Ntc summer Offer
Khabar Dabali ३१ जेष्ठ २०८२ शुक्रबार | 13th June, 2025 Fri
Investment bank

गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप

खबरडबली संवाददाता

कास्की।   गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोेविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन ९आइपिभी० खोप दिइने भएको छ । 

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा यही जेठ १३ गतेदेखि २६ गतेसम्म गण्डकीमा खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

खोप कार्यक्रमका लागि तीन हजार चार सय ५३ खोप केन्द्र तथा स्वास्थ्यकर्मी र छ हजार नौ सय छ स्वास्थ्य स्वयंसेवक परिचालित हुने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिए । 

विसं २०७१ बाट सुरु भएको आइपिभी खोप विसं २०७३ को प्रारम्भदेखि विश्व बजारमा अभाव हुँदा दुई वर्षभन्दा बढी अवधिसम्म यो खोप लगाउनबाट छुटेका थिए । छुटेका बालबालिकालाई पालियो रोग लाग्ने जोखिम रहेकाले छुटेकालाई खोप दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको सचिव शर्माको भनाइ छ । 

सचिव शर्माका अनुसार नियमित खोप तालिकाअनुसार आइपिभी खोप दिनुपर्ने उमेर र उक्त समयमा यो खोप लगाउन छुट भएका हालको उमेरलाई विश्लेषण गरी बालबालिकाको उमेर समूह निर्धारण गरिएको छ ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई मात्र यो खोप दिने गरी लक्ष्य निर्धारण गरिएको र सोही आधारमा खोप तथा खोप जन्य सामग्रीको आपूर्ति तथा व्यवस्थापन गरिएको बताइन्छ । 

यस अभियानका लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकाले खोप केन्द्र समेत विद्यालयलाई बनाइएको छ । 

विद्यालय नजाने बालबालिका र विद्यालयमा खोप लगाउन छुट भएका बालबालिकाका लागि पायक पर्ने स्थानमा सञ्चालन हुने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा सञ्चालन हुने खोप केन्द्रमार्फत खोप लगाइने भएको छ ।

खोप अभियानमा मुस्ताङमा चार सय ५०, म्याग्दीमा चार हजार तीन सय ५६, बागलुङमा ११ हजार सात सय ७१, पर्वतमा पाँच हजार सात सय र स्याङ्जामा १० हजार एक सय ५४ बालबालिकालाई आइपिभी खोप दिइने छ । 

यसैगरी कास्कीमा २८ हजार तीन सय सात, मनाङमा एक सय ५३, लमजुङमा छ हजार छ सय ६५, गोरखामा आठ हजार पाँच सय ३९, तनहुँमा १४ हजार पाँच सय १२ र नवलपरासीमा १९ हजार सात सय २९ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ ।

पोलयो भाइरसद्वारा लाग्ने रोग हो । यो मुख्यरुपमा व्यक्ति–व्यक्तिबीचको सम्पर्कद्वारा फैलिन्छ । सङ्क्रमित व्यक्तिको दिसा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने यो रोगले मुख्य गरी पाँच वर्षमुनिका बालबालिकालाई असर गर्ने चिकित्सकको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कति छ आज सागसब्जी र फलफूलको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूल...

माओवादीमा जतिपनि केन्द्रीय सदस्य बनाउने प्रावधान निष्क्रिय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकता र अन्य पार्टीका नेताहरुलाई पार्टीमा भित्र्याउने लक्ष्यसाथ जतिपनि पनि केन्द्रीय सदस्य बनाउन सक्नेगरी प्र...

धानको उचित मूल्य नपाउँदा किसान निराश

नवलपरासी । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्...

धानको उचित मूल्य नपाउँदा किसान निराश

नवलपरासी । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्...

स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे

काठमाडाैं । स्पेनको एलिकेन्टेमा अवस्थित भिलेनाको खजानामा अहिलेसम्म गरिएको सबैभन्दा रहस्यमय खोजहरू प्रकाशमा आएको छ। उक्त खजानाबाट फलाम जस्ता दुईवटा ...

संसदीय समितिमा राष्ट्रिय निकुञ्जवारे छलफल हुने

काठमाडौं  । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।  जसअनुसार संघीयता सबलीकरण तथा रा...

प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका कायमै

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ। हिजोको प्रतिनिधिसभा बैठकला...

विद्या भण्डारी सक्रिय हुँदा प्रधानमन्त्री ओलीकाे निद हराम

नेता कार्यकर्ता भेट्न मैले एमालेका कुनै कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्दैनः भण्डारी

दूध र मह बिक्रीबाट मनग्य आम्दानी गर्दै पौडेल परिवार

बागलुङ । बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जसको कृषि कर्म...

विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पै...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending