Ntc summer Offer
Khabar Dabali १२ असार २०८१ मंगलवार | 25th June, 2024 Tue
NIMB

जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्न अध्यक्ष ओलीको निर्देशन

खबरडबली संवाददाता

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

आफ्नो निर्वाचन क्षेत्र झापा ५ अन्तर्गतको एमाले दमकको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्रको द्वन्द्वका कारण दमक नगरपालिकामा एमालेले नेतृत्व गुमाउन पुगेको बताए  । उनले एमालेलाई अब दमकमा हार्ने छुट नभएको समेत बताए । “एमाले यो ठाउँमा अब पराजित हुनुुहुन्न, हरेक कार्यकर्ता जनताका बीचमा जानसक्नुपर्छ”, उनले भने । 

देशको विकासमा एमालेका हरेक कार्यकर्तामा महत्त्वपूर्ण जिम्मेवारी आएको बताउँदै उनले भने, “देशलाई समृद्धि बनाउन हामी एकताका साथ अघि बढ्नुको विकल्प छैन ।” देशमा एमालेको अगुवाइमा विकासको सुरुआत भएको बताउँदै उनले अब पनि देशमा एमालेको एकलौटी सरकार जनताले खोजेका र त्यसका लागि सबै कार्यकर्ता सङ्गठन निर्माणसँगै जनताको घरघरसम्म जानुपर्नेमा जोड दिए ।

दमकमा पार्टी नेतृत्व सहमतिका साथ चयन गर्न सुझाव दिँदै नभए स्वस्थ निर्वाचनमार्फत पार्टीले जित्ने गरी नेतृत्व चुन्न उहाँको सुझाव थियो । पार्टी दमक नगर कमिटी अध्यक्ष गेहनाथ पोख्रेलको अध्यक्षतामा भएको नगर अधिवेशन उद्घाटनमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका पोलिटब्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईलगायतका नेता, कार्यकर्ताको उपस्थिति थियो । भोलिसम्म चल्ने अधिवेशनले पार्टीको नगर नेतृत्व चयन गर्ने जनाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रामहरिको प्रश्नः राजस्व अनुसन्धानको डीजीको नम्बरबाट व्यापारीलाई धम्काएर किन पैसा मागियो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा राजस्व अनुसन्धानको महानिर्देशकको नामबाट अर्को व्यक्तिले फोन गरेर व्यापारीहरूलाई बिदाको दिनमा पैसा माग...

एमालेको जम्बो टोली चीन जादै

काठमाडौं । नेकपा एमालेका ३० जना नेताहरूको जम्बो टोली आज चीन भ्रमणमा जाँदैछ । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली आज १० दिने चीन भ्रमणमा ज...

मंगलबार कतिमा करोबार हुँदैछ सुनर ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजो सोमबारकै मूल्यमा आज...

झापामा चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं ।  झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका ड...

आज १५ जिल्लाका साना नदीमा आकस्मिक बाढीको सम्भावना

काठमाडौं । केही साना नदीमा मंगलबार आकस्मिक बाढीको सम्भावना छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार १५ जिल्लाका साना नदीमा आकस्मिक बाढीको सम्भावना छ । ...

१९ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखको छ । कार्यालयले आज एक सूचना जारी गर्दै सार्...

विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैनः अमिषा पटेल

काठमाडौँ । बलिउड अभिनेत्री अमिषा पटेलले आफु विवाहको लागि तयार भएपनि केटा नभेटिएको प्रतिक्रिया दिएकी छन् । सामाजिक सञ्जालमा एक फ्यानले सोधेको प्रश्न...

पोखरिया नगरपालिकाको आठौ नगरसभा सम्पन्न,४७ करोड भन्दा बढीकाे बजेट प्रस्तुत

वीरगंज । पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ को अाठौ नगरसभाले ४७ करोड १२ लाख ९३ हजार बराबरको अनुमानित बजेट प्रस्तुकरण गरेको छ । पोखरियामा र...

सञ्चालनमा आयाे भक्तपुरको नलिनचोकमा निर्माण भएकाे हेलिपोर्ट

१२ हेलिकोप्टर कम्पनीले उडान गर्ने

यस्तो छ राजेशपायलको ‘मनको सारङ्गी’ सार्वजनिक

काठमाडौं । गायक राजेशपायल राईको नयाँगीत‘मेरो मनको सारङ्गी’ सार्वजनिकभएको छ । सरिता लिङ्देनको शब्द रहेको यो गीतमामन्जु मितेरीले संगीत भरेका छन् ।  य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy