मुगु । मुगुका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक (प्रअ) ले आफ्नो पेशागत हकहित र संरक्षणका लागि प्रधानाध्यापक सङ्घ गठन गरेका छन् ।
आज सदरमुकाम गमगढीस्थित महाकाली नमूना माध्यमिक विद्यालयमा भेला आयोजना गरी जिल्लाभरिका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक सङ्गठित भएका हुन् । भेलाले महाकाली माध्यमिक विधालयका प्रअ खडकबहादुर रोकायाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बिर्खबहादुर बढुवाल, सचिवमा सुवास रावल, कोषाध्यक्षमा रञ्जिता कर्ण मल्लिक, सहसचिवमा नरेश शाहीसहित २५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएको अध्यक्ष खड्कबहादुर रोकायाले बताए ।
भेलाले जिल्लाका चार पालिकामा पनि पालिकास्तरीय समिति गठनका लागि संयोजक तोकेको छ । जसअनुसार सोरु गाउँपालिकाको लागि राजबहादुर मल्ल, खत्याड गाउँपालिकाको लागि टङ्क संज्याल, मुगुम कार्मारोङ्ग गाउँपालिकाका लागि लग्नसिङ्ग सेजुवाल र छायानाथ रारा नगरपालिकाको लागि चन्द्रप्रकाश बढुवाल संयोजक रहेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्कीले प्रधानाध्यापक सङ्गठित भएपछि शिक्षक हक, अधिकारका साथै गुणस्तरी शिक्षण सिकाइ, पेशागत दक्षता र सामुदायिक शिक्षाको अवस्था सुधार्न योगदान पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानाध्यापकहरुको प्रतिनिधित्व गर्दै भेलालाइ सम्बोधन गरेका जनज्योति माध्यमिक विद्यालय धुपी सोरु गाउँपालिकाका प्रधानाध्यापक सुवास रावलले सङघले गैरराजनीति चरित्रलाई व्यवहारमा उतार्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: