Ntc summer Offer
Khabar Dabali २६ माघ २०८१ शनिबार | 8th February, 2025 Sat
Investment bank

दाजु–भाउजू मात्र होइन कांग्रेसमा गोत्र मिल्ने सबैको छानबिन गरे हुन्छः महामन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेताहरू मात्र होइन उनीहरूको नातेदारमाथि पनि छानबिन गरे हुने बताएका छन् ।

बिहीबार नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले आफूहरू जुनसुकै विषयमा पनि छानबिनका लागि तयार रहेको बताएका हुन् ।

कांग्रेसको चलनचल्तीको भाषामा भन्दा दाजु–भाउजू, मामा, माइजू सबैलाई छानबिन गर्न चेतावनी दिँदै उनले भने, “कांग्रेसको को–को माथि सभापति, उपसभापति, पदाधिकारी को–को ? कसको कसको छानबिन गर्नुछ नाम, थर, गोत्र, ससुराली, हातका शंख र चक्र सबै लेख्नुस् तर छानबिन गम्भीरतापूर्वक हुुनुपर्छ ।” 

महामन्त्री शर्माले गृहमन्त्री रवि लामिछानेमाथि कटाक्ष गर्दै विभिन्न विषयमा जवाफ फर्काए । लामिछानेले दोषी भए राजनीति छोड्छु आफू दोषी नभए गगन थापाले राजनीति छाड्ने हो भन्ने आशयमा दिएको अभिव्यक्तिमा पनि उनले कटाक्ष गरे । “नयाँ दलको एउटा मित्रले के भन्नुभएछ भने, ममाथि छानबिन गर्नुस् यदि दोषी देखिनुभयो भने उहाँले पनि राजनीति छोड्नुहुन्छ हामी पनि राजनीति छोड्छौँ । विश्वप्रकाश शर्मामाथि छानबिन गर्ने, दोषी देखिए जेल जाने हो, बाँकी कांग्रेस जाने होइन,” उनले भने ।

महामन्त्री शर्माले लामिछानेको प्रश्नलाई सती प्रथासँग तुलना गर्दै भने, “सती प्रथा हो रु श्रीमान्को मृत्यु भएपछि श्रीमती जाने रु यो त चन्द्र शमशेरको पालामा उहिल्यै अन्त्य भइसक्यो । सहकारी ठगीको बारेमा गम्भीर छानबिन गर्न जरुरी छ ।”

उनले सदनमा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि सदनमा छन् भनेकोमा आपत्ति जनाए । साथै, उनले यो विषयलाई सदनको रकेर्डबाट हटाउन माग गरे । “सभामुखलाई सोध्छु म, तपाईं विदेशीलाई सूचना बेचिन्छ, सांसदबाट भन्नेकुरा संसद्‌मा बोल्न पाइन्छ भन्नेकुरामा सहमत हो रु यदि होइन भने किन रेकर्डबाट हटाउनु हुन्न रु सहमत हो भने गृहमन्त्रीलाई किन सोध्नुहुन्न, को हुन् तिनलाई गिरफ्तार गर,” उनले भने ।

महामन्त्री शर्माले भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरूको फाइल खोलेर कारबाही गर्न आग्रह गरे । कांग्रेस सरकारमा हुँदा कमजोरीको पनि फाइल खोलियोस् भनेर उपसभापति धनराज गुरुङको नेतृत्वमा संसद्‌मा पार्टीले प्रस्ताव लगेको भनाइ उनको थियो ।

“०४६ सालपछि को मन्त्री भए, कोको केके भए रु कसले कति कमाए होलान् रु कमाएनन् होला सबै छानबिन गरौँ भनेर प्रस्तावित गरेका छौँ । त्यसैले यो बेलामा नेपाली कांग्रेस दृढतापूर्वक सहकारी ठगी प्रकरणका सन्दर्भमा पनि हामी दृढतापूर्वक बोलिरहेका छौँ,” उनले भने, “प्रश्न एकजना व्यक्तिको सन्दर्भको होइन । संसद्‌मा बोल्दै गर्दा उहाँले यसको यो विरोध छ भन्नुभयो । अरु माथि पनि छ त, ममाथि मात्रै किन रु ममाथि छैन भन्ने होइन, ममाथि छ तिमीहरू माथि पनि छ भन्ने छ ।”

सम्बोधनको क्रममा उनले नेपाल अनन्त सम्भावना रहेको देश भन्दै राजनीतिमा कुनै पनि संकट नरहेको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुरधाम । उपचारमा लापरबाही गर्ने जनकपुरको दर्ता नरहेको मुस्कान अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् । शुक्रब...

खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौं ।  सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिह...

बहुमूल्य भन्दै नक्कली पत्थर विक्री गर्ने तीन ठग पक्राउ

कास्की। बहुमूल्य पत्थर दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका वडा नं.५ स्थायी घर ...

बहुमूल्य भन्दै नक्कली पत्थर विक्री गर्ने तीन ठग पक्राउ

कास्की। बहुमूल्य पत्थर दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका वडा नं.५ स्थायी घर ...

पर्वतमा निर्माणाधीन सडक योजनामा १६ करोड बजेट थप

पर्वत । पर्वतमा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ । स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूप...

बिस्तारै उठ्दै थला परेको औषधी कम्पनी

नाफा र कमिसनमा रमाइरहेका निजी कम्पनी र औषधी पसलले फाइदा नहुने काम किन गर्थे ?

बिस्तारै उठ्दै थला परेको औषधी कम्पनी

नाफा र कमिसनमा रमाइरहेका निजी कम्पनी र औषधी पसलले फाइदा नहुने काम किन गर्थे ?

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य

काठमाडौं।  कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य

काठमाडौं।  कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...

अन्तरिक्षमा भेटियो विशाल ब्ल्याक होल, जसले निल्न सक्छ १ अर्ब सूर्य

काठमाडौं  । ब्रह्माण्ड रहस्यले भरिएको छ। संसारभरका एजेन्सीहरूले यसबारे सधैभरी अनुसन्धान गरिरहेका हुन्छन र केही रहस्यहरू उजागर पनि गरिरहेका हुन्छन । ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy