झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन् ।
गृहमन्त्री सुदन गुरुङले सोमबार साँझ हात्तीको मुख्य गौडा ९प्रवेश मार्ग० पुगेको हो । जिल्लाका सुरक्षा निकायका प्रमुखसहित गृहमन्त्री गुरुङ उक्त क्षेत्रमा पुगेको हो ।
करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरिएको ६५ किलोमिटर लामो विद्युतीय बार र अन्य सुरक्षा उपाय असफल भइरहेका बेला सरकारका तर्फबाट भएको यो उच्चस्तरीय निरीक्षणलाई स्थानीयबासीले निकै चासोका साथ हेरेका छन् ।
निरीक्षणकै क्रममा गृहमन्त्री गुरुङले भारतको पश्चिम बंगालतर्फबाट मेची नदी पार गरी नेपाली भूभागमा प्रवेश गर्न लागेको हात्तीको एउटा ठूलो झुण्डलाई प्रत्यक्ष रूपमा नियाल्नु भएको थियो ।
हात्तीको बथान गाउँ पस्न लागेको त्यो डरलाग्दो दृश्य प्रत्यक्ष देखेपछि उहाँले बाहुनडाँगीबासीले वर्षौँदेखि भोग्दै आएको दैनिक सन्त्रास र पीडालाई नजिकबाट महसुस गरेको बताउनु भयो । स्थानीयले पनि यो आफूको दैनिकी अवस्था रहेको भन्दै मन्त्री मन्त्री गुरुङलाई यो अवस्थाबाट पार दिलाइदिन आग्रह गरे ।
पुराना प्रयास असफल, नयाँ अध्ययन गरिने
मेची किनारको स्थलगत निरीक्षणपछि स्थानीयबासीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले विगतमा भएका सरकारी प्रयासहरू प्रभावकारी हुन नसकेको देखिएको बताए। 'अहिलेसम्म राज्यका तर्फबाट भएका र गरिएका प्रयास सफल हुन सकेनन्, त्यो आज स्पष्ट देखियो,' उनले भने, 'पहिला गरिएका कामले पार नपाएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ । सरकार यस समस्याप्रति अत्यन्तै संवेदनशील छ ।'
मन्त्री गुरुङले तत्कालै यस विषयमा नयाँ शिराबाट वैज्ञानिक अध्ययन सुरु गरिने प्रतिबद्धता जनाउनुभयो । हालसम्म करोडौँको लगानीमा निर्माण गरिएका सौर्य ऊर्जा सञ्चालित विद्युतीय बार मर्मतसम्भारको अभावमा जीर्ण बनेको भन्दै उहाँले भत्केका र घाँसले ढाकिएका तारको समेत अवलोकन गर्नुभयो । उहाँले यसको मर्मतसम्भार गरिनुपर्ने भन्दै स्थानीय सरकारका इन्जिनियरको खोजी गर्नुभएको थियो । विगतका कमजोरीलाई सुधार्दै दीर्घकालीन समाधानको खोजी गर्न सरकार लागिपर्ने उहाँको भनाइ थियो ।
स्थानीयको एउटै स्वर– मेचीमा पक्की बाँध बाँधिदेऊ, हाम्रो ज्यान बचाइदेऊ
गृहमन्त्रीलाई आफ्नै आँगनमा पाएपछि भावुक बनेका बाहुनडाँगीका स्थानीयबासीले आफ्नो ज्यान रक्षा गरिदिन भन्दै हारगुहार गरेका थिए । बिहान–बेलुका नै घरका ढोका बन्द गरेर त्रासमा बस्नुपर्ने, पाकेको बाली जोगिने निश्चित नहुने र गोठका चौपायासमेत सुरक्षित नरहने भन्दै स्थानीयले मन्त्रीसँग आफ्नो पीडा पोखेका थिए । ूहामीलाई केही चाहिँदैन, हाम्रो ज्यान बचाइदिनुहोस्,ू स्थानीयले भने ।
स्थानीयले मेची नदीको किनारैकिनार बलियो र अग्लो पक्की बाँध निर्माण गर्न माग गरेका छन् । यसलाई नाघेर हात्तीहरू कुनै पनि हालतमा नेपालतर्फ आउन नसक्ने भएकाले सुरक्षित अवस्था सिर्जना हुने उनीहरूको भनाइ छ । यसैगरी सुरक्षाकर्मीलाई विशेष तालिम र अधिकार दिन पनि उनीहरूले आग्रह गरेका छन् ।
हात्ती धपाउन परिचालन गरिने सुरक्षाकर्मीसँग पर्याप्त सीप र साधन नभएको गुनासो स्थानीयको थियो । उनीहरूले सुरक्षाकर्मीलाई विशेष तालिम दिन र हात्तीलाई नियन्त्रणमा लिन प्लास्टिकको गोली प्रहार गर्न पाउने कानुनी अधिकारसहित मैदानमा खटाउन माग गरेका छन् । ूहामीलाई अरू केही चाहिन्न, जसरी हुन्छ यी जङ्गली हात्तीहरूबाट हाम्रो ज्यान र जीविकोपार्जन बचाइदिनुस्,ू स्थानीय हात्तीपीडितहरूले भनेका थिए ।
६५ किलोमिटर बार र करोडौँको लगानी बालुवामा पानी
नेपाल सरकारको हात्ती संरक्षण कार्ययोजनाअन्तर्गत झापामा ६५ किलोमिटरभन्दा बढी दूरीमा विद्युतीय बार निर्माण गरिएको छ । सन् २०१५ मा सुरुवाती चरणमा १७ किलोमिटर बार लगाउँदा मानव–हात्ती द्वन्द्व र बालीनालीको क्षतिमा ९० प्रतिशतभन्दा बढीले कमी आएको अनुसन्धानले देखाएको थियो । तर, त्यो सफलता दिगो हुन सकेन ।
लाखौँ रुपैयाँ खर्चेर बनाइएको बारको नियमित मर्मत हुन सकेन । कतिपय ठाउँमा तस्करी गर्नेहरूले तार काटिदिए भने चनाखो बनेका हात्तीहरूले बारमाथि रुख ढालेर गाउँ पस्ने नयाँ जुक्ति निकाले । परिणामस्वरूप, पहिले बाहुनडाँगीमा मात्र सीमित रहेको यो आतङ्क अहिले झापाका अन्य पालिकाहरूमा समेत फैलिँदै गएको छ ।
प्रतिकृया लेख्नुहोस्: