लेखनाथ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी कास्कीमा शुक्रबारदेखि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसारपसार र सेवन निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गरी शुक्रबार राति १२ बजेदेखि मदिरामा रोक लगाइएको जनाएको छ । स्वच्छ, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिका, २०७८स निर्वाचन आयोगको विज्ञप्ति तथा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम यस्तो निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।
“आज ९शुक्रबार० राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म कास्की जिल्लाभर मदिराजन्य पदार्थको विक्री वितरण, ओसार–पसार तथा सेवन कार्यमा निषेध गरिएको छ” उनले भने।
प्रशासनले निर्वाचनको अवधिमा सार्वजनिक शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण होटल व्यवसायी, मदिरा व्यवसायी, राजनीतिक दल, उम्मेदवार तथा प्रतिनिधि एवं आम सर्वसाधारणलाई अनुरोध गरेको छ । सूचना कार्यान्वयनका लागि सुरक्षा निकायबाट सूक्ष्म अनुगमन तथा निगरानी हुने र सूचनाको अवज्ञा गरे प्रचलित कानुन बमोजिम हुने कारवाही हुने लम्सालले उल्लेख गरे।
फागुन २१ गते हुने निर्वाचनमा कास्कीमा तीन लाख आठ हजार पाँचसय ७२ मतदाता कायम भएका छन् । जिल्लामा एकसय ५३ मतदान स्थल र तीन सय ६३ मतदान केन्द्र छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...
आषाढ़ ६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्। शुक्रबार भएक...



प्रतिकृया लेख्नुहोस्: