Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

नेपाल प्रहरी श्रीमती संघद्वारा रौतहटमा छात्रवृत्ति वितरण

खबरडबली संवाददाता

रौतहट । नेपाल प्रहरी श्रीमती संघले रौतहटको गरुडास्थित प्रहरी विद्यालयमा अध्ययनरत् छात्रछात्रालाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री वितरण गरेको छ । 

‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रका साथ नेपाल प्रहरी श्रीमती संघले प्रहरी विद्यालय जिंगडियामा अध्यनरत् छात्रछात्रालाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री वितरण गरिएको हो ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले संघ स्थापनाकालदेखि नै सेवा मन्त्रलाई आत्मसात गर्दै सेवामुलक कार्यहरू गर्दै आइरहेको बताएकी छिन् ।

विपद व्यवस्थापनको क्षेत्र अथवा जुन अवस्थामा पनि संघले सधै सकारात्मक कार्यहरू गर्दै आएको उनले बताइन् । उनले प्रहरी विद्यालयका गरिब तथा जेहेन्दार छात्रछात्राहरूलाई संघले विशेष प्राथमिकतामा राखेर ३० जनालाई छात्रवृत्ति प्रदान गरेकी थिइन् ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष कुँवरले प्रहरी विद्यालयको लाइब्रेरीका लागि पठ्यपुस्तक तथा शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख तथा डिआइजी यज्ञविनोद पोखरेलले रौतहटमा २२ वर्षअघि स्थापना भएको प्रहरी विद्यालय जिल्लामा उत्कृष्ट विद्यालयको रूपमा स्थापित हुन सफल भएको बताएका थिए ।

शिक्षाको ज्योति नेपाल प्रहरीका सन्तानलाई मात्र नभई सर्वसाधारण सबै नेपालीका छोराछोरीले  पाइरहेकोमा आफू गौरवान्वित भएको डिआइजी पोखरेलको भनाइ थियो । उक्त अवसरमा रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, डिएसपीद्वय ओमप्रकाश खनाल र गौरव महत, विद्यालयका समादेशक इन्स्पेक्टर पप्पु नायक, नेपाल प्रहरी श्रीमती संघको केन्द्रीय सचिव, सहसचिव, मधेश प्रदेश अध्यक्ष लगायतका नेपाल प्रहरीका अधिकृतहरूको उपस्थिति थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: