Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८२ शनिबार | 17th May, 2025 Sat
Investment bank

रामग्रामस्तूप गुरुयोजना स्वीकृतिका लागि पहल गर्छौ: मन्त्री तामाङ

खबरडबली संवाददाता

नवलपरासी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले रामग्रामस्तूपको गुरुयोजना स्वीकृतिका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

बुद्धजयन्तीको अवसर पारेर आज पश्चिम नवलपरासीस्थित रामग्रामस्तूपको अवलोकन गर्दै मन्त्री तामाङले रामग्रामस्तूप क्षेत्रको बृहत्तर विकासका लागि तयार पारिएको गुरुयोजना मन्त्रिपरिषद्मा  स्वीकृत गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

बुद्धको अस्तु धातु रहेको रामग्रामलाई लुम्बिनीसँग जोडेर एकीकृत विकास गर्ने गरी रामग्रामस्तूप क्षेत्रको विसं २०७८ सालमा गुरुयोजना बनाइएको थियो । लुम्बिनी मात्रै नभएर बुद्धसँग जोडिएका सबै स्थलको विकास र प्रचारप्रसार हुनसके दीर्घकालीनरूपमा यस क्षेत्रको विकास हुनसक्ने मन्त्री तामाङको भनाइ थियो । बुद्धसँग जोडिएका ऐतिहासिकस्थलको विकासका लागि तीनै तहका सरकारबीच सहकार्य जरूरी रहेकामा मन्त्री तामाङको जोड थियो । 

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले सङ्घीय सरकारले बुद्धसँग जोडिएका प्रदेशका समग्रस्थलको विकासलाई प्राथमिकतामा राख्नुपर्ने र त्यसमा पहलका लागि मन्त्री तामाङलाई आग्रह गरे । 

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले रामग्रामस्तूपको विकासका लागि सङ्घ, प्रदेश सरकार र लुम्बिनी विकास कोष संयुक्तरूपमा अगाडि बढ्नुपर्ने बताए । उनले लुम्बिनी विकास कोषले निर्माण गरेका ऐनहरू बाझिएकाले काम गर्न कठिनाइ भएको समेत बताए । 

ग्रेटर लुम्बिनीअन्तर्गत बनाइएको गुरुयोजनाले स्तूप क्षेत्रको एक सय १७ बिघा जग्गा समेटेको छ । गुरुयोजनाअनुसार जग्गा अधिग्रहणका लागि रु एक अर्ब ५० करोड र संरचना निर्माणका लागि रु पाँच अर्ब ५० करोड लागत अनुमानसहित गुरुयोजना तयार गरिए पनि मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ । 

गुरूयोजना कार्यान्वयनमा आए नवलपरासीपश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रका ऐतिहासिक, पुरातात्विक तथा धार्मिकस्थलको विकासका साथै बुद्धसँग सम्बन्धित विभिन्न संरचना निर्माण हुनेछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देश बन्दैन भनेर भ्रम छरे पनि देश बन्दै छ: नेता ज्ञवाली

गुल्मी । नेकपा (एमाले)का उप–महासचिव प्रदिव ज्ञवालीले धेरै प्रतिकुलताकोबिच देश बन्दै गरेको बताएका छन् । एमाले धुर्कोट गाउँ कमिटीको आयोजनामा बोमबहादुर–ट...

जनतासँग जोडिनु माओवादीकाे राजनीतिक मुद्दा हो: प्रचण्ड

अछाम । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको राजनीतिक मुद्दा गरिब जनता र समुदायसँग जोडिनु रहे...

परराष्ट्रमन्त्री डा. राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्र...

के हो चट्याङ अनि कसरी बच्ने ?

काठमाडौं । अहिले चट्याङको सिजन छ । दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन् । सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ,...

डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक

बेइजिङ । चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ । योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश), पू...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष सार्वजनिक रू...

स्रोत नखुलेको रकमसहित ४ पक्राउ

काठमाडौं । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख ३९ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई भारत नौतवना महाराजगंज थाना-४ बस्ने ५...

डेढ महिनादेखि निष्क्रिय जस्तै समाजवादी मोर्चा

काठमाडाैं । बामपंथीहरुकाे समाजवादी माेर्चा डेढ महिनादेखि निष्क्रिय जस्तै बनेकाे छ । नेकपा माओवादी, एकीकृत समाजवादी, नेसपा र नेकपा सम्मिलित समाजवादी मो...

इजरायलद्वारा दस जना प्यालेस्टिनीको रिहाइ

गाजा । इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दस जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको छ । रिहा गरि...

कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडाैं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा.६० प १७९५ नम्बरको मोटरसाइकल र बा.प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending