जुम्ला, बैतडी, गोरखा र कञ्चनपुरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
जेष्ठ १२ गते, २०८१ शनिवार 25th May, 2024 Sat११:५६:११ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौँ । बैतडी, गोरखा र कञ्चनपुरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदैछ ।
कञ्चनपुरका ३३ हजार नौ सय ४२ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइने छ । पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जेठ १३ गतेदेखि २६ सम्म सम्बन्धित पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो ।
खोप अभियानका लागि जिल्लामा एक सय ५३ स्वास्थ्यकर्मी र सात सय १० महिला स्वास्थ्य स्वयंसेविका गरी आठ सय ६३ जना परिचालन गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यो खोप २०७१ सालदेखि लगाउन सुरु गरिएको हो । शुक्लाफाँटा नगरपालिकाका तीन हजार पाँच सय ८०, भीमदत्त नगरपालिकाका आठ हजार पाँच सय ६२, बेल्डाँडी गाउँपालिका एक हजार एक सय ७४, बेलौरी नगरपालिकाका दुई हजार सात सय ९३, लालझाडी गाँउपालिकाका एक हजार तीन ८१ बालबालिकालाई खोप लगाइने छ । पुनर्वास नगरपालिकाका चार हजार तीन सय ११, बेदकोट नगरपालिकाका तीन हजार दुई सय ३२, कृष्णपुर नगरपालिकाका पाँच हजार छ सय ६७ र दोधाचाँदनी नगरपालिकाका तीन हजार दुई सय ४२ बालबालिकालाई खोप लगाइने छ ।
जुम्लाका पाँच हजार आठ सय बालबालिकालाई पोलियोेविरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा जेठ १३ गतेदेखि १५ गतेसम्म पातारासी, गुठिचौर, चन्दननाथ र तातोपानीमा खोप अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा जेठ १८ गतेदेखि २० गतेसम्म तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानअन्तर्गत २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका पाँचदेखि आठ वर्ष उमेर समूहका बालबालिकालाई मात्र खोप लगाइँनेछ ।
यसैबीच गोरखा समाचारदाताले जनाएअनुसार गोरखाका आठ हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ । जिल्लाका सबै पालिकामा जेठ १६ गते एकैसाथ खोप अभियान सञ्चालन गरी आठ हजार पाँच सय ३९ जना बालबालिकालाई खोप लगाउने तयारी जारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
एघार पालिका रहेको गोरखामा गोरखा नगरपालिकामा सबैभन्दा धेरै दुई हजार चार सय ८६ जना बालबालिकालाई खोप लगाइने छ । पालुङटार नगरपालिकामा एक हजार ९१, आरुघाट गाउँपालिकामा सात सय ३०, बारपाक सुलिकोट गाउँपालिकामा छ सय ६७ जना बालबालिकालाई खोप लगाइनेछ ।
गण्डकी गाउँपालिकामा छ सय ४१, धार्चे गाउँपालिकामा छ सय २८, सहिदलखन गाउँपालिकामा छ सय तीन, सिरानचोक गाउँपालिकामा चार सय ९९, भीमसेन थापा गाउँपालिकामा चार सय ८५, अजिरकोट गाउँपालिकामा चार सय १२ र चुमनुब्री गाउँपालिकामा दुई सय ९७ जना बालबालिकालाई खोप लगाउने कार्यक्रम छ ।
खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभर दुई सय ५९ केन्द्र तोकिएको छ भने दुई सय ५९ जना स्वास्थ्यकर्मी र पाँच सय १८ जना स्वयंसेवक परिचालन गरिने छ । साथै एक सय २३ जना जनशक्ति पनि परिचालन गरिनेछ
यसैगरी बैतडीका १३ हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार जेठ १६ देखि २३ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सिन्धुलीमाढी। बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुली जिल्लामा पर्ने नेपालथोक–बर्षेखोला खण्डमा रातको समयमा सवारी सञ्चालन बन्द गरिए...
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्न गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप...
पर्सा। मधेश आन्दोलनको क्रममा भएको वीरगन्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगन्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठुलो सङ्कुच...
कोहलपुर। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गरेको छन् । बिही...
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएक...
बिहार। भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको ...
प्रतिकृया लेख्नुहोस्: