एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले रफाहमा इजरायली हमलाको निन्दा गर्दै उक्त आक्रमणले द्वन्द्वबाट शरण खोजिरहेका धेरै निर्दोष नागरिकको ज्यान लिएको बताएका छन् । उनले गाजामा कुनै पनि सुरक्षित ठाउँ बाँकी नरहेको भन्दै यस्तो आतङ्क रोक्नुपर्नेमा जोड दिए ।
सामाजिक सञ्जाल एक्सको एक पोस्टमा गुटेरेसले भने, “म इजरायली कार्यको निन्दा गर्दछु जसले यस घातक द्वन्द्वबाट शरण खोजिरहेका धेरै निर्दोष नागरिकको ज्यान लिएको छ । गाजामा कुनै सुरक्षित स्थान नभएको हुँदा यस्ता आतङ्क तत्काल रोकिनुपर्छ ।
इजरायली आक्रमणले विस्थापित मानिसको शिविरमा प्रहार गरेपछि कम्तिमा ४५ जनाको मृत्यु भएको छ भने दुई सय जना घाइते भएको गाजाको सरकारी सञ्चार कार्यालयले जनाएको छ ।
हमासको कम्पाउन्डलाई निशाना बनाएर गरेको आक्रमणको केही समयपछि इजरायली रक्षा बल (आइडिएफ)ले हमासका दुई वरिष्ठ अधिकारी मारिएको घोषणा गरेको थियो । हमासले इजरायली शहर तेल अवीवमा गरेको पहिलो रकेट आक्रमणपछि इजरायलले यो आक्रमण गरेको हो ।
मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर)का भोल्कर टर्कले गाजामा थप नागरिकको ज्यान गएकोमा भय व्यक्त गरे । सोमबार एक समाचार विज्ञप्ति जारी गर्दै उनले भने, “शिविरका तस्बिर डरलाग्दो छन् र पहिले नै धेरै नागरिकहरूको ज्यान लिइसकेको इजरायलले प्रयोग गरेको युद्धको विधि र साधनहरूमा कुनै स्पष्ट परिवर्तन भएको छैन ।”
संयुक्त राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा भोल्कर टर्कले द्वन्द्वका सबै पक्षलाई युद्धविराम गर्न आह्वान गरे । उनले भने, “इजरायलले नागरिकहरूको रक्षाका लागि तत्काल उपयुक्त कदम चाल्नुपर्छ, उनीहरूलाई आवश्यक मानवीय सहायतामा पहुँच सुनिश्चित गर्नुपर्दछ, र हिरासतमा रहेका सबैलाई रिहा गर्नुपर्दछ ।”
संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले हमासका आतङ्ककारीलाई सबै बन्धकलाई बिनाशर्त रिहा गर्न आह्वान गरे । उनले हमासले अन्धाधुन्ध रकेट प्रहार रोक्नुपर्नेमा जोड दिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार रफाहको विस्थापन शिविरमा देशको आक्रमणलाई “दुखद् गल्ती” भएको स्वीकार गरेका छन् । उनले इजरायलले उक्त घटनाको अनुसन्धान गरिरहेको बताए ।
“युद्धमा संलग्न नभएका मानिसलाई हानी नगर्ने हाम्रो सक्दो प्रयासका बावजुद दुर्भाग्यवश एउटा गल्ती भयो । हामी मुद्दाको अनुसन्धान गरिरहेका छौँ”, प्रधानमन्त्री नेतान्याहूले भने । “इजरायली सेनाले यी क्षेत्रलाई सुरक्षित क्षेत्र तोकेका र आम नागरिक र विस्थापित व्यक्तिलाई सुरक्षित क्षेत्रमा जान आह्वान गरेको थियो । विस्थापित मानिसले उक्त सुरक्षित क्षेत्रमा शरण खोज्दा आक्रमणमा परेका हुन्”, गाजाको सरकारी कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: