Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

चाँगुमा जग्गा कित्ताकाट र सम्याउने नाममा जताततै डोजर आतंक

खबरडबली संवाददाता

काठमाडौं । भक्तपुरको चाँगुनारायण क्षेत्रमा जताततै डोजर चलेका देखिन्छन्। हरिया डाँडा, प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थलका रूपमा परिचित यो क्षेत्र अहिले उजाड छ। 

कित्ताकाट र जग्गा सम्याउने नाममा जताततै डोजर चलाउने, माटो खन्ने र बालुवा निकासी गर्नेजस्ता समस्याले चाँगुनारायण क्षेत्रको पहिचान नै हराउने स्थानीयको चिन्ता छ। 

नगरपालिकाको वडा नं १ देखि ९ सम्म अधिकांश ठाउँमा डोजरले प्राकृतिक वातावरण नै खल्बल्याउन थालेपछि साना डाँडा भाँसिन थालेका छन्। भीर, पहिरोमा समेत डोजर चलाउने गरेपछि थप समस्या भइरहेको छ।  

तपाईं यो क्षेत्रमा जानुभएको छ भने पक्कै यस्तै देख्नुभएको होला! यो समस्या हिजोआजको भने होइन। यहाँ वर्षांैदेखि यस्तै भइरहेको छ। समस्याबारे स्थानीयले आवाज नउठाएका पनि होइनन्, राज्यका निकायहरूले पनि समस्या समाधानका लागि पहल गरिरहेकै छन्। कहिले राष्ट्रिय सर्तकता केन्द्र त कहिले अख्तियारले लिखित पत्र काटेर समस्या समाधानको पहल गर्ने गरेका छन् तर पनि वर्षौंदेखि समस्या यथावत छ। 

स्थानीयवासीले स्थानीय तहबाट स्वीकृत लिएर वा नलिएर वर्षौदेखि यस्ता गतिविधि भइरहे पनि समस्या समाधानको ठोस पहल नभएको आरोप लगाउने गरेका छन्।

यस्ता गुनासाबारे सरोकार भएकाहरूसमेत बेखबर छैनन्। यस्तै गुनासा सुनेपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले यही जेठ ११ गते नगरप्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर गुनासाबारे ध्यानाकर्षण गराए। छलफलपछि नगरपालिकाले जोडर चलाउन दिएका सबै इजाजत रद्द गर्ने सहमति भएको थियो। 

‘हामीले अवैध बालुवाखानी सञ्चालन गर्ने, अव्यवस्थितरूपमा डोजर चलाउने भनेर उजुरी र गुनासा आएपछि तिनलाई सम्बोधनको प्रयास गरी नै रहेका छौं। कतिपय अवस्थामा प्रहरी पठाएर निकासी गर्ने टिप्पर नियन्त्रणमा लिएर कारबाही गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘अस्ति ११ गते नगरप्रमुख र उपप्रमुखलाई बोलाएर यस विषयमा गम्भीर छलफल भएको छ। उत्खननका लागि नगरपालिकाले दिएका अनुमति रद्द गर्ने निर्णय गरेका छौं।’   

यसैबीच नगर उपप्रमुख रमेश बुढाथोकीले पत्रकार सम्मेलन गरी जग्गा सम्याउने नाममा नगरपालिकाका वडा नं १ देखि ९ सम्मका डाँडाडाँडामा अन्धाधुन्ध डोजर चलाउने काम भएकाले त्यसलाई रोक्नुपर्ने बताए।

उनले भने, ‘कतिपय ठाउँमा थोरै जग्गाको स्वीकृति लिएर धेरै जग्गामा डोजर चलाउने, जग्गा सम्याउने नाममा माटो र बालुवाको अवैध निकासी गर्नेजस्ता समस्या देखिए,’ उनले भने, ‘नगर क्षेत्रमा जताततै डोजर आतंक नै चलेको छ, यसले हामीमाथि पनि प्रश्न उठिरहेको छ।’

उपप्रमुख बुढाथोकीले चार/पाँच रोपनी जग्गा सम्याउने भनेर नगरपालिकाबाट सिफारिस लिए पनि जग्गा व्यवसायीले आँखा छलेर २५ रोपनीसम्ममा डोजर चलाइरहेको पाइएको बताए। यसरी अवैधरूपमा डोजर चलाएका व्यवसायीबाट डोजरको साँचो नियन्त्रणमा लिने जरिवाना गराउने गरिएको बताए।

‘सुडालको गुम्बामुनी नगरपालिकासँग स्वीकृति नै नलिइ जग्गा प्लटिङ गर्नेक्रममा तीन वटा डोजरको साँचो नियन्त्रणमा लिएर रु ७५ लाख जरिवाना असुल गरेका छौं। नगरकोटको टोलै र डाँडैपिच्छे डोजर चलिरहेका छन्।

यस विषयमा वडाध्यक्षले समेत ध्यानाकर्षण गराउनुभएको छ। हुँदाहुँदा वडा नं ४ कार्यालयको तलतिर डोजर चलाए। यो त अत्ति नै भयो,’ उनले भने।

कार्यपालिका बैठकमा बालुवा उत्खननका विषयमा छलफल भए पनि सहमति नजुटेपछि एक महिनाभित्र जग्गा सम्याएर खाल्डो पुर्न नगरपालिकाले स्वीकृतिको पत्र दिएको थियो। सोही पत्र देखाएर व्यवसायीले बालुवा झिक्न थालेपछि स्थानीयवासीले प्रहरी प्रशासन गुहारेका थिए। विवाद बढ्दै गएपछि नगरपालिकाले बालुवाखानी सञ्चालन गर्ने अनुमति रोक्यो, त्यसविरुद्ध व्यवसायीले आन्दोलनसमेत गरे। 

उपप्रमख बुढाथोकी नगर क्षेत्रका प्राकृतिक सम्पदाको संरक्षण गर्ने दायित्व नगरवासीको पनि भएकाले गलत कार्यविरुद्ध मिलेर अगाडि बढ्नुपर्ने बताउँछन्। 

‘व्यवसायीले अवैध बालुवा उत्खनन एवम् निकासीमा हामीलाई (नगरप्रमुख र उपप्रमुख) समेत मुछ्ने गरेका छन्, यो आफ्नो गल्तिबाट उम्कने दुष्प्रचारमात्रै हो। त्यसैले तपाईंहरू भ्रममा नपार्नु होला। अवैध उत्खननविरुद्ध मिलेर अगाडि बढ्नुपर्छ,’ उपप्रमुख बुढाथोकीले आग्रह गरे।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...

यस्तो छ कृषि उपजको आजका लागि थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।  सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...

स्पा सेन्टरमा बालिकालाई काममा लगाएको आरोपमा लेकसाइडका आठ सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending