एजेन्सी । इजिप्टबाट सहायताका ट्रकहरू इजरायल नियन्त्रित केरेम शालोम सीमाक्षेत्र हुँदै आइतबार गाजा क्षेत्रमा प्रवेश गर्न थालेको इजिप्टको राष्ट्रिय समाचारमाध्यम अल–काहेरा न्यूजले जनाएको छ ।
इजरायलले प्यालेस्टिनी क्षेत्र कब्जा गरेपछि मे सुरुदेखि बन्द गरेको इजिप्टपट्टीको राफाह सीमाबाट सहयोग सामग्री लिएर कूल २०० ट्रकहरू राफाहबाट लगभग चार किलोमिटर दक्षिणमा रहेको केरेम शालोम सीमातर्फ लागेका छन् ।
इजिप्टले इजरायली सेनाले प्यालेस्टिनी पक्षलाई नियन्त्रणमा लिएसम्म राफाहमार्फत सहयोग समन्वय गर्न अस्वीकार गरेको छ । तर शुक्रबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँगको वार्तामा दक्षिणी गाजामा अर्को प्रवेश बिन्दु केरेम शालोममार्फत सहयोगको अनुमति दिन सहमत हुनुभएको ह्वाइट हाउसले जनाएको हो ।
अल–काहेरा न्यूजले घेराबन्दी गरिएको गाजामा निरीक्षणपश्चात कति ट्रकहरू सीमा पार गरे भनेर निर्दिष्ट नगरेको भएतापनि ‘चार इन्धन ट्रक’ सीमा पार गरिसकेर अस्पतालतर्फ गइरहेका जानकारी गराएको छ । इजिप्टबाट आउने सबै सहायता इजरायली अधिकारीहरूद्वारा निरीक्षण गरिन्छ र संयुक्त राष्ट्रसङ्घमार्फत वितरण गरिनेछ ।
“बाँकी २०० सहायताका ट्रकहरू आज गाजामा प्रवेश गर्ने अपेक्षा गरिएको छ,” अल–अरिसमा इजिप्टियन रेड क्रिसेन्टका प्रमुख खालिद जायदले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: