Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

कञ्चन क्याम्पसका विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम

खबरडबली संवाददाता

कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरीयामा रहेको कञ्चन बहुमुखी क्याम्पसका विद्यार्थीहरु दुनाटपरी बनाउने कार्यमा निपुण भएका छन् । विद्यार्थीहरुले दुई दिने तालिम लिएर दुनाटपरी बनाउने सीप सिकेका हुन् । 

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सामुदायिक वन समन्वय समितिले विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम प्रदान गरेको छ । बुधबार र बिहीबार गरी दुई दिन जीवन उपयोगी शिक्षाका लागि तालिम प्रदान गरिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताए । 

“प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरी वातावरण संरक्षणमा टेवा पुर्‍याउनका लागि विद्यार्थीलाई सीप सिकाएका छौँ”, उनले भने, “तालिममा सहभागी ६० बढी विद्यार्थीले दुनापटरी बनाउने सीप सिकेका छन् ।”

तालिमका क्रममा सिकेको सीपलाई व्यवहारमा उतारी आयआर्जन गर्ने योजना रहेको तालिममा सहभागी विद्यार्थी सङ्गीता चौधरीले बताइन । “दुनाटपरीको प्रयोगले वातावरणलाई बिगार्दैन” उनले भनिन्, “वन क्षेत्रमा निःशुल्क रुपमा सालाका पात पाइने गरेका छन, खेर गइरहेका पातहरुको प्रयोग गरी दुनाटपरी निर्माण गरी बिक्री गरेर आएको पैशाले क्याम्पसको खर्च धान्न सकिन्छ, अभिभावकसँग सधैं पकेट मनी, शैक्षिक सामग्री खरिदका लागि पैशा माग्न हात थाप्नु पर्दैन ।”

सुदूरपश्चिम प्रदेश सभाका पूर्वसदस्य रहेका जोशी स्थानीयस्तरमै निर्माण हुने दुनाटपरीको बजार प्रवर्द्धनमा जुटेका छन् । “दुनाटपरीको प्रयोग सुदूरपश्चिममा वर्षौदेखि हुँदै आएको छ”, उनले भने, “यसलाई व्यवसायीकरण गर्न नसक्दा स्थानय बासिन्दाको आयस्तरमाथि उठाउन सकिएको छैन ।” विवाह, ब्रतबन्ध, भोजभतेर, धार्मिक अनुष्ठानलगायत कार्यमा दुनाटपरीको प्रयोग हुँदै आएको छ ।”

वन क्षेत्रम खेर जाने र डढेलो लागेर जलेर वर्षेनी नष्ट हुने सालका पातलाई सदुपयोग गरी आयआर्जनको माध्यमबाट जीविका धान्ने साधन बनाउनका लागि कार्य अगाडि बढाइएको पूर्वप्रदेशसभा सदस्य जोशीको भनाइ छ । सामुदायिक वनमा आबद्ध महिला दुनाटपरी बनाउने कार्यमा संलग्न रहेको उल्लेख गर्दै उनले विद्यार्थीलाई दुनापटरीको महत्व दर्शाउने कार्यसँगै सीप सिकाएर दक्ष पारिएको बताए । 

“दुनाटपरीको प्रयोगले प्लाष्टिक जस्तो प्रदूषण गर्दैन, कुहेर जान्छ”, उनले भने, “बोक्न पनि सजिलो छ, सस्तो छ, वातावरण संरक्षणमा टेवा पुग्छ ।” “गाउँमा उत्पादन भएका दुनाटपरीलगायत सामग्री सहर बजारमा पुर्‍याएर बेच्नका लागि सहर गाउँ जोड्न चाहान्छौंँ, त्यसैले बजारको खोजतलास गर्दै काठमाडौं, पोखरासम्म दुनाटपरीको महत्व बुझाउँदै पुगेका छौंँ”, उनले भने । 

सामुदायिक वनका दुई सय बढी महिलालाई दुनाटपरी उद्योगमा संलग्न गराइ रोजगारी दिने लक्ष्य रहेको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: