कैलाली । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी गरिएको छ ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा घोडाघोडीमा तस्बिर प्रदर्शनी गरिएको पन्छी संरक्षण सङ्घका फिल्ड सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए । डिभिजन वन कार्यालय पहलमानपुरको आयोजना तथा पन्छी संरक्षण सङ्घको व्यवस्थापनमा गरिएको तस्बिर प्रदर्शनीमा घोडाघोडी क्षेत्रमा पाइने ६५ प्रजातिका चराको तस्बिर प्रदर्शनी गरिएको उनले बताए ।
नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) घोषणा गरिएको घोडाघोडीमा तीन सय ६० प्रजातिका चरा पाइन्छन् । चराहरुको फोटो प्रदर्शनी गर्दा निकै सुुन्दर देखिएको घोडाघोडी नगरपालिकाका नगर प्रमुुख खडक रावतले बताए ।
उनले भने, “चराहरु फोटोमा जति सुुन्दर देखिएका छन् यिनको संरक्षण गरे वास्तविकरुपमा नै हेर्न पाइने छ । फोटो प्रदर्शनीले घोडाघोडीमा रहेका चराको संरक्षण र पर्यटन विकासका लागि टेवा पुुग्ने विश्वास लिइएको छ ।”
चरा संरक्षणप्रति जनचेतना जगाउने फोटो प्रदर्शनी गरिएको डिभिजन वन कार्यालय पहलमानपुुरका डिभिजनल वन अधिकृत राम बिचारी ठाकुुरले बताए । केही समय पहिले पनि घोडाघोडी तालको मिचाह प्रजाति हटाउने कार्य गरेको बताउँदै उनले भने, “घोडाघोडीको संरक्षणमा जनचेतना जगाउनका लागि अन्य कार्यहरु पनि गरिरहेका छौँ ।”
उनले फोटो प्रदर्शनीले आगामी दिनमा चराहरुको संरक्षण गर्नका लागि स्थानीयहरुमा जनचेतना जाग्ने विश्वाससमेत व्यक्त गरे । घोडाघोडी क्षेत्रको जैविक विविधतामा असर नपुुग्ने गरी विकासको ढाँचा ल्याउनुपर्ने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका निमित्त प्रमुख डबलबहादुुर बोहोराको भनाइ छ । वन ऐनअनुुसार सिमसार क्षेत्र व्यवस्थापनको अधिकार सङ्घीय सरकारलाई रहेको बताउँदै उनले भने, “तीन वटै तहका सरकार मिलेर व्यवस्थापनमा समन्वय गर्नुपर्छ ।”
कार्यक्रममा वन विभागका निर्वतमान सहसचिव श्रीप्रसाद बराल, वसन्ता वन परिषद्का अध्यक्ष पुुष्कलबहादुुर बम, डल्फिन संरक्षण केन्द्रका विजयराज श्रेष्ठ, चरा संरक्षण सञ्जाल कैलालीका अध्यक्ष दयाराम चौधरी, घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेम बमले जैविक विविधता र संरक्षणबारे धारणा राखे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: