Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

‘ठूलो आकारको नभई स्रोतको क्षमता हेरेर यथार्थपरक बजेट आवश्यक’

खबरडबली संवाददाता

ललितपुर । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ठूलो आकारको नभई स्रोतको उपलब्धताका आधारमा तथ्यपरक र यथार्थपरक विश्लेषणसहित आउनुपर्नेमा जानकारहरूले जोड दिएका छन् । 

नेपाल बुद्धिजीवी परिषद्ले आज ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यालयमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यदिशा’ विषयक छलफल कार्यक्रमका वक्ताहरुले त्यस्तो जोड दिएका हुन् । कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रको अवस्था र स्रोतसाधनको सापेक्षतामा आधारित भएर बजेट ल्याइनुपर्ने बताए । 

“हाम्रो राजस्व, वैदेशिक सहायता, आन्तरिक ऋणलगायत स्रोतको अवस्था हेर्दा ठूलो आकारको बजेट बनाउन सक्दैनौँ । माग बढेको छ, त्यसकारण बजेटको आकार बढाई दिउँ भन्ने छुट हामीलाई छैन । ठूलो आकारको बजेट ल्याएर सुरूकै दिनमा बजेटको विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था नआओस्”, पौडेलले भने । सोहौँ आवधिक योजना, सरकारको नीति तथा कार्यक्रम, सत्तारूढ दलको न्यूनतम साझा सङ्कल्पलगायत विषयमा आधारित भएर बजेट ल्याइनुपर्नेमा उनको जोड दिए । 

अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समाधान गर्नेगरी बजेट ल्याइनुपर्ने आवश्यकता पनि पौडेलले औँल्याए । “अहिले विदेशी मुद्राको सञ्चिति राम्रो छ तर त्यसको प्रयोग भएको छैन । ‘रेमिट्यान्स’ आइरहेको छ तर त्यसको सदुपयोग हुन सकेको छैन । बैङ्कमा तरलता राम्रो छ तर उत्पादन र रोजगारीका क्षेत्रमा लगानी भएको छैन । खराब कर्जाको स्थिति बढेको छ । उद्योगधन्दा एक तिहाइ क्षमतामा चलेका छन् । यी समस्या समाधान गर्नेगरी बजेट आउनुपर्छ,” पौडेलले भने । 

उनले शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने मुख्य चुनौतीलाई चिर्ने गरी बजेट आउनुपर्ने बताए । “मानिसमा निराशा छ  । उत्पादनका क्षेत्रमा उत्साहजनक अवस्था छैन । त्यसलाई चिर्ने गरी बजेट आउनुपर्छ,” पौडेलले भने, “विकास अलमलिएको छ । त्यसलाई गति दिने गरी बजेट आउनुपर्छ ।” 

सामाजिक न्यायमा आधारित समाजावाद उन्मुख बजेटको दिशामा जानुपर्ने बेला आएको भन्दै पौडेलले बजेट विनियोजनमा तीन तहका सरकारबीच दोहोरोपन हुन नहुनेमा पनि जोड दिए । “आवश्यकता पहिचानबिना नै योजनालाई बजेट दिने गरिएको छ । प्रदेश, पालिका, सङ्घमा एउटै योजना छन् । जस्तो आयोजनालाई पनि योजना बैङ्कमा चढाई दिने समस्या छ । यस्तो प्रवृत्ति हट्नुपर्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ” उनले भने । 

एमालेका केन्द्रीय सदस्य तथा बुद्धिजीवी परिषद् इन्चार्ज विद्या भट्टराईले संविधानले नै बजेट कस्तो बनाउने भनेर मार्गनिर्देश गरेको बताइन । बजेटलाई आर्थिक दृष्टिकोणले मात्र नभई अर्थसामाजिक दृष्टिकोणले समेत हेर्नुपर्ने उनको भनाइ छ । 

“सैद्धान्तिकभन्दा पनि व्यावहारिक पक्ष र नागरिकका आकाङ्क्षालाई केन्द्रमा राखेर बजेट ल्याउनुपर्छ,” भट्टराईले भनिन्, “हामीले बजेटलाई उत्पादनमुखी बनाउने कि उपभोक्तामुखी मात्रै बनाइराख्ने भन्ने मुख्य विषयमा पनि बहस आवश्यक छ । साथै सांसदका सुझाव बजेटमा समेटिएनन् भनेर गुनासो आउने गरेका गुनासालाई पनि ख्याल गरिनुपर्छ ।”

राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारीले मुलुकको आर्थिक अवधारणा कस्तो हुने भनेर संविधानले नै निर्धारण गरेको र त्यसलाई कार्यान्वयनमा जोड दिइनुपर्ने बताए । नेपालको बैङ्किङ तथा वित्त क्षेत्रले वास्तविक क्षेत्रमा लगानी बढाउन नसकेको उनको भनाइ छ । बजेट बनाउँदा पूर्वतयारी भएका र कार्यान्वयनयोग्य आयोजनामा रकम हाल्नुनपर्ने भए पनि अहिले रातारात ‘प्रोजेक्ट बैङ्क’को सूचीमा योजना थपेर बजेट विनियोजन गर्ने तयारी भइरहेको उनको आरोप छ । 

विज्ञहरूले अर्थतन्त्रको आकार र आम्दानीको स्रोत कम हुँदा बजेट व्यवस्थापनमा सकस पर्ने गरेको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र कृषि क्षेत्रबाट औद्योगिकीकरणमा जान नसकेर एकैपटक सेवा क्षेत्रमा जाँदा समस्या भएको धारणा राखे । 

“नीतिगत भ्रष्टाचार र साधारण खर्च बढेको तर विकास खर्च घटेको छ । साँवाब्याजमा ठूलो रकम खर्च भइरहेको, ‘रेमिट्यान्स’को पैसा घरायसी खपतमा धेरै खर्च हुने गरेको, सामाजिक सुरक्षालगायत कार्यक्रमले राज्यलाई दायित्व बढेको छ”, उनिहरुले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending