Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि समन्वय गर्ने सहमति

खबरडबली संवाददाता

काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आन्दोलनरत पक्षसँग भएको छलफलपछि दृष्टिविहीन समुदायले उठाएका माग सम्बोधनका लागि आवश्यक पहल गर्ने सहमति भएको हो ।

सहमतिअनुसार माइतीघर मण्डलामा सञ्चालन भइरहेको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ । साथै दृष्टिविहीन समुदायका मागहरू सम्बोधन नभएसम्म तथा साउन मसान्तसम्म उहाँहरूले सञ्चालन गरिरहनुभएको कला तथा साङ्गीतिक प्रस्तुति र जीविकोपार्जनका गतिविधि हाल सञ्चालन भइरहेका स्थानमा कुनै अवरोध वा रोकछेक नगरी निरन्तर सञ्चालन गर्न दिने सहमति भएको छ ।

वार्ताका क्रममा दृष्टिविहीन समुदायले उठाएका माग सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले युवा, श्रम तथा रोजगार मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयसँग आवश्यक समन्वय गरी समाधान प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

दृष्टिविहीन समुदायले सीप, योग्यता, दक्षता र क्षमताअनुसार रोजगारीको सुनिश्चितता, पढ्ने–लेख्ने अवसरबाट वञ्चित दृष्टिविहीन व्यक्तिका लागि सीपमूलक तालिम, बीउपुँजी तथा बजारीकरणको व्यवस्था, उमेर वा अन्य कारणले रोजगार तथा स्वरोजगार गर्न असमर्थ व्यक्तिका लागि जीवननिर्वाहयोग्य बेरोजगार भत्ताको सुनिश्चितता, सम्पूर्ण दृष्टिविहीन व्यक्ति तथा उहाँहरूमा आश्रित परिवारका सदस्यहरूको नि:शुल्क स्वास्थ्य उपचार, सहायक सामग्री तथा सहायक प्रविधिको नि:शुल्क उपलब्धता, हवाई तथा सडक सार्वजनिक यातायातमा अपाङ्गता परिचयपत्रका आधारमा ५० प्रतिशत छुटको प्रभावकारी कार्यान्वयन, दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिका छोराछोरीलाई निजी तथा सामुदायिक विद्यालयमा सामान्य तथा प्राविधिक शिक्षा नि:शुल्क उपलब्ध गराउने व्यवस्था तथा व्यवसाय गर्न इच्छुक व्यक्तिका लागि बिनाधितो कम्तीमा १० लाख रुपैयाँसम्म १० वर्षे किस्ताबन्दीमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

वार्तापछि दुवै पक्षबीच सम्बन्धित मन्त्रालयसँग नियमित समन्वय, संवाद र सहकार्यलाई निरन्तरता दिँदै दृष्टिविहीन समुदायका जायज माग चरणबद्ध रूपमा सम्बोधन गर्ने समझदारी भएको छ । साथै मागहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्दै समाधान प्रक्रिया अगाडि बढाइने सहमति पनि भएको छ ।

यस सहमतिसँगै विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी आन्दोलन तत्कालका लागि स्थगित भएको छ भने दृष्टिविहीन समुदायका मागहरूको दिगो समाधानका लागि सरकार र आन्दोलनरत पक्षबीच निरन्तर संवाद र सहकार्य जारी रहने विश्वास व्यक्त गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...

मन्त्रीमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा स्वास्थ्यकर्मी अधिकारी पक्राउ

जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...

दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि समन्वय गर्ने सहमति

काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...

अब नयाँ रणनीतिबाट झापाको हात्ती आतंक रोकिन्छ : गृहमन्त्री गुरुङ

झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...

तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र र सदरमुकाम जोड्ने सडक दुई लेन बनाइने: मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेन: मौसमविद्

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ ।    विभागका वरिष्ठ मौसमविद् म...

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा रोशन पोखरेल पुर्पक्षका लागि थुनामा

पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...

प्रधानमन्त्री शाहको एडीबी अध्यक्ष कान्दासँग भेट, १६५ मिलियन डलर सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...

निर्वाचन कानुन नबने आगामी निर्वाचन थप जोखिममा पर्न सक्ने भण्डारीको चेतावनी

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending