अस्पतालको सिटी स्क्यान चलाएर बिरामीको उपचारमा प्रयोग गर्न सकिन्छ ।”

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणको मर्मत गरेर सञ्चालन गर्नका लागि बायोमेडिकल इन्जिनियर नभएको बताए । “हामीले पटक पटक बायोमेडिकल इन्जिनियर चाहियो भनेर सरकारलाई भनेको छौँ”, उनले भने, “तर सरकारले अहिलेसम्म एकजना पनि बायोमेडिकल इन्जिनियर पठाउन सकेको छैन, अहिले हामीले बायोमेडिकल प्राविधिकको सहयोगमा स्वास्थ्य उपकरणको परीक्षण गरिरहेका छौँ ।”

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्राले सरकारले स्वास्थ्य उपकरणको मर्मतका लागि कम बजेट विनियोजन गर्ने भएकाले मर्मतमा समस्या भएको बताइन । उनले सातवटा प्रदेशमा स्वास्थ्य उपकरण मर्मतका लागि केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिइन । 

विभागको व्यवस्थापन शाखाका निर्देशक डा श्रवण थापाले नचलेका ठाउँका उपकरण चलाउने ठाउँमा पठाउने काम भइरहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending