सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–९ मा रहेको करिब तीन दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा बिक्री गरिएपछि स्थानीय आक्रोशित भएका छन् ।
विसं २०३७ मा पासमान सामुदायिक भवन निर्माणका लागि स्थानीय कासिन्द्र मोरवैताले प्रदान गरेको साढे आठ धुर जग्गामा विसं २०५४ देखि सामुदायिक भवन निर्माण गरी प्रयोग हुँदैआएकामा मिलेमतोमा बिक्री गरिएको स्थानीयको आरोप छ ।
स्थानीय विनोद पासमानले पासमान सामुदायको भावनासँग जोडिएको सामुदायिक भवनको जग्गा व्यक्तिको नाउँमा पास भएपछि आफूहरु अन्यायमा परेको बताए । “यो सामुदायिक भवनसँग हाम्रो तीन दशकको सम्बन्ध छ । यसमा समुदायको सामाजिक, सांस्कृतिक एवम् भावनात्मक सम्बन्ध गाँसिएको छ । तत्कालीन कर्जना गाविसले दिएको रकम र यहाँका समुदायले दुःख गरी कमाएको पैसाबाट जनश्रमदान गरी एकतले भवन बनाएका थियौँ”, पासमानले भने, “यसै भवनबाट हामी सार्वजनिक भेला, छलफल, भोजभतेरलगायत सामाजिक कार्य गर्दै आएका छौँ । अब यो खरिद बिक्री गरिएपछि कहाँ जाने ?”
स्थानीयले वडाध्यक्षको संलग्नतामा गत माघ १६ गते स्थानीय एक व्यक्तिको नाममा दर्ता कायम गरिएको भन्दै शुक्रबारदेखि वडा कार्यालयमा तालाबन्दीसहित आन्दोलन सुरू गरेका छन् ।
अर्का स्थानीय रामलखन पासमानले स्थानीयको पहलमा भवन जीर्ण भएपछि दुईतले नयाँ भवन निर्माणका लागि मधेस प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि रु ५० लाख विनियोजन गरिएकामा सो रकम कार्यान्वन गर्ने क्रममा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थाहा भएको बताए । “योजना कार्यान्वयनका लािग उपभोक्ता समिति गठन भइसकेको थियो । पुरानो भवनसहितको जग्गा अरुकै नाममा दर्ता गरिएपछि बजेट नै फ्रिज हुने सम्भावना बढेर गएको छ । त्यसविरुद्ध आन्दोलनमा गरिरहेका छौँ”, उनले भने ।
सामुदायिक भवनको नाममा जग्गा फिर्ता गर्न स्थानीयले पटकपटक विरोध प्रदर्शन गर्दै आएका छन् तर त्यसको सुनुवाइ हुनसकेको छैन । वडा कार्यालय र नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि मागलाई बेवास्ता गरेकाले बाध्य भएर वडा कार्यालयमा तालाबन्दीसहित आन्दोलन गर्नुपरेको स्थानीय गुब्दी देवी पासमानले बताए ।
सामुदायिक जग्गा कसले र कसरी व्यक्तिलाई बिक्री गरे भन्ने विषयमा अहिले स्थानीयस्तरमा निकै चासो छ । स्थानीयले वडाध्यक्ष मो.मस्तकिमकै मिलेमतोमा उक्त काम भएको बताइरहेका छन् भने अवडाध्यक्षले भने आफूले जग्गा बिक्री गर्न सिफारिस नदिएको तर तत्कालिन कार्यवाहक वडाध्यक्षले सिफारिस दिएको बताए । उनको भनाइ छ, “हामीले अर्कै जग्गा बिक्री गर्न सिफारिस दिएका थियौँ । मालपोतका हाकिमले पुरानै सिफारिसलाई आधार मानेर जग्गा पास गरिदिए छन् । यसलाई सच्चाउन पहल गर्नेछु ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: