Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

कांग्रेसलाई पेलेरै जाने मूडमा सरकार, बजेटअघि जुट्ला सहमति ?

खबरडबली संवाददाता

काठमाडौं । बजेट ल्याउनुपर्ने मितिको दुई दिनअघि प्रमुख प्रतिपक्षीको विरोधबिच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ।

आइतवार नै सदनमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण समेत पेस गर्दै चालु आर्थिक वर्षमा झण्डै चार प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान सार्वजनिक गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकै बीच सभामुखले संसद्को कारबाही अगाडी बढाएका हुन्।

अर्थमन्त्री पुन रोस्टमसम्म पुग्नका लागि कांग्रेसको अवरोध छल्न सत्ता पक्षीय सांसद तथा मर्यादा पालकहरूको सहयोग लिनु परेको देखिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सम्बोधन गर्न जाँदा भने मर्यादा पालकहरू उनको अघिपछि लागेका थिए। नीति तथा कार्यक्रममाथि राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले दुई वटा संशोधन प्रस्ताव दर्ता गराए।

जस क्रममा जनमोर्चाका सांसद चित्रबहादुर केसीले 'सहकारीमा ठगेर यत्रो मुलुकलाई बरबाद पार्नेहरूलाई सत्तापक्षले जोगाउन षड्यन्त्र गरिराखेको' आरोप लगाए।
उनले सत्ताधारीको दुर्दशा देखिएको भन्दै नीति तथा कार्यक्रमलाई समर्थन नगर्ने बताए।

नेमकिपाका सांसद प्रेम सुवालले सत्ता र प्रतिपक्षबीच समझदारी नहुँदा नीति तथा कार्यक्रमको छलफल 'औपचारिकतामा मात्र सीमित हुने' देखिएको बताउँदै केही संशोधनका बूँदा सुझाएका थिए।

बजेटअघि सहमति बन्ने आशा

प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा उठेका विषयहरूमा विरोधकै बीच जबाफ दिनुपर्दा आफूलाई 'नमिठो लागेको' बताउँदै गतिरोध अन्त्य गर्नका लागि नेताहरूसँग छलफल र प्रयासहरू भइरहेको बताए। प्रचण्डले भने: “हामी सहमति र समझदारीको धेरै नजिक पुगेको पनि बेलाबेलामा महसुस पनि गरेका छौँ।”

उनले आइतवार नै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर छलफल भएको बताउँदै “बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्ने विश्वास” व्यक्त गरेको बताए।

तर सदन अवधिभर कांग्रेस सांसद्हरूले जबरजस्ती भएको भन्दै नाराबाजी गरेका थिए। उनीहरूले सहकारी पीडितका माग पूरा गर्न र संसदीय समिति गठन गर्ने कुरा नाराबाजीमार्फत दोहोर्‍याइरहेका थिए।

नाराबाजी र विरोधकै बीच नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुखले घोषणा गरे। नेपाली कांग्रेसले आइतवारबाटै 'सत्ताको बलमिच्याईँ र सहकारी ठगीविरुद्ध' भन्दै सडक आन्दोलन समेत सुरु गरेको छ।

अर्थमन्त्रीको विष्लेषण

अर्थमन्त्रीले कृषि तथा सेवा क्षेत्रमा भएको विस्तारका कारण ३.९ प्रतिशतले देशको अर्थतन्त्र विस्तार हुने अनुमान गरिएको बताए।

आर्थिक सर्वेक्षण २०८०/८१ मा गत आर्थिक वर्षको पूरा अवधी र चालु आर्थिक वर्षको आठ महिनाको स्थितिको विश्लेषण गरिँदा अर्थमन्त्री पुनले उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रमा भने सङ्कुचन आएको बताए।

“चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ६.०८ प्रतिशत रहेको छ,” उनले भने, “ब्याङ्किङ प्रणालीमा तरलता रहेको छ।”

अर्थमन्त्री पुनले देशको कुल जडित विद्युत् क्षमता ३,०६० मेगावाट पुगेको भन्दै ऊर्जातर्फ देश आत्मनिर्भरतातर्फ उन्मुख भएको बताए।

“९७.७ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ।” उनले एक तिहाइ महिलामा सम्पत्तिको स्वामित्व पुगेको बताए।

सांसद्हरूले के भने?

संसद्को सुरुमै विशेष समय लिएर बोलेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सत्तापक्ष र प्रतिपक्षमा हुँदा नेताहरूको बोली फेरिने गरेको भन्दै 'संसद संसदजस्तो नबनेको' बताए।

उनले सहकारी पीडितहरूको कुरा उठाउँदै भने: “मकै पोलेको पैसा हो, सागको मुठा बोकेको पैसा हो। कुनै अर्बपति र खर्बपतिको पैसा होइन। नेपाली जनतालाई मार्न पाउने अधिकार कसैसँग पनि छैन। संसद्को एउटा सदस्य गीता बस्नेतलाई पक्राउ पुर्जी जारी हुन्छ तर...गृहमन्त्री पदमै बस्नुहुन्छ, छानबिन पनि गर्न नहुने!”

उनले आफ्नो दलकी गीता बस्नेतलाई कारबाही हुन नहुने भनेर आफूहरूले नभन्ने तर त्यस्तै हकमा प्रधानमन्त्री नै भए पनि उन्मुक्ति पाउन नहुने बताए।

एमालेका सांसद विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम 'निराशा चिर्ने गरी र आशा जगाउने गरी' आएको बताएका थिए।

माओवादी केन्द्रका सांसद जनार्दन शर्माले 'सहमतिबाट मात्र समृद्धिको बाटो खुल्ने' भन्दै त्यसो नभए भोलिका दिनमा 'पश्चात्ताप गर्नुपर्ने अवस्था बन्न सक्ने' चेतावनी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले कंग्रेसतर्फ लक्षित गर्दै 'लज्जास्पद र औचित्यहीन' विरोध भइरहेको टिप्पणी गर्दा काँग्रेसका सांसदहरूको नाराबाजी थप चर्को बनेको थियो।

जसपा-नेपालका सांसद वीरेन्द्रप्रसाद महतोले 'एउटा सरकारको कामको अर्को सरकारले अपनत्व नलिने, नयाँ सरकारले कार्यान्वयनतर्फ भन्दा पनि अप्ठ्यारो सिर्जना गर्ने गरेको' बताए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेबारे महान्यायाधिवक्ताको कार्यालयको नयाँ निर्णयको अर्थ र सम्भाव्य असर

काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...

भक्तपुरमा सम्यक महादान पर्वको रौनक: दुई हजार भिक्षुलाई दान गरिँदै

भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो आप्रवासी भिसा

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...

मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...

पार्टी फुटाउन देउवालाई उक्साउने को-को ?

काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...

कांग्रेस विभाजित : दुई कार्यसमितिबिच अब आधिकारिकताको लडाइँ

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...

माघे सङ्क्रान्तिको रौनक: टोखामा पाँच करोडको चाकु बिक्री

काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...

जब भरतपुरको सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...

उत्तरायणको पहिलो दिन: माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending