Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

रामग्रामस्तूप गुरुयोजना स्वीकृतिका लागि पहल गर्छौ: मन्त्री तामाङ

खबरडबली संवाददाता

नवलपरासी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले रामग्रामस्तूपको गुरुयोजना स्वीकृतिका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

बुद्धजयन्तीको अवसर पारेर आज पश्चिम नवलपरासीस्थित रामग्रामस्तूपको अवलोकन गर्दै मन्त्री तामाङले रामग्रामस्तूप क्षेत्रको बृहत्तर विकासका लागि तयार पारिएको गुरुयोजना मन्त्रिपरिषद्मा  स्वीकृत गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

बुद्धको अस्तु धातु रहेको रामग्रामलाई लुम्बिनीसँग जोडेर एकीकृत विकास गर्ने गरी रामग्रामस्तूप क्षेत्रको विसं २०७८ सालमा गुरुयोजना बनाइएको थियो । लुम्बिनी मात्रै नभएर बुद्धसँग जोडिएका सबै स्थलको विकास र प्रचारप्रसार हुनसके दीर्घकालीनरूपमा यस क्षेत्रको विकास हुनसक्ने मन्त्री तामाङको भनाइ थियो । बुद्धसँग जोडिएका ऐतिहासिकस्थलको विकासका लागि तीनै तहका सरकारबीच सहकार्य जरूरी रहेकामा मन्त्री तामाङको जोड थियो । 

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले सङ्घीय सरकारले बुद्धसँग जोडिएका प्रदेशका समग्रस्थलको विकासलाई प्राथमिकतामा राख्नुपर्ने र त्यसमा पहलका लागि मन्त्री तामाङलाई आग्रह गरे । 

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले रामग्रामस्तूपको विकासका लागि सङ्घ, प्रदेश सरकार र लुम्बिनी विकास कोष संयुक्तरूपमा अगाडि बढ्नुपर्ने बताए । उनले लुम्बिनी विकास कोषले निर्माण गरेका ऐनहरू बाझिएकाले काम गर्न कठिनाइ भएको समेत बताए । 

ग्रेटर लुम्बिनीअन्तर्गत बनाइएको गुरुयोजनाले स्तूप क्षेत्रको एक सय १७ बिघा जग्गा समेटेको छ । गुरुयोजनाअनुसार जग्गा अधिग्रहणका लागि रु एक अर्ब ५० करोड र संरचना निर्माणका लागि रु पाँच अर्ब ५० करोड लागत अनुमानसहित गुरुयोजना तयार गरिए पनि मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ । 

गुरूयोजना कार्यान्वयनमा आए नवलपरासीपश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रका ऐतिहासिक, पुरातात्विक तथा धार्मिकस्थलको विकासका साथै बुद्धसँग सम्बन्धित विभिन्न संरचना निर्माण हुनेछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: