कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरीयामा रहेको कञ्चन बहुमुखी क्याम्पसका विद्यार्थीहरु दुनाटपरी बनाउने कार्यमा निपुण भएका छन् । विद्यार्थीहरुले दुई दिने तालिम लिएर दुनाटपरी बनाउने सीप सिकेका हुन् ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सामुदायिक वन समन्वय समितिले विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम प्रदान गरेको छ । बुधबार र बिहीबार गरी दुई दिन जीवन उपयोगी शिक्षाका लागि तालिम प्रदान गरिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताए ।
“प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरी वातावरण संरक्षणमा टेवा पुर्याउनका लागि विद्यार्थीलाई सीप सिकाएका छौँ”, उनले भने, “तालिममा सहभागी ६० बढी विद्यार्थीले दुनापटरी बनाउने सीप सिकेका छन् ।”
तालिमका क्रममा सिकेको सीपलाई व्यवहारमा उतारी आयआर्जन गर्ने योजना रहेको तालिममा सहभागी विद्यार्थी सङ्गीता चौधरीले बताइन । “दुनाटपरीको प्रयोगले वातावरणलाई बिगार्दैन” उनले भनिन्, “वन क्षेत्रमा निःशुल्क रुपमा सालाका पात पाइने गरेका छन, खेर गइरहेका पातहरुको प्रयोग गरी दुनाटपरी निर्माण गरी बिक्री गरेर आएको पैशाले क्याम्पसको खर्च धान्न सकिन्छ, अभिभावकसँग सधैं पकेट मनी, शैक्षिक सामग्री खरिदका लागि पैशा माग्न हात थाप्नु पर्दैन ।”
सुदूरपश्चिम प्रदेश सभाका पूर्वसदस्य रहेका जोशी स्थानीयस्तरमै निर्माण हुने दुनाटपरीको बजार प्रवर्द्धनमा जुटेका छन् । “दुनाटपरीको प्रयोग सुदूरपश्चिममा वर्षौदेखि हुँदै आएको छ”, उनले भने, “यसलाई व्यवसायीकरण गर्न नसक्दा स्थानय बासिन्दाको आयस्तरमाथि उठाउन सकिएको छैन ।” विवाह, ब्रतबन्ध, भोजभतेर, धार्मिक अनुष्ठानलगायत कार्यमा दुनाटपरीको प्रयोग हुँदै आएको छ ।”
वन क्षेत्रम खेर जाने र डढेलो लागेर जलेर वर्षेनी नष्ट हुने सालका पातलाई सदुपयोग गरी आयआर्जनको माध्यमबाट जीविका धान्ने साधन बनाउनका लागि कार्य अगाडि बढाइएको पूर्वप्रदेशसभा सदस्य जोशीको भनाइ छ । सामुदायिक वनमा आबद्ध महिला दुनाटपरी बनाउने कार्यमा संलग्न रहेको उल्लेख गर्दै उनले विद्यार्थीलाई दुनापटरीको महत्व दर्शाउने कार्यसँगै सीप सिकाएर दक्ष पारिएको बताए ।
“दुनाटपरीको प्रयोगले प्लाष्टिक जस्तो प्रदूषण गर्दैन, कुहेर जान्छ”, उनले भने, “बोक्न पनि सजिलो छ, सस्तो छ, वातावरण संरक्षणमा टेवा पुग्छ ।” “गाउँमा उत्पादन भएका दुनाटपरीलगायत सामग्री सहर बजारमा पुर्याएर बेच्नका लागि सहर गाउँ जोड्न चाहान्छौंँ, त्यसैले बजारको खोजतलास गर्दै काठमाडौं, पोखरासम्म दुनाटपरीको महत्व बुझाउँदै पुगेका छौंँ”, उनले भने ।
सामुदायिक वनका दुई सय बढी महिलालाई दुनाटपरी उद्योगमा संलग्न गराइ रोजगारी दिने लक्ष्य रहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: