Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

जनताको कुरा सरकारसम्म पुर्‍याउने काम पत्रकारको हो: मुख्यमन्त्री जम्कट्टेल

खबरडबली संवाददाता

हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनताका विषयलाई सरकारसम्म पुर्‍याउने काम पत्रकारको भएकाले पत्रकार जिम्मेवार हुनुपर्ने धारणा राखेका छन् । 

कृष्ण सेन ईच्छुकको २२औँ स्मृति दिवसका प्रेस सेन्टर नेपाल मकवानपुरले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उनले पत्रकारहरुमा आलोचनात्मक चेत हुनुपर्नेमा जोड दिए । “पत्रकारले खबरदारी र सचेत गराउने काम गरेमा समाजमा सुशासन कायम रहन्छ”, उनले भने । 

उनले सरकार र नेतृत्वले आलोचना सहने क्षमता राख्नुपर्ने धारणा पनि राखे । उनले सञ्चार क्षेत्रसम्बन्धी नीति, कानून, नियमावली र नियम प्रदेश सरकारले बनाएको भन्दै त्यसको कार्यान्वयनमा देखिएका समस्या समाधान गरिने बताए । 

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गङ्गानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकसमन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं केन्द्रीय ईन्चार्ज महेश्वर दाहालको विशेष आतिथ्यता थियो । 

सो अवसरमा अग्रज पत्रकारहरु महेन्द्र श्रेष्ठ, सम्झना कार्की, राममणि दाहाल, रामकुमार एलन, भानुभक्त आचार्य, कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ, कलमचन्द्र सुमन र मोहनमान साँगामीलाई माला र सम्मान पत्रले सम्मान गरिएको थियो । 

कार्यक्रममा रुद्रसेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रताप बिष्टलाई, रुद्रसेन स्मृति पत्रकारिता पुरस्कार नवराज शर्मा तिमल्सिनालाई र कौशल पाण्डे जनपक्षीय राष्ट्रिय पत्रकारिता पुरस्कार महेश्वर दाहाललाई प्रदान गरिएको थियो । 

साथै, क्रियाशील पत्रकारिता पुरस्कारबाट राजन दाहाल, एमपी शर्मा, सुबाश बिडारी, सरला अधिकारी, बालकृष्ण दाहाल र प्रतिक्षा न्यौपानेलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, ग्रामीण पत्रकारिता पुरस्कार शिवकुमार काशी, उमेश राई, शम्भु अधिकारी र विवेक सिन्तानलाई प्रदान गरिएको थियो । सुत्केरी प्रोत्साहन बापत जनही रु पाँच हजार पत्रकारहरु रञ्जिता डङ्गोल, रुपा गुरुङ र मनिता दानीलाई प्रदान गरिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending