Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

प्रदेश सभा खारेजीको रास्वपा एजेण्डामा कांग्रेस, एमाले र नेकपाको आपत्ति

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमुख राजनीतिक दलहरूले तीव्र असहमति जनाएका छन्।

चितवनमा जारी रास्वपाको महाधिवेशनमा सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले ले प्रस्तुत गरेका राजनीतिक तथा अर्थ–राजनीतिक प्रतिवेदनमा प्रदेश सभाको पुनर्संरचना र खारेजीबारे बहस अघि सारिएको छ।

डा. वाग्लेको प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री बन्न नपाउने व्यवस्था, स्थानीय तहको संख्या घटाउने तथा प्रदेश सभा खारेज गर्दै संघीयताको पुनर्संरचना गर्ने एजेण्डा समेटिएको छ।

कांग्रेस : ‘संविधानमाथिको आक्रमण’

नेपाली कांग्रेस का केन्द्रीय सदस्य महेन्द्र यादव ले प्रदेश सभा हटाउने प्रस्ताव संविधान र संघीय व्यवस्थाविरुद्ध भएको टिप्पणी गरेका छन्।  उनले प्रदेश सभा, समावेशी संविधान र बहुदलीय व्यवस्थामाथि प्रहार गर्ने कुनै पनि प्रयासको कांग्रेसले प्रतिवाद गर्ने चेतावनी दिए।

“संघीयता र प्रदेश सभा लामो राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि हुन्। यसलाई समाप्त गर्ने प्रयास भए कांग्रेस प्रतिरोधमा उत्रिन्छ,” यादवको भनाइ छ।

एमाले : ‘पपुलिजम र प्रतिगामी सोच’

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का प्रवक्ता निरज आचार्य ले रास्वपाको प्रस्ताव संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत रहेको बताएका छन्।

उनका अनुसार प्रदेश सभा खारेजीको एजेण्डा "सस्तो लोकप्रियतावाद" र "दक्षिणपन्थी सोच" बाट प्रभावित छ।

“संविधानको आधारभूत संरचनामाथि प्रहार गर्ने यस्ता प्रस्तावले मुलुकलाई अस्थिरतातर्फ धकेल्न सक्छ,” आचार्यले प्रतिक्रिया दिए।

नेकपाको प्रश्न : एउटै पार्टीमा दुई धार ?

नेपाल कम्युनिष्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले रास्वपाका दुई दस्तावेजबीच नै विरोधाभास देखिएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रदेश पुनर्संरचनाको कुरा गर्ने राजनीतिक प्रस्ताव र प्रदेश सभा खारेजीको पक्षमा उभिएको अर्थ–राजनीतिक प्रस्ताव एकअर्कासँग बाझिएको टिप्पणी गरेका छन्।

रास्वपाको प्रस्तावमा के छ ?

रास्वपाले संविधान संशोधनमार्फत: प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय सभालाई विशेषज्ञहरूको गैरदलीय सभा बनाउने, स्थानीय तहमा संरचनागत पुनरावलोकन, प्रदेश सभा खारेजी वा पुनर्संरचना, जस्ता विषयमा बहस अघि सारेको छ।

रास्वपाको यो एजेण्डाले संघीयताको स्वरूपबारे नयाँ बहस जन्माएको छ। तर प्रमुख दलहरूले भने प्रदेश सभा खारेजीको प्रस्तावलाई संविधानको मूल भावना र संघीय संरचनामाथिको चुनौतीका रूपमा व्याख्या गरेका छन्।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन रेनकोट, लाखौंको मन जित्ने यात्रा : भाइरल भिडियोका बालबालिका र क्यामेरापछाडिको कथा

काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...

भारतबाट केरा आयात रोकिएपछि चितवनका किसान दंग, बारीमै दोब्बर मूल्य

चितवन । भारतबाट केरा आयात रोकिएपछि चितवनका केरा किसानले वर्षौंपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। सरकारले आयातमा रोक लगाएसँगै स्थानीय उत्प...

पृथ्वी राजमार्गमा माइक्रोबस दुर्घटना, तनहुँमा ८ यात्रु घाइते

तनहुँ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। गण्डकी प्रदेश–०१–००१ ख ०१७१ नम्बरको माइक्र...

निर्वाचन क्षेत्रमै लडे रास्वपा सांसद गोविन्द पन्थी, सामान्य घाइते

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर सामान्य घाइते भएका छन्। गुल्मी नि...

सरकारसँग एनसेलको नयाँ टकराव, प्रधानमन्त्री कार्यालयमा पुग्यो पुनरावलोकनको निवेदन

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा सरकारले राखेका सर्तमाथि गम्भीर असन्तुष्ट...

अर्थतन्त्र उकास्ने दौडमा प्रधानमन्त्री बालेन, उद्योगी–व्यवसायीसँग शृङ्खलाबद्ध छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...

बागमती किनार फेरिँदै : हटाइएका बस्तीमा अब पार्क, हरियाली र पदमार्ग

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...

नाबालिकाको डिम्ब कारोबार प्रकरण : एक महिला पक्राउ, चिकित्सकमाथि पनि अनुसन्धान

काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...

‘काठमाडौं र सत्ता केन्द्रित हुँदा जनता र संगठनबाट टाढियौं, यही हाम्रो ठूलो कमजोरी भयाेः प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending