वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर रु एक अर्ब ७४ करोड खर्च गरेको छ । गत आवको तुलनामा पुँजीगत खर्चमा सामान्य सुधार भएको छ ।
महानगरले चालु आवको १० महिनाको अवधिमा चालु र पुँजीगत गरेर कुल विनियोजित बजेटको ५२ दशमलव सात प्रतिशत खर्च भएको जनाएको छ ।
महानगरको गत पुसमा भएको नगरसभाले गत असारमा विनियोजित बजेटमा रु २५ करोड थपेर तीन अर्ब ४६ करोड पुर्याएको थियो । गत असारमा महानगरले चालु आवको लागि रु तीन अर्ब २१ करोडको बजेट सार्वजनिक गरेको थियो ।
महानगरले चालु आवको १० महिनाको अवधिमा चालु खर्चतर्फ रु दुई अर्ब ३८ करोड ५५ लाख बजेट विनियोजन गरेकामा यो अवधिमा चालु खर्चतर्फ रु एक अर्ब ३४ करोड खर्च गरेको छ । महानगरले चालु आवमा पुँजीगत खर्चतर्फ भने रु ८८ करोड ३९ लाख बजेट विनियोजन गरेकामा रु ३९ करोड २२ लाख खर्च गरेको जनाएको छ ।
“महानगरको गत पुसमा भएको नगरसभाले रु २५ करोड बजेट थप गर्ने निर्णय ग¥यौं तर यो आवमा अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन सकेन,’’ वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भने ,‘‘सङ्घीय तथा प्रदेश सरकारबाट आउने समानीकरण बजेट पनि २५ प्रतिशत रोक्का हुँदा विकास निर्माणका काम प्रभावित भएका छन् । यद्यपि पुँजीगत खर्चमा सामान्य सुधार भएको छ । ’’
यसैबीच, वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...



प्रतिकृया लेख्नुहोस्: