Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

सर्वोच्चमा प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता अन्योलमा, प्रशासनिक अवरोधको आरोप

खबरडबली संवाददाता

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध दायर गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालतमा दिनभर दर्ता हुन नसकेपछि न्यायिक प्रशासनमाथि प्रश्न उठेको छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार बिहान ११ बजे रिट निवेदन १ बजेभित्र दर्ता गरी जानकारी गराउन सर्वोच्च प्रशासनलाई आदेश दिए पनि साँझ ५ बजेसम्म पनि निवेदन दर्ता हुन सकेन।

रिट दर्ता गराउने जिम्मेवारीमा रहेका मुख्य रजिष्ट्रार विमल पौडेल र रजिष्ट्रार मानबहादुर कार्की सर्वोच्च परिसरबाट बाहिरिएपछि प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ। मुद्दा दर्ता शाखाका प्रमुख तथा सहरजिष्ट्रार अर्जुन कोइराला तालिममा रहेको भन्दै दर्ता प्रक्रिया रोकिएको कर्मचारीहरूले बताएका छन्।

कोइरालाको निर्देशनबिना रिट दर्ता नहुने व्यवस्था रहेको बताइन्छ। सोही कारण प्रशासनिक निर्देशन अभावमा निवेदन दर्ता हुन नसकेको देखिन्छ।

सोमबार बिहान कामु प्रधानन्यायाधीश मल्लले रिट दर्ता किन नभएको विषयमा मुख्य रजिष्ट्रार पौडेलसँग सोधपुछ गरेकी थिइन्। त्यसपछि उनले सर्वोच्च प्रशासन र प्रस्तावित प्रधानन्यायाधीश पक्षबाट रिट दर्तामा अवरोध भएको आशंका व्यक्त गर्दै आदेश लेखेकी थिइन्।

यता, निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिनभर कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहेको र विभिन्न कारण देखाउँदै दर्ता प्रक्रिया अघि नबढेको भन्दै अन्योल सिर्जना भएको बताएका छन्।

घटनाले सर्वोच्च अदालतको आन्तरिक प्रशासनिक व्यवस्थापन र रिट दर्ता प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो अध्यक्ष केपी शर्मा ओली को निवास ग...

सर्वोच्चमा प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता अन्योलमा, प्रशासनिक अवरोधको आरोप

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध दायर गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालतमा दिनभर दर्ता हुन नसकेपछि न्यायिक प्रशासनमाथि प्रश...

औषधी पसलमै ठूलो मात्रामा लागुऔषध फेला

ढल्केबर। इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले औषधी पसलमा ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका...

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३ सय...

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेक...

अनुसन्धान र उद्योगमैत्री नीतिमा जोड दिँन महावीर पुनको सुझाव

काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसू...

देशको मुख्य राजनीतिक शक्ति र सबैभन्दा जिम्मेवार दल कांग्रेसनै हो : गगन थापा

काभ्रे ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति र सबैभन्दा जिम्मेवार दल भएको बताएका छन्। सोमबारदेखि काभ्रेमा...

मालपोत कार्यालयका सुब्बाविरुद्ध दुई लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौँ। मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत ओमबहादुर खाम्चाविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएक...

क्यानडामा हान्ताभाइरस पुष्टि, तीनजनाको मृत्यु

ओटावा। क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी ९पीएचएसी० ले हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण फेला परेको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल ब्रिटिश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending