Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

ठेकेदारको लापरबाही: २६ करोडको गडगडीघाट पुल नौ वर्षदेखि अधुरो

खबरडबली संवाददाता

तनहुँ। तनहुँ र नवलपुरको दुई पालिका जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो रहेको छ। ऋषिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन मोटर गुड्ने पुल ठेकेदारको चरम लापरबाहीका कारण अलपत्र परेको हो।

२६ करोड ८२ लाख रुपियाँको लागतमा बन्न लागेको २२० मिटर लामो यो पुल निर्माणमा ढिलाइ भएपछि स्थानीय बासिन्दाले सास्ती भोग्न बाध्य छन्।

तनहुँको ऋषिङ–४ मधुवन र नवलपुरको बुलिङटार–४ कोखेटार जोड्ने यस पुलको निर्माणका लागि २०७३ असार २९ गते लुम्बिनी बिल्डर्स–नागार्जुन–स्वच्छन्द जेभीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार २०७७ वैशाख २८ गतेभित्र सम्पन्न हुनुपर्ने पुल निर्माण पटक–पटक म्याद थप्दा पनि अधुरो रहेको छ। अन्तिम थपिएको म्याद २०८२ चैत ७ गते सकिएको भए पनि भौतिक प्रगति निराशाजनक छ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने, “ठेकेदारले समयमा काम नगर्दा आयोजना अलपत्र परेको छ। बारम्बार ताकेता गरेपछि केही मजदुर परिचालन भएका छन्। आजै पनि पोखरास्थित पुल महाशाखामा पुगेर कामलाई तीव्रता दिन र लापरबाही गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन दबाब दिएका छौँ।”

पुल सेक्टर कार्यालय पोखराका अनुसार जिम्मेवारी पाएका तीनवटै ठेकेदार कम्पनीले कार्यक्षेत्रमा पर्याप्त ध्यान नदिँदा र समन्वय नगर्दा निर्माणमा ढिलाइ भएको हो। पुल निर्माणका लागि ६ वटा पिल्लर आवश्यक भएपनि हालसम्म ५ वटा मात्र तयार भएका छन् भने एक पिल्लरको काम अझै बाँकी छ। त्यस्तै, एक स्पान ढलान भए पनि दुई स्पानको काम प्रक्रियामै छ। हिउँदमा केही काम गर्ने र वर्षा लागेपछि काम रोक्ने प्रवृत्तिले गर्दा पुल कहिले पूरा हुन्छ भन्ने अझै स्पष्ट छैन।

यो पुल निर्माण सम्पन्न भएमा नवलपुरको सदरमुकाम कावासोती र दलदले क्षेत्रबाट तनहुँको भिमाद हुँदै प्रदेश राजधानी पोखरा पुग्ने दूरी करिब १५ किलोमिटर छोटो हुनेछ। नवलपुरलाई प्रदेश राजधानीसँग जोड्ने यो रणनीतिक मार्ग अलपत्र हुँदा यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठुलो धक्का पुगेको छ, ऋषिङ गाउँपालिकाका उपाध्यक्ष चिनुमाया थापाले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

कक्षा १२ नतिजा विवादबारे शिक्षामन्त्री पोखरेलले भने: भेरिफिकेसन गर्न समिति गठन गरेको छौ

काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...

रास्वपामा ‘नो भोट’को प्रावधान राख्नुपर्ने सागर ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending