Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या ११ हजार नाघ्यो

खबरडबली संवाददाता

मकवानपुर । बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ १३ गते आइतबारसम्म प्रदेशका १३ जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार ४७५ पुगेको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा तीन जना डेंगु सङ्क्रमित थपिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५०७ र सबैभन्दा कम रसुवामा दुई जनामा डेंगु पुष्टि भएको थियो । तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको हालसम्म  काठमाडौँमा तीन हजार‚ चितवनमा एकहजार ७३७‚ ललितपुरमा एकहजार ४३८‚ मकवानपुरमा ८८८‚ भक्तपुरमा ४९४‚ काभ्रेपलाञ्चोकमा १६७ जनामा डेंगु पुष्टि भएको छ ।

त्यस्तै नुवाकोटमा ८१‚ दोलखामा ७९‚ रामेछापमा २७‚ सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा २३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिए । मन्त्रालयका अनुसार चालु आवको साउनमा दुइ हजार ५१८‚ भदौमा दुई हजार ८०९‚ असोजमा दुई हजार ८१६‚ कार्तिकमा दुईहजार ७०‚ मङ्सिरमा ७६९‚ पुसमा १९६‚ माघमा ५७‚ फागुनमा ४४ र चैतमा ११२, वैशाखामा ७३ र जेठको १३ गतेसम्म ११ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भुसालले जानकारी दिए । चालु आवको साउनदेखि जेठ दोस्रो सातासम्म डेंगु सङ्क्रमणका कारण छ जनाको मृत्यु भइसकेको छ ।

डेंगु  सङ्क्रमणबाट आफू र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरु कम्तीमा हप्तामा एक पटक सरसफाइ, वरपर पानी जम्न नदिने, पूरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेंगुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानका लागि मन्त्रालयका सूचना अधिकारी डा.क्टर भुसालले आग्रह गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दशैँले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका सं...

न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले न्यूजील्याण्डविरुद्ध खेल...

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइ दिने भएका छन...

दशैंको टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि केके गर्ने ?

काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ...

आज दशैं टीका, कुन देशमा कुन समयमा छ साइत ?

काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई...

नोएल टाटा बने टाटा ट्रस्टको नयाँ अध्यक्ष

काठमाडौं ।  नोएल टाटा टाटा ट्रस्टको नयाँ अध्यक्ष बन्ने  भएका छन् । रतन टाटाको निधनपछि ६७ वर्षीय नोएललाई ट्रस्टको जिम्मेवारी पाएका हुन् ।  नोएल रतनक...

दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

काठमाडौं । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्...

कोशीको पहाडी भूभागमा टीकाको दिन पानी पर्ने

काठमाडौं । दसैंको टीकाको दिन शनिबार कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली ...

गायक सुगम पोखरेलकाे बाल्यकालकाे दशैं

छाताको करङमा मासु पोलेको सम्झना अहिले पनि आइरहन्छ

पुल नहुँदा सँधै कष्टकर हुने यात्रा दसैँमा झन बिजोग

तनहुँ । पृथ्वी राजमार्गको वैकल्पिक रुपमा रहको  बुद्धसिंह मार्गको तीन स्थानमा खोलामा पानीको प्रवाह धेरै हुँदा दसैँको समयमा यात्रुलाई आवत जावतको समस्या ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy