Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

रफाहमा इजरायली आतङ्क अन्त्य हुनुपर्छ: राष्ट्रसङ्घीय महासचिव गुटेरेस

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले रफाहमा इजरायली हमलाको निन्दा गर्दै उक्त आक्रमणले द्वन्द्वबाट शरण खोजिरहेका धेरै निर्दोष नागरिकको ज्यान लिएको बताएका छन् । उनले गाजामा कुनै पनि सुरक्षित ठाउँ बाँकी नरहेको भन्दै यस्तो आतङ्क रोक्नुपर्नेमा जोड दिए । 

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा गुटेरेसले भने, “म इजरायली कार्यको निन्दा गर्दछु जसले यस घातक द्वन्द्वबाट शरण खोजिरहेका धेरै निर्दोष नागरिकको ज्यान लिएको छ । गाजामा कुनै सुरक्षित स्थान नभएको हुँदा यस्ता आतङ्क तत्काल रोकिनुपर्छ । 

इजरायली आक्रमणले विस्थापित मानिसको शिविरमा प्रहार गरेपछि कम्तिमा ४५ जनाको मृत्यु भएको छ भने दुई सय जना घाइते भएको गाजाको सरकारी सञ्चार कार्यालयले जनाएको छ । 

हमासको कम्पाउन्डलाई निशाना बनाएर गरेको आक्रमणको केही समयपछि इजरायली रक्षा बल (आइडिएफ)ले हमासका दुई वरिष्ठ अधिकारी मारिएको घोषणा गरेको थियो । हमासले इजरायली शहर तेल अवीवमा गरेको पहिलो रकेट आक्रमणपछि इजरायलले यो आक्रमण गरेको हो । 

मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर)का भोल्कर टर्कले गाजामा थप नागरिकको ज्यान गएकोमा भय व्यक्त गरे । सोमबार एक समाचार विज्ञप्ति जारी गर्दै उनले भने, “शिविरका तस्बिर डरलाग्दो छन् र पहिले नै धेरै नागरिकहरूको ज्यान लिइसकेको इजरायलले प्रयोग गरेको युद्धको विधि र साधनहरूमा कुनै स्पष्ट परिवर्तन भएको छैन ।”

संयुक्त राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा भोल्कर टर्कले द्वन्द्वका सबै पक्षलाई युद्धविराम गर्न आह्वान गरे । उनले भने, “इजरायलले नागरिकहरूको रक्षाका लागि तत्काल उपयुक्त कदम चाल्नुपर्छ, उनीहरूलाई आवश्यक मानवीय सहायतामा पहुँच सुनिश्चित गर्नुपर्दछ, र हिरासतमा रहेका सबैलाई रिहा गर्नुपर्दछ ।”

संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले हमासका आतङ्ककारीलाई सबै बन्धकलाई बिनाशर्त रिहा गर्न आह्वान गरे । उनले हमासले अन्धाधुन्ध रकेट प्रहार रोक्नुपर्नेमा जोड दिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार रफाहको विस्थापन शिविरमा देशको आक्रमणलाई “दुखद् गल्ती” भएको स्वीकार गरेका छन् । उनले इजरायलले उक्त घटनाको अनुसन्धान गरिरहेको बताए । 

“युद्धमा संलग्न नभएका मानिसलाई हानी नगर्ने हाम्रो सक्दो प्रयासका बावजुद दुर्भाग्यवश एउटा गल्ती भयो । हामी मुद्दाको अनुसन्धान गरिरहेका छौँ”, प्रधानमन्त्री नेतान्याहूले भने । “इजरायली सेनाले यी क्षेत्रलाई सुरक्षित क्षेत्र तोकेका र आम नागरिक र विस्थापित व्यक्तिलाई सुरक्षित क्षेत्रमा जान आह्वान गरेको थियो । विस्थापित मानिसले उक्त सुरक्षित क्षेत्रमा शरण खोज्दा आक्रमणमा परेका हुन्”, गाजाको सरकारी कार्यालयले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...

कुलोमा खसेर बालिकाको मृत्यु

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...

खैरो हेरोइनसहित दुईजना युवती पक्राउ

कैलाली​ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीया ...

मुस्ताङको जोमसोममा बसपार्क सञ्चालन

मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर छ:लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...

फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...

खाद्य सुरक्षाका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...

समयसापेक्ष संशोधनले दीर्घ जीवन प्राप्त गर्छ: महामन्त्री शर्मा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् ।  नेपाली कांग्रेसको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy