Khabar Dabali २६ कार्तिक २०८२ मंगलवार | 11th November, 2025 Tue
Investment bank

सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान

खबरडबली संवाददाता

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ ।

शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत बरिष्ठ अधिकृतहरुले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको प्रधान कार्यालयमा स्वागत गरेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपालको ईतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले जेठ ७ गते सोमबार बिहान १०स् २० बजेको समयमा सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहण पश्चात् उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सिधै प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाईएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक पौडेललाई संगठनको तर्फबाट आइजी एपीएफ कमेन्डेसनद्वारा सम्मान समेत  गरिएको छ  ।

इलाइट एक्सपेड नेपाल एपीएफ एभरेष्ट एक्सपेडिसन( २०२४  नामक पर्वतारोही दलको नेतृत्व गर्दै शेर्पा एक्सट्रिम प्रा।लि। मार्फत सशस्त्र प्रहरी निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत्र ३० गते त्यसतर्फ गएका थिए । उनले यस बिचमा सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनअघि महाधिवेशनको मिति घोषणा गरौं : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आगामी आमनिर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशनको मिति घोषणा गर्नुप...

मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले...

मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ

काठमाडौँ । मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिएको छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार उहाँले राष्ट्रपति राम...

देउवा दम्पतीमाथि आक्रमण गर्नेलाई कडा कानुनी कारबाही गर्न जोडदार माग गर्दछु: ज्ञानेन्द्र कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी सभापति शेरबहादुर देउवा र नेतृ डा। आरजु राणा देउवामाथि भएको आक्रमणलाई समग्र लोकतन्त...

मुगुमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

बाजुरा। गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सवस्टेसन जडानका लागि पोल ढुवानी ग...

प्रधानमन्त्री कार्कीद्वारा दिल्ली विस्फोटप्रति दु:ख व्यक्त

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली विस्फोटप्रति दु:ख व्यक्त गरेको छिन्। ट्वीटर (एक्स)मार्फत उहाँले विस्फोटप्रति दु:ख व्यक्त गरेको हो ।  ...

सडक विभागले यी २२९ ठेक्का तोड्दै

काठमाडौं । लामो समयसम्म प्रगति नभएका २ सय २९ सडक र पुल निर्माणका ठेक्का तोड्ने प्रक्रिया सडक विभागले सुरु गरेको छ।   सडक विभागले सोमबार सार्वजनि...

सिँचाइ र ऊर्जाका १६ आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत, कुन-कुन परे ?

काठमाडौं । सरकारले ऊर्जा र सिँचाइ क्षेत्रका १६ आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा सूचीकृत गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्...

७५३ वटै पालिकाममा जनप्रदर्शन गर्दै एमाले

काठमाडौँ। विघटित प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मुलुकका ७५३ वटै पालिकामा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको...

‘जेनजी आन्दोलन’मा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु हुन्छ: अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले ‘जेनजी आन्दोलन’का क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका संरचनाहरूको पुनर्निर्माण दुई महिनापछि सुरु हुने बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending