Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८२ आईतवार | 27th April, 2025 Sun
Investment bank

आज दिउँसो देशभर आंशिक बदली हुने

खबरडबली संवाददाता

काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   

देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मुख्यतया मौसम सफा र रहेको छभने  कोशी ,मधेस र लुम्बिनी प्रदेशका  केही  स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र  हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिउँ पर्नसक्नेछ ।  

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने अन्य बाँकी क्षेत्रमा आंशिक बदली भई मुख्यतया मौसम सफा रहने छ । 

कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र  हुरीबताससहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी र लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका केही क्षेत्रमा मेघगर्जन, चट्याङ र  हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले  देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएकाले सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्या...

पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ ।  लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौ...

काठमाडौंबाट आन्दोलनरत शिक्षक फर्किएको रात्रिबस झापामा दुर्घटना, १६ जना घाइते

झापा । काठमाडौँबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजम...

पानीलाई हतियार बनाउने संकेत- भारतले पाकिस्तानतर्फ बहने सिन्धु र अन्य नदीको पानी रोक्न सक्छ ?

काठमाडौं ।  जम्मु–कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणपछि भारतले सिंधु नदी तथा अन्य पाँच नदीनदीको पानीको बाँडफाँडसम्बन्धी सिंधु जल सन्धिलाई निलम्बन ...

सहकारी ठगीमा फरार कांग्रेस सांसद राईलाई सरकारको संरक्षण

संसदमै पुगेर हाजिर गरेर बाहिरिइन्, तीन घेराको प्रहरीले ‘नदेखेझैँ’ गर्‍यो

आज कति छ सागसब्जी र फलफूलको अधिकतम मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

हुम्लाको दुर्गम गाउँमा पुग्यो सडक

अदानचुली । हुम्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन्। गाउँपालिकाले यहा...

एमाले संसदीय दलको बैठक बस्दै, सरकारबारे कांग्रेसको असन्तष्टिबारे छलफल हुने

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ। पार्टीका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा श...

सरकारसँग वार्तासँग आन्दोलन पनि नछाड्ने शिक्षकहरुको अडान, अध्यक्ष भन्छन्- हामी वार कि पारको लडाईंमा छौं

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच शनिबार बिहान वार्ता हुँदैछ।वार्ताका लागि सरकारले बिहान साढे ७ बजेको समय तय गरेको छ। महासंघका प्रतिनिध...

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशका पहाडी भू-भागमा पानी पर्ने

काठमाडौँ । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending