Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

२६ वर्षदेखि बेपत्ता व्यक्ति छिमेकमै भेटिए

खबरडबली संवाददाता

काठमाडौं । अल्जेरियाको अल कादिद सहरमा २६ वर्षअघि बेपत्ता भएका एक व्यक्ति अन्ततः फेला परेका छन् । उमर बी नामका एक व्यक्तिलाई छिमेकीले अपहरण गरेका थिए । त्यतिबेला उनको उमेर मात्र १९ वर्ष थियो । ओमर सन् १९९८ मा अल्जेरियाको गृहयुद्धका क्रममा बेपत्ता भएका थिए ।

उनको परिवारले धेरै वर्षदेखि उनको खोजी गरिरहेको थियो । तर केही नभेटिएपछि उनीहरुले उनलाई मृत मानेका थिए । अपहरणकर्ताको घर उमरको घरबाट मात्रै २०० मिटर टाढा थियो। अल्जेरियाली मिडिया रिपोर्टका अनुसार अपहरणकर्ताले उनीमाथि कालो जादू गरेको कारण उमर त्यहाँबाट कहिल्यै भाग्न सकेनन्।

२६ वर्षदेखि अपहरणमा परेका उमरलाई प्रहरीले संरक्षणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको छ । एक फेसबुक पोस्टमा उमरका भाइ खालिदले उमरको अवस्था ठीक रहेको बताएका छन् । २६ वर्षदेखि बन्धक बनाएका कारण उनी स्तब्ध छन् र उनलाई मनोवैज्ञानिक सहायता दिइँदैछ ।

अल्जेरियाको न्याय मन्त्रालयले भनेअनुसार अभियुक्त नजिकैको शहर एल गुएडिडको नगरपालिकामा द्वारपालको रूपमा काम गर्थे। उनको भाइसँग सम्पत्तिको विषयमा विवाद चलिरहेको थियो । यही विवादको रिसमा उनका भाइले उमरको बारेमा सामाजिक सञ्जालमा जानकारी पोस्ट गरिदिए । उनले सामाजिक सञ्जालमा उमर जीवित र राम्रो अवस्थामा रहेको लेखेका छन् ।

त्यसपछि यो खबर नजिकै बस्ने मानिसहरूमा फैलियो। त्यसपछि उमरका आफन्तले उनको खोजी गर्न थाले । घरको ठेगाना पाएपछि ढोका तोडेर भित्र पसे । यहाँ उमर घरको बीचमा एउटा खाडलमा सुकेको घाँसमा लुकेका थिए । उद्धारपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

सेन्ट्रल जेल ‘ब्रेक’को सपना, अन्त्य असनको कोठामा

काठमाडौं । सुन्धाराको कडा सुरक्षा घेराभित्र रहेको केन्द्रीय कारागारबाट भाग्दा सपना तामाङले सायद सोचेकी थिइन् । अब प्रहरीलाई धेरै दिन छक्याउन सकिन्छ । ...

तरकारी बजारमा विचौलियाको बिगबिगी, मूल्य तोक्ने व्यापारी नै !

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिँदा खोटाङ र पूर्वी तराईबीच यातायात सम्पर्क विच्छेद

खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको व...

समय घर्किँदै छ, छिटो सहमतिमा नआए केही बाँकी नरहने इरानलाई ट्रम्पको चेतावनी

वासिङ्टन डिसी । युद्ध अन्त्य गर्ने विषयमा भइरहेको वार्ता अवरुद्ध भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै समय घर्किँदै गएको बता...

प्रतिनिधिसभा बैठक आज बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छ...

गुल्मीमा भएकाे मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरस्थित रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति करि...

एमालेको सचिवालय बैठक गुन्डुमा बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार शनिबार दिउँसो बस्ने भनिएको बैठक नेताहरूको...

खैरो हेरोइनसहित गोकर्णेश्वरबाट सात जना पक्राउ

काठमाडौं । लागुऔषध खैरो हेरोइनजस्तो देखिने १२ दशमलव ६४ ग्राम पदार्थसहित सात जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सोल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending