मुगु । मुगुका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक (प्रअ) ले आफ्नो पेशागत हकहित र संरक्षणका लागि प्रधानाध्यापक सङ्घ गठन गरेका छन् ।
आज सदरमुकाम गमगढीस्थित महाकाली नमूना माध्यमिक विद्यालयमा भेला आयोजना गरी जिल्लाभरिका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक सङ्गठित भएका हुन् । भेलाले महाकाली माध्यमिक विधालयका प्रअ खडकबहादुर रोकायाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बिर्खबहादुर बढुवाल, सचिवमा सुवास रावल, कोषाध्यक्षमा रञ्जिता कर्ण मल्लिक, सहसचिवमा नरेश शाहीसहित २५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएको अध्यक्ष खड्कबहादुर रोकायाले बताए ।
भेलाले जिल्लाका चार पालिकामा पनि पालिकास्तरीय समिति गठनका लागि संयोजक तोकेको छ । जसअनुसार सोरु गाउँपालिकाको लागि राजबहादुर मल्ल, खत्याड गाउँपालिकाको लागि टङ्क संज्याल, मुगुम कार्मारोङ्ग गाउँपालिकाका लागि लग्नसिङ्ग सेजुवाल र छायानाथ रारा नगरपालिकाको लागि चन्द्रप्रकाश बढुवाल संयोजक रहेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्कीले प्रधानाध्यापक सङ्गठित भएपछि शिक्षक हक, अधिकारका साथै गुणस्तरी शिक्षण सिकाइ, पेशागत दक्षता र सामुदायिक शिक्षाको अवस्था सुधार्न योगदान पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानाध्यापकहरुको प्रतिनिधित्व गर्दै भेलालाइ सम्बोधन गरेका जनज्योति माध्यमिक विद्यालय धुपी सोरु गाउँपालिकाका प्रधानाध्यापक सुवास रावलले सङघले गैरराजनीति चरित्रलाई व्यवहारमा उतार्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: