काठमाडौं । सहकारी पीडित बचकर्ताहरूले ११ जेठदेखि फेरि आन्दोलन सुरु गर्ने भएका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयनन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।
देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन घोषणा गरेको हो । महासंघका अध्यक्ष कुसलभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए ।
११ जेठमा माइतीघर मण्डलाबाट सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गर्ने उनले बताए । ११ गते ११ बजे माइतीघर मण्डलाबाट आफुहरुको आन्दोलन स्वरुप शान्तिपुर्ण र्याली र यर्ने र्यालीपछि कोणसभा गरेर रिले अनशन सुरु गर्ने उनले बताए । सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उनको भनाइ छ ।
नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने उनले बताए । आफूहरुले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता पालना नभएकोले तेस्रो पटक आन्दोलनमा जानु परेको उनले बताए ।
हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएको उनले बताए । तर, अहिलेका मन्त्रीले पनि बचतकर्ताको पक्षमा कुनै काम नगरेको कारण संघर्षका कार्यक्रम घोषणा गर्नुपरेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८१ - २०:४५
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले हात्ती रोक्नका लागि बस्ती छेउमा पर्खाल बनाएको छ । जंगली हात्तीको आउजाउ बाक्लो भएपछि वडा नम्बर २ को जंगल क्ष...
आषाढ़ १२ गते, २०८१ - २०:४०
सुनसरी । ‘जुनियर फेस अफ सुनसरी’ सम्पन्न भएको छ । बालबालिकाहरुको सौन्दर्यसंगै लुकेर रहेको प्रतिभालाई मञ्चमा ल्याउने र प्रोत्साहन गर्ने उद्देश्य सहित ए...
आषाढ़ १२ गते, २०८१ - १६:५४
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको बजेट रोकिएको छ । इटहरी उपमहानगरपालिकाले प्रक्रिया नपुर्याइ जबर्जस्ती आगामी आर्थिक वर्ष २०८१र८२ का लागि बजेट प...
आषाढ़ १२ गते, २०८१ - १५:५९
दुई जनाको शव फेला, एक जनाको उद्धार
आषाढ़ १२ गते, २०८१ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार अहिले सिंगो तागतमा नभएको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका कार...
आषाढ़ १२ गते, २०८१ - १५:४१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर विभिन्न प्रश्हरुको जवाफ दिएका छन् । आ...
आषाढ़ १२ गते, २०८१ - १५:३०
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा...
आषाढ़ १२ गते, २०८१ - १५:२५
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भए...
आषाढ़ १२ गते, २०८१ - १४:५२
सिरहा । सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ क...
आषाढ़ १२ गते, २०८१ - १४:४९
काठमाडौं । कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथिको अन्तिम बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ...
प्रतिकृया लेख्नुहोस्: