एजेन्सी । फिलिपिन्समा दैनिक कम्तीमा ५५ नयाँ ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) पोजिटिभ केसहरू फेला परेका छन् । यो विश्वमा सबैभन्दा उच्च भएको फिलिपिन्सका स्वास्थ्य सचिव टियोडोरो हर्बोसाले बताए ।
हर्बोसाले किशोरकिशोरीहरूमा केसहरू बढी रहेको उल्लेख गर्दै सबैभन्दा कान्छो सङ्क्रमित १५ वर्षका रहेको जानकारी दिए । “हामीसँग लगभग ५९ हजार मानिस एचआईभीसँग बाँचिरहेका छन् । करिब एक लाख ३० हजार अवस्थित केसहरू अनुमान गरिएको छ । यो अझै पनि एक करोड १० लाख जनसङ्ख्या भएको यो मुलुकका लागि लागि कम हो तर नयाँ मामिलामा योभन्दा धेरै छ, एक दिनमा ५५ नयाँ मामिला, हामी विश्वमा सबैभन्दा माथि छौँ”, उनले भने ।
उनले सक्रिय युवालाई सङ्क्रमण पत्ता लगाउन परीक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिए । विशेषगरी प्रयोगशील र जिज्ञासु किशोरकिशोरीहरू बीच अझ राम्रो र प्रभावकारी सूचना अभियानका लागि स्वास्थ्य विभाग (डिओएच) सँग समन्वय गरिरहेको उनले जानकारी दिए ।
डिओएचको तथ्याङ्कअनुसार सन् २०२१ देखि मासिकरूपमा रिपोर्ट गरिएका नयाँ एचआईभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । सन् २०२१ मा रिपोर्ट गरिएको औसत एक हजार २७ मासिक केसबाट बढेर सन् २०२२ मा एक हजार दुई सय ४५ मासिक केसहरूमा पुगेको छ । सन् २०२३ को चौथो त्रैमासिकसम्म प्रतिमहिना नयाँ रिपोर्ट गरिएका केसहरूको औसत सङ्ख्या थप बढेर एक हजार चार सय ३८ पुगेको छ ।
फिलिपिन्सले सन् १९८४ जनवरीदेखि सन् २०२३ डिसेम्बरसम्म आफ्नो पहिलो केस पत्ता लगाएदेखि डिओएचले एक लाख २६ हजार तीन सय ७८ मामिला र सात हजार दुई सय ३३ जनाको एचआईभीबाट मृत्यु भएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: